ताजा अपडेट

नेप्से परिसूचक ६ दशमलव ५३ अंकले बढ्यो

नेप्से परिसूचक ६ दशमलव ५३ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२४, पुस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५३ अंकले बढेर दुई हजार छ सय ५३ दशमलव ३८ को विन्दुमा कायम भएको हो । तीन सय पाँच कम्पनीको एक करोड ५५ लाख दुई हजार सात सय ७१ कित्ता शेयर ७२ हजार एक सय २० पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४० करोड ७९ लाख ९२ हजार सात सय ८४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक दुई दशमलव ५३, वित्त चार दशमलव ७७, जलविद्युत् शून्य दशमलव २६, जीवन बिमा शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४० र लघुवित्त उपसमूह एक दशमलव ५९ प्रतिशतले बढेका छन् । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव २६, होटल तथा पर्यटन शून्य दशमलव शून्य छ, लगानी शून्य दशमलव ३८, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव १३, व्यापार एक दशमलव ५६ र अन्य समूह शून्य दशमलव ...
अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित :अर्थमन्त्री पौडेल

अर्थतन्त्र सुदृढ गर्न नीति र संरचना सुधारमा केन्द्रित :अर्थमन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, पुस काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अर्थतन्त्रलाई सुदृढ गर्न सरकार नीतिगत र संरचनागत सुधारमा केन्द्रित रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको पाँचौँ समीक्षा मिसन टोलीसँग शिष्टाचार भेटका क्रममा अर्थमन्त्री पौडेलले पछिल्लो समय अर्थतन्त्रमा सुधार भइरहेको र नीतिगत तथा संरचनागत सुधारले थप परिणाम ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका मुद्दाहरूलाई ऐन कानून तथा नीति र संवादबाट सम्बोधन गर्न र सुधारका कामहरू अघि बढाउन सरकारले विशेष ध्यान दिएको जानकारी गराए । उनले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सुझावलाई राष्ट्रिय सन्दर्भ र आवश्यकता अनुसार अघि बढाउने बताए ।  ...
काठमाडौँका  कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण

काठमाडौँका कैदीबन्दी धमाधम नुवाकोट कारागारमा स्थानन्तरण

अपराध, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२४, पुस नुवाकोट । नुवाकोटमा सञ्चालनमा ल्याइएको केन्द्रीय कारागारमा कैदीबन्दी थप गर्ने क्रम जारी रहेको छ । दोस्रो चरणअन्तर्गतका भौतिक संरचना निर्माणको काम पूरा भएसँगै गत भदौ १५ देखि सञ्चालनमा ल्याइएको कारागारमा अहिले सात सय ५८ जना कैदीबन्दी राखिएको शाखा अधिकृत इन्द्रबहादुर खतिवडाले जानकारी दिए । उनका अनुसार जिल्ला कारागार नुवाकोटका एक सय ४८ कैदीबन्दी स्थानन्तरण गरेर सञ्चालनमा ल्याइएको थियो । हाल यस आसपासका जिल्लाबाट कैदीबन्दी ल्याउने क्रम जारी छ । उनले भने, “अबको केही दिनमा पूर्ण क्षमतामा कैदी व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीलाई अन्तिम चरणमा पुर्याइएको छ ।” कारागारको भौतिक संरचना निर्माण पूरा भए पनि भन्सा सञ्चालन, कर्मचारी व्यवस्थापनलगायत कार्य मिलाई क्रमशः अन्यत्र जिल्लाका कैदी ल्याउने क्रम जारी छ । यहाँको कारागारमा केन्द्रीय कारागार जगन्नाथदेवल, नक्खु कारागार ललितपुर, डिल्लीबजार ...
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, पुस काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्य योजना सम्बन्धमा छलफल हुनेछ ।
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२४, पुस काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेर एक लाख ५२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी बुधबार पनि मंगलबारकै मूल्य प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।...
चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

चीनमा भूकम्पबाट १२६ जनाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, पुस काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।...
एमालेलाई निर्णायक शक्ति बनाइने

एमालेलाई निर्णायक शक्ति बनाइने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२४, पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा जनसरोकारका महत्त्वपूर्ण विषय समेटिएका १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । बैठकले राष्ट्रिय हित र स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने प्रण गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई समापन सम्बोधन गर्नुहुँदै केन्द्रीय कमिटीका नेतालाई पार्टीमाथिको अभिभारा पूरा गर्न वैचारिक, राजनीतिक रूपमा सुस्पष्ट भएर पार्टीद्वारा निर्णीत कार्ययोजना कार्यान्वयन गर्न कार्यक्षेत्रमा गएर काममा जुट्न निर्देशन दिनुभयो । अध्यक्ष ओलीले भने , “नेकपा (एमाले) अनुशासित लोकतान्त्रिक पार्टी हो...
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२४, पुस काठमाडौं । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययनरत विद्यार्थीमा भागाभाग भयो । भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको परीक्षा प्रभावित भयो । जसका कारण मङ्गलबारको परीक्षामा १५ मिनेट समय थप गर्नुपर्ने अवस्था आयो । बिहान ६ः५० बजे चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प नेपालका कोसी, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो । मङ्गलबारको भूकम्पले धेरैलाई नौ वर्षअघिको गोरखा भूकम्प सम्झना दिलायो । गोरखा भूकम्पले तत्कालीन समयमा काठमाडौँ उपत्यकासहित कैयौँ जिल्ला प्रभावित हुँदा आठ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका ...
आजको मौसम :  उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, पुस काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।बिहीबार पनि कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । ...
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति

ताजा अपडेट, वातावरण, समाचार
२३,पुस सोलुखुम्बु । भूकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए । ढुङ्गाबाट बनेको उक्त एकतले भवनमा दुई कर्मचारी बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार भूकम्पका कारण जिल्लाको देउसा, खरिखोला र खुम्बुको थामेमा एकरएक घरमा क्षति पुगेको छ । स्थानीय प्रशासन र सुरक्षा निकायले प्रभावित क्षेत्रको अनुगमन तथा क्षतिको विवरण सङ्कलन कार्य अघि बढाएको छ ।मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो...