ताजा अपडेट

मौन स्नान गरी आज सोमबारे औँशी मनाइँदै

मौन स्नान गरी आज सोमबारे औँशी मनाइँदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१५, पुस काठमाडौं । आज बिहान मौन स्नान गरी सोमबारे औँशी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ ।माता, पिता नहुनेले औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन् । यसका लागि सोमबार परेको औँशी विशेष मानिन्छ ।...
प्रधानमन्त्री ओली पर्सामा

प्रधानमन्त्री ओली पर्सामा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१४, पुस काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराएका छन् । एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा जयसवालसहित करिब पाँच हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । जयसवाल यसअघि जनता समाजवादी पार्टी नेपालमा थियो । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य उर्मिला महतो, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट पनि एमालेमा प्रवेश भएको थियो । कार्यक्रममा पर्साबासीका तर्फबाट जिल्लाको क्षेत्र नम्बर ३ का संघीय सांसद एवं संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओलीको नागरिक अभिनन्दन गरेका थिए ।  ...
सहकार्य र समन्वयमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिन्छ : शिक्षामन्त्री भट्टराई

सहकार्य र समन्वयमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिन्छ : शिक्षामन्त्री भट्टराई

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, पुस काठमाडौं । संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सहकार्य, समन्वय र सहअस्तित्वमा काम गर्न सके शिक्षामा सुधार गर्न सकिने बताएकी छन्। आइतबार विराटनगरमा संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको शिक्षा व्यवस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको शिक्षा ऐन र शिक्षा नीतिबाट पनि धेरै काम गर्न सकिन स्पष्ट पारिन्। मन्त्री भट्टराईले संघीय शिक्षा ऐन छलफल प्रक्रियामा अघि बढी सकेकोले चाँडै आउनेमा आशावादी हुन आग्रह गरिन्। शिक्षा क्षेत्र समस्या ग्रस्त भएकाले कानुन आवश्यक रहेको र कानुन बनाउन खोजेको बताउँदै कानुनसँगै व्यवहारिक पक्ष पनि बलियो बनाउनु पर्ने उनको धारणा थियो।...
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री

मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, पुस काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका नेताहरूले संविधानको धारा–धारामा राजनीति गरेर जनता अलमल्याइरहेको दाबी गरेका छन । आज (आइतबार) नेकपा एमाले, पर्सा कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘म अघिल्लो पटक प्रधानमन्त्री हुँदा गफ धेरै गरे । ठूला कुरा धेरै गरे । यहाँका नेताहरूको माग संविधानको फलानो धारा फेनुपर्छ मात्रै भन्नुहुन्छ, ‘संविधानको धाराको राजनीति गरेर जनता अलमल्याइरहनुहुन्छ ।साथै, उनले मधेशी जनताको जीवनस्तरमा फरक पार्नेगरी आफू नेतृत्वको सरकारले काम गरिरहेको पनि बताएका छन । ओलीले भने, ‘मधेशको जनताको जीवनस्तरमा फरक पार्नका लागि हुलाकी राजमार्ग हामीले सुरु गरेका हौं ।’ केही ठाउँमा आरक्षण र निकुन्जका कारण अवरोध भए पनि अधिकांशश ठाउँमा राजमार्गको काम पूरा भएको उन...
विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौं : उपप्रधानमन्त्री सिंह

विकास निर्माणको काम प्रकृतिमैत्री ढङ्गले गरौं : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, पुस, काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले जलवायु परिवर्तनको असरबाट नेपाल प्रभावित भएको भन्दै अब प्रकृतिमैत्री ढङ्गले विकास निर्माणको काम गर्नुपर्ने बताएका छन् । आइतबार सोलु दूधकुण्ड नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गदैं उपप्रधानमन्त्री सिंहले जथाभावी विकास निर्माण गर्न नहुने बताउँदै प्रकृतिमैत्री हुने गरी प्रविधिको प्रयोग गरेर विकास निर्माणको काम गर्नुपर्नेमा जोड दिए । ‘‘विकास निर्माणको काम त गर्नुपर्छ । तर विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ भन्ने हामीलाई घटनाक्रमले सिकाएको छ । अब त्यही अनुसार विकास निर्माणको काम गर्नुपर्छ,’’ उनले भने ‘‘घर बनाउँदा, प्रशासनिक भवन बनाउँदा होस् वा विकास निर्माणको अरू काम गर्दा अब समय बमोजिम हामी चल्नैपर्छ । गाउँठाउँलाई जोगाउने हो भने वातावरणलाई हामीले ध्यान दिनैपर्छ ।’’ उनले प्रशासकीय भवन निर्माण भएपछि पालिकाको सेव...
लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

लुक्लाबाट उडेको हेलिकप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, पुस काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गर्नु परेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको कम्पनीका एक उच्च अधिकारीले जानकारी दिए । ‘एयरक्राफ्टमा कुनै ड्यामेज भएको देखिएन, हेलिकप्टर पुनः उड्ने तयारी गरिरहेको छ,’ उनले भने । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार छन् ।...
राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, पुस काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । अध्यादेशले सहकारी संस्थाहरूको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ । पाँच सदस्यीय आयोगमा एकजना अध्यक्षका अतिरिक्त, एकजना विज्ञ, एक चार्टर्ड एकाउन्टेन्ट, सहकारी मन्त्रालयको सहसचिव सदस्य रहने उल्लेख गरिएको छ । त्यस्तै, सहकारी विभागका उपरजिष्ट्रार सदस्य सचिव हुने प्रस्ताव पनि गरिएको छ ।...
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, पुस सोलुखुम्बु । अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरूको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्री सेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताइन् । उनले भनिन्, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहान बेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।”पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्ध वृद्धा तथा अशक्तलाई बढी मार परेको छ । “बालबालिकाको पठनपाठन प्रभावित भएको छ भने वृद्ध वृद्धालाई पनि समस्या बढेको छ”, उनले भनिन् । चिसो बढेसँगै जि...
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियामा विमान दुर्घटना हुँदा १७९ जनाको मृत्यु, २ जनाको उद्धार

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, समाचार
१४, पुस काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन् ।दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।...
सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने : महासचिव पोखरेल

सुशासन कायम गर्न प्रम कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ बन्ने : महासचिव पोखरेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१४, पुस धनुषा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् । प्रभावकारी सेवा प्रवाह तथा सरकारी कामकाजलाई देश र जनताप्रति केन्द्रित गर्न ‘गभर्मेन्ट रिफर्म सेन्टर’ आवश्यक भएको उनको अभिमत छ । आज जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्ने गरी गृहकार्य थालिएको बताए ।...