ताजा अपडेट

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग

प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणालाई संसदीय समितिमा बोलाउन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले माग गरेका छन् । उनले विदेश भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाउनुपर्ने बताएका हुन् । मंगलबार बसेको समितिको बैठकमा सांसद सुवालले भने, ‘प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई बोलाऔँ र विदेश भ्रमणबारे छलफल गरौँ । विदेश भ्रमणका क्रममा भएका सहमति र पहलबारे समितिलाई जानकारी गराउनुपर्ने उनको भनाइ थियो ।...
चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो

चीनमा भूकम्पबाट मृत्यु हुने संख्या ९५ पुग्यो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२३, पुस काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।...
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

खेलकुद, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापनकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा आज प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार, मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको निर्देशनपछि खेल क्षेत्रमा दिइने पुरस्कारमा कर छुट हुँदै आएको छ ।...
भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

भूकम्प गएपछि त्रिविमा परीक्षाको समय १५ मिनेट थपियो

ताजा अपडेट, बिशेष, शिक्षा, समाचार
२३,पुस काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भइरहेको स्नातक तह प्रथम वर्षको परीक्षा समय १५ मिनेट थप गरिएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । जसले गर्दा बिहान सात बजेदेखि सञ्चालन हुने स्नातक तह प्रथम वर्षको परीक्षा प्रभावित बनेको थियो । त्यसपछि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा समय १५ मिनेट थप गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार भूकम्पका कारण विद्यार्थीहरू त्रसित बनेपछि परीक्षा समय थप गरेको हो ।...
मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, पुस काठमाडौं । मधेश प्रदेश सभाको चौथो अधिवेशन आजदेखि शुरु हुँदैछ। मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा गत १६ गते मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चौथो अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकको निर्णय बमोजिम सिफारिस भएर आएपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको चौथो अधिवेशन पुस २३ गते मंगलबार दिउँसो १ बजेबाट लागू हुनेगरी आह्वान गरेका हुन्। सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक आह्वान गरेपछि प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) र (४) बमोजिम प्रदेश सभा सदस्यलगायतको जानकारीको लागि प्रदेश सभा सचिवालयले सूचना जारी गरिसकेको प्रदेश सभाका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए।...
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, पुस काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ३२ जनाको मृत्यु भएको छ । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले ३२ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो । आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।...
आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै

आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै

ताजा अपडेट, वातावरण, समाचार
२३, पुस काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ । पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । धनुर्मास...
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, पुस काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्रायस् ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।...
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२३,पु्स काठमाडौं ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाल...
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, पुस काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । पूर्वी नेपालमा पनि भूकम्पको ठूलो धक्का महसुस भएको छ । आज बिहान ६स्५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो ।केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।...