ताजा अपडेट

प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडों । प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त भएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् । राईलाई सचिव नियुक्त गर्न सभामुख देवराज घिमिरेले राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल,राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।...
संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस काठमाडौं । संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा माओवादी उपमहासचिव शक्ति बस्नेतले क्यालेन्डर नहुँदा कोरम नपुगेर बैठक बस्न नसकेको र सांसदको दैनिकी पनि प्रभावित भएको भन्दै समितिको प्रभावकारिताका लागि क्यालेन्डर बनाउन प्रस्ताव गरेका थिए।समितिका अन्य सदस्यले पनि सहमति जनाए पछि दलीय आधारमा उपसमिति बनाइएको हो।...
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन निर्देशन

अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन र डिजिटल मार्केटिङ प्रभावकारी बनाउन निर्देशन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको समग्र पर्यटनलाई दिशानिर्देश गर्ने गरी सरकारले नीतिगत रूपान्तरणका लागि काम गरिरहेको बताएका छन् । नेपाल पर्यटन बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा मन्त्री पाण्डेले पर्यटन विकासका लागि पर्यटनमैत्री नीति आवश्यक रहेको र यसैलाई मध्यनजर गरी सरकारको नयाँ पर्यटन नीति तयार भइरहेको बताए । अब छिट्टै नयाँ पर्यटन नीति आउने उनले बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणा आत्मसात् गर्दै अन्तर्राष्ट्रिय प्रवर्द्धनका कार्यक्रम प्रभावकारी ढंगले अगाडि बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।...
गैँडाको आक्रमणबाट दुई घाइते

गैँडाको आक्रमणबाट दुई घाइते

ताजा अपडेट, वातावरण, समाचार
१६, पुस चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । खैरहनी नगरपालिका-१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार आज आज बिहान ६स्२० बजे घरमा आगो तापिरहेको समयमा गैँडाले आक्रमण गरेको हो । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रवक्ता रिजालले जानकारी दिए ।...
श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौँमा मंगलबार आयोजित छैटौँ श्रम सांसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभई यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।“श्रम र पूँजीलाई सँगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, उनले भने ।...
परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन

परीक्षा बिग्रिएपछि तीन जना किशोरीले गरे विष सेवन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, पुस काठमाडौं । परीक्षा बिग्रिएपछि तीन जना किशोरीले एकै साथ विष सेवन गरेका छन् । महोत्तरीको खैरमारास्थित निर्मल लामा बहु प्राविधिक शिक्षालयमा अध्ययनरत तीन किशोरीले परीक्षा बिग्रिएपछि एकै साथ विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार विष सेवन गर्ने मध्ये २ जना जंगल क्षेत्रमा अचेत अवस्थामा फेला परेका छन् । एक जना फेला परेकी छैनन् । बर्दिबास नगरपालिका–१० निर्मल लामा बहु प्राविधिक शिक्षालयको जियोमेट्रिक इन्जिनियर प्रथम वर्षमा अध्ययनरत तीन छात्रा सम्पर्कविहीन भएपछि खोजतलास गर्दा विष सेवन गरी अचेत अवस्थामा दुई जना फेला परेको र एक जनाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।...
राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । आगामी पुस १९ र २० गते काठमाडौँमा बस्नेगरी बैठक बोलाइएको नेता राजाराम बर्तौलाले जानकारी दिए उनका अनुसार बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थिति र पार्टीको भावी कार्यदिशा र कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै पार्टीका पदाधिकारीबाट संगठन , प्रशिक्षण , महाधिवेशन, आन्दोलन र आर्थिक विषयमा प्रतिवेदन पेस हुने छ। बैठकमा अहिले मुलुकमा कायम बेथितिका साथै हिन्दुवादी र राजावादीहरू एक भएर आन्दोलनमा जानुपर्ने विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, पुस काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज भने घटेर तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । जस अन्तर्गत बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक कार्यसूची रहेको छ । त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।...
बैतडीमा भूकम्पको धक्का

बैतडीमा भूकम्पको धक्का

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, पुस, काठमाडौं । बैतडीमा भूकम्प गएको छ । आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।