ताजा अपडेट

भीम रावलको प्रश्न : पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

भीम रावलको प्रश्न : पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७ पुस, काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा। भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैं छक्क पर्न पुगेको बताएका छन् । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको जिकिर गरे । ‘६ कात्तिकमा स्पष्टीकरण हात पर्‍यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’ उनले अघि प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र रु’ उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए ।...

मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन माग

ताजा अपडेट, राजनीति, समाचार
१७, पुस काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासनमा परेका पूर्व महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको पुरानै जिम्मेवारीमा फर्काउनु पर्ने माग उठेको छ । कोशीका सभापति राजेश तिम्सिना र मधेशका महामन्त्री तपेश्वर यादवले मुकुललाई पार्टीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् । ढकाललाई निष्कासन गरिसकेपछि पार्टी अझै कमजोर भएको कोशीका सभापति तिम्सिनाले पत्रमा उल्लेख गरेका छन् । तिम्सिनाले पूर्व महामन्त्री ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षर फिर्ता लिएको समेत पत्रमा लेखेका छन् ।...
५ देशका राजदूतले लिए शपथ

५ देशका राजदूतले लिए शपथ

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, पुस काठमाडौं । विभिन्‍न पाँच देशका लागि नियुक्त भएका राजदूतहरुले बुधबार शपथ लिएका छन् । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा। कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा। नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका थिए ।...
सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १४ सय रुपैयाँले बढेर एक लाख ५१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । । मंगलबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलाको १ हजार ७६५ मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही तय भएको छ ।...
भीमफेदीको तारेभिरमा फसेका चार जनाको सकुशल उद्धार

भीमफेदीको तारेभिरमा फसेका चार जनाको सकुशल उद्धार

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१७, पुस काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाललाई सेना र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । उनीहरु फसेको जानकारी प्रहरीले मंगलबार दिउँसो करिब सवा तीन बजे टेलिफोनमार्फत् पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहाल नेतृत्वको चार जनाको टोली उक्त स्थानमा खटिएको थियो । इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब १५ किलोमिटर पश्चिम उत्तरतर्फ पर्ने उक्त स्थानमा प्रहरी टोली डोरी, हसिया, फलामको रड लगायतका उद्धार सामग्री सहित गएको थियो । तर प्रहरीले मात्र उद्धार गर्न नसकेपछि नेपाली सेनाको बेसक्याप्प महादेवटारका सुबेदार सित...
नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

नेपालगञ्ज नाकाबाट ५९८ जनाको उद्धार

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, पुस बाँके । माइती नेपाल नेपालगञ्ज सन् २०२४ मा नेपालगञ्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका पाँच सय ९८ जनाको उद्धार गरिएको जनाएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको मंगलबार भएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले सन् २०२४ मा भारतलगायत विभिन्न देशमा जोखिमपूर्ण यात्रामा निस्केका महिला तथा बालिकाको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार काम, विवाह, घुमघाम, किनमेललगायतको बहाना बनाएर नाका पार हुन थालेका शंकस्पद व्यक्तिलाई केरकार गर्दा जोखिमपूर्ण यात्रामा रहेको पाइएपछि उनीहरूलाई नेपाल फिर्ता गरिएको हो । संयोजक कोइरालाले एक वर्षमा सात सय ७७ जनाको खोजतलासको निवेदन परेको र चार सय सात जना फेला परेको बताए । भारत तथा तेस्रो मुलुकमा पुगेकाहरू सम्पर्कमा नआएपछि आफन्तले खोजतलासको निवेदन दिने गर्दछन् । संयोजक...
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, पुस काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चार वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै छ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोबासका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरीका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सवा २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरुसँग छलफल हुनेछ । बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिले मिति २०८१र०५र११ गते मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।  ...
आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१७, पुस काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ । बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।...
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१७, पुस काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका नेता डा .भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आफ्ना कुरा राख्न र भावी कार्ययोजना समेत जानकारी गराउन नेता रावलले पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए । एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । ‘बुधवार पत्रकार सम्मेलन गर्ने मोटामोटी तय भएको छ । उक्त पत्रकार सम्मेलनमा आफ्ना कुरा राख्ने र भावी कार्य योजनाका बारेमा समेत जानकारी दिने तयारी छ’, दुवालले भने, ‘ आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनमै नयाँ पार्टी खोल्ने नखोल्ने थाहा हुन्छ ।’...
अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी सन्’को वर्ष २०२५ सुरु

अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी सन्’को वर्ष २०२५ सुरु

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१७, पुस काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ ।...