ताजा अपडेट

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८ पुस, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीले घरमा गरेको कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको छ । ‘मूल्याङ्नको विधि पाठ्यक्रम विकास केन्द्रले बनाउने हो । विज्ञसँग छलफल गरेर १५ दिनभित्र विधिको प्रस्ताव ल्याउन भनेको छ,’ मन्त्री भट्टराईले भनिन् । परीक्षामा कति लेखेको छ भन्ने आधारमा मात्र मूल्याङ्न गर्न नहुने भन्दै मन्त्रालयले घरमा गरेको कामलाई पनि मूल्याङ्नमा जोड्न लागेको हो । ‘विद्यार्थीको मूल्याङ्कन गर्दा बहुपक्षीय ढंगले गर्नुपर्छ । कति लेख्छ भन्ने आधारमा गरिरहेका छौं । त्यसैले आन्तरिक मूल्याङ्नको विधिलाई परिवतर्न गर्ने निर्णय गरेका हौँ,’ उनले भनिन् । पछि समस्या नआउनेगरी कुन विधिबाट जाने भनेर विज्ञको राय सुझावको आधारमा बनाउने उनले बताइन् ।...
मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

मधेसमा उच्च शिक्षाका लागि छात्रालाई छात्रवृत्ति

ताजा अपडेट, बिशेष, वातावरण, शिक्षा, समाचार
१८, पुस महोत्तरी । मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ । प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो । प्रदेशका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताएका छन् । प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उनले बताए ।...
उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा शिक्षामन्त्री भट्टराईको जोड

उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा शिक्षामन्त्री भट्टराईको जोड

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उनले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताइन्। उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)  को पुनः संरचना गर्न थालिएको बताइन्। उनले सिटिइभिटीलाई प्रदेश स्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिइन्।...
नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१८, पुस बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् । बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको हिजो निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने बताए । मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाको नतिजा देखिनेगरी काम गरौँ ।”...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१८, पुस काठमाडौं। नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।
टोखा नगरपालिकाले खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्दै,भोलीसम्म नाम दर्ता गर्न सकिने

टोखा नगरपालिकाले खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्दै,भोलीसम्म नाम दर्ता गर्न सकिने

खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) १७ पुस,काठमाडौं । टोखा नगरपालिकाले बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता गर्ने भएको छ । यहि पुस १९ र २० गते टोखा नगरपालिका वडा नं ५ को प्रांगणमा २ दिनसम्म ‘दोस्रो बागमती प्रदेश स्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता २०८१’ को आयोजना गर्न लागेको नगरपालिकाले आज बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।यसअघि पहिलो संस्करण गत भदौं १ र २ गते नागार्जुन नगरपालिकाको स्युचाटारमा रहेको नागार्जुन कवर्डहलमा सम्पन्न भएको थियो । काठमाडौं जिल्ला समन्वय समितिसँगको समन्वय र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा आर्थिक व्ययभारसहित अन्य सबै बन्दोबस्त नगरपालिकाले गर्ने गरि आयोजना गरिएको सो प्रतियोगितामा करिब ३०० जना खेलाडीको सहभागीता रहने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि बागमती प्रदेश भित्रका १३ वटै जिल्लाका इच्छुक खेलाडीहरुले ...
नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

नेप्सेमा पछिल्लो ३ महिनायताकै न्यून कारोबार

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
१७, पुस काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो तीन महिनायताकै न्यून कारोबार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । आज तीन सय नौ कम्पनीको ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै न्यून हो । मंगलबारको कारोबारमा उच्च गिरावट देखिएको वित्त समूह आज सम्हालिएर उच्च वृद्धि देखिएको छ । वित्त समूह तीन दशमलव ८७, विकास बैंक एक दशमलव ६८ र जलविद्युत् समूह एक दशमलव २४ प्रतिशतले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव ९५, लगानी शून्य दशमलव शून्य नौ, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५, निर्जीवन बिमा शून्य...
मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा. रावल

मलाई गरिएको कारबाही विधानसम्मत छैनः नेता डा. रावल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१७, पुस काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्व नेता डा। भीमबहादुर रावलले पार्टीले साधारण सदस्यसमेत नरहने गरी आफूमाथि गरेको कारबाही दलको विधान, विधि र प्रक्रियाअनुरूप नरहेको जिकिर गरेका छन् । पार्टीबाट निस्कासित भएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै एमालेका पूर्व नेता रावलले भने, “आफूले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने र त्यसक्रममा शुभचिन्तक, शुभेच्छु र आमजनताबाट प्राप्त सद्भाव र भावनाका आधारमा अघि बढ्नेछु।” एमाले सचिवालय बैठकले उनलाई यही पुस १० गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ। एमालेमा रहँदा उनले सरकारको उपप्रधानमन्त्री, पर्यटन तथा नागरिक उड्डयन, गृह र रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसरसमेत प्राप्त गरेको थियो।...
मन्त्रिपरिषद‍्बाट स्वीकृत भयो ऊर्जा विकास मार्गचित्र

मन्त्रिपरिषद‍्बाट स्वीकृत भयो ऊर्जा विकास मार्गचित्र

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७, पुस काठमाडौं । ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद‍्बाट स्वीकृत भएसँगै सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बाटो खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा पुस १६ गते मङ्गलबार बसेको मन्त्रीपरिषद्को बैठकले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको कार्ययोजना स्वीकृत गरेको हो । उक्त प्रस्ताव पास भएसँगै अब ठुला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत् आयोजनाका सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिए ।...
सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो : अध्यक्ष भण्डारी

सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो : अध्यक्ष भण्डारी

ताजा अपडेट, ब्यानर-२, राजनीति, वातावरण, समाचार
१७, पुस पोखरा । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका अध्यक्ष ठाकुर भण्डारीले मुलुकमा सामुदायिक वन उद्योग दर्ता गर्ने व्यवस्थाको अभवाले वन डढेलो बढ्ने गरेको बताएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित ‘वन उद्यम, विकास पर्यापर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले वन क्षेत्रको खेर जाने वन पैदावार उपयोग नहुँदा प्रत्येक वर्ष डढेलोको प्रकोप बढ्ने गरेको बताए ।...