ताजा अपडेट

सीपयुक्त शिक्षा अहिलेको आवश्यकता : शंकर पोखरेल

सीपयुक्त शिक्षा अहिलेको आवश्यकता : शंकर पोखरेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१६, पुस दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सीपयुक्त शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् । सोहीअनुसारको शिक्षण गर्न उनले शिक्षकहरिलाई आग्रह गरेका हुन् । घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेनाको ६७ औँ वार्षिकोत्सका अवसर उनले परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदार मात्रै बनाएको बताए । हरेक विद्यालयले प्राविधिक धारको शिक्षा सञ्चालन गरेर विद्यार्थीलाई सीपयुक्त बनाउन जरुरी रहेको उनको भनाइ थियो “एउटा समय थियो, जति बेला हामीले राज्य सञ्चालनका लागि सरकारी सेवामा सहभागी हुने मानिस नहुँदा भारतबाट जनशक्ति मगाएर सरकारी सेवा दिनुपर्ने अवस्था थियो”, उनले भने । अब विश्व बजारमा बिक्न सक्ने शिक्षा प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।...
बीपीको सम्झनासहित  आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

बीपीको सम्झनासहित आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१६, पुस काठमाडौं । प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली काँग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएका थिए । भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालासहितका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिइ आजभन्दा ४६ वर्षअघि स्वदेश फर्किएका हुन् । देशको सार्वभौमसत्ता संरक्षणका लागि बिपीलगायत नेता ज्यान ब...

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१५, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । तमु (गुरूङ) समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भका रूपमा रहेका भाषा, संस्कृति, वेशभूषा र संस्कारको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएको औँल्याए ।...
नागार्जुन नगरपालिकाका मेयर बस्नेत निलम्बित

नागार्जुन नगरपालिकाका मेयर बस्नेत निलम्बित

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार, स्वास्थ्य
१५, पुस काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत निलम्बित भएका छन् । दुईपटक निर्वाचित भएका मेयर बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर पदबाट स्वतः निलम्बन भएका हुन् नेपाली काँग्रेस बागमती प्रदेश कार्य समितिका निर्वाचित उपसभापति समेत रहेका प्रभावशाली नेता बस्नेतमाथि भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी पङ्क्तिमा तरंग उत्पन्न भएको छ । मेयर बस्नेत निलम्बनमा परेसँगै नगरपालिकाको नेतृत्व एमालेमा पुगेको छ । नागार्जुनको उपमेयरमा नेकपा एमालेबाट निर्वाचित सुशीला अधिकारी छिन् ।...
१३ वर्षीया बालिकालाई झुक्याएर विवाह गरेपछि‘

१३ वर्षीया बालिकालाई झुक्याएर विवाह गरेपछि‘

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, पुस खोटाङ । जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला) सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- १२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो । यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ ।...

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

ताजा अपडेट, राजनीति, समाचार
१५, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । तमु ९गुरुङ० समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उनले जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भका रूपमा रहेका भाषा, संस्कृति, वेशभूषा र संस्कारको संरक्षण, प्रवर्द्धन र विकास गर्नु राज्यको महत्त्वपूर्ण दायित्व भएको औँल्याए । तमुहरूको प्राचीन वर्षगन्तीको पात्रोअनुसार ऋतु परिवर्तन९पुस १५० को आधारमा नयाँ वर्षको गणना गर्ने परम्परा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सांस्कृतिक परम्परामा धनी तमु समुदायले सदियौँदेखि आफ्ना रीतिरिवाज, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आइरहेका बताएका छन् ।...
मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

मकवानपुरमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१५, पुस मकवानपुर । मकवानपुरको मनहरिमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर मनहरि गाउँपालिका(५ वसन्तपुर स्थित वडा कार्यालय नजिकै बस्ने ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गरेको थियो । घर नजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म घर नआएको हुँदा आफन्तले खोजी गर्दै जाने क्रममा आफ्नो घरबाट करिब ५०० मिटर पूर्वमा उनको शव फेला परेको थियो । शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेकी उनलाई बाघले आक्रमण गरि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  ...
तमु ल्होछारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

तमु ल्होछारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१५, पुस काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । राष्ट्रपति पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।” नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरू भएको अवसरको रूपमा हर्षोल्लासका साथ मनाउने चलन रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले गुरुङ समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लामा यो पर्व धुमधामसँग मनाइने बताएका छन् ।...
थप एक नेपालीमा मंकिपक्स पुष्टि

थप एक नेपालीमा मंकिपक्स पुष्टि

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
१५, पुस काठमाडौं । थप एक नेपालीमा मंकिपक्स पुष्टि भएको छ । साउदी अरेबियाबाट आएका ४४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी गराए । उनले भने , “थप एक जनामा पुष्टि भएको सत्य हो । परीक्षणको क्रममा सङ्क्रमण देखिएको छ । सङ्क्रमणको पृष्ठभूमिबारे छिट्टै थप विवरण सार्वजनिक गर्नेछौँ ।”गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किएका थिए । यसअघि नेपालमा पहिलो पटक विदेशी नागरिकमा २०८० असार १ गते मंकिपक्स सङ्क्रमण पुष्टि भएको थियो ।मंकिपक्सको सङ्क्रमण बिफर रोग प्रजातिको भाइरसबाट हुने गर्छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।...
आज ‘तमु ल्होसार’ देशभर सार्वजनिक बिदा

आज ‘तमु ल्होसार’ देशभर सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१५, पुस काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा मनाउने गर्छन् ।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विश...