ताजा अपडेट

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’

अन्तर्राष्ट्रिय, ताजा अपडेट, पर्यटन, ब्यानर-१, समाचार
१४ पुस, पोखरा ।पोखराको फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । नेपाल र छिमेकी मूलुक चीनबीचको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आज आइतबारदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएको हो । फेवातालमा भएको उक्त फेष्टिभलमा नेपाल,चीन र सिङ्गापुरका खेलाडी सहभागी भएका छन् ।प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएर दैनिक अध्यास गरेका थिए। प्रतियोगितामा चीनको आठ,सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन्।प्रतियोगितामा गण्डकी,बागमती,कर्णाली,त्रिभुवन आर्मी क्लब,ड्रागन बोर्ट गण्डकी,बेगनास टोली,रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन(नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा पाँच सय र दुई ...
सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, पुस काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ५०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको महासंघको भनाइ छ । यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।...
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१४, पुस काठमाडौ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबिच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन, आन्तरिक क्षमता विस्तार, वातावरण संरक्षणलगायत चुनौतीपूर्ण परिस्थितिमा सैन्य क्षमता अभिवृद्धिमा केन्द्रित हुनेछ ।...
मोहन वैद्यको ‘स्वास्थ्य अवस्था स्थिर’

मोहन वैद्यको ‘स्वास्थ्य अवस्था स्थिर’

ताजा अपडेट, राजनीति, समाचार
१४, पुस काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ केही दिनयता उपचाररत छन् । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनी उपचाररत रहेको पार्टीले जनाएको छ । सो पार्टीका कार्यवाहक महासचिव गौरवका अनुसार वैद्यको स्वास्थ्य स्थिर अवस्थामा छ । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो ।  बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो ।...
कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

कालिकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, पुस काठमाडौं । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  पश्चिम नेपालमा लगातार भूकम्प जान थालेपछि स्थानीयहरू त्रसित हुँदै आएका छन् ।
दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

दक्षिण कोरियामा विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुग्यो

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-१, समाचार
१४, पुस काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६४ पुगेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । चालक दलका ६ सदस्यसहित १८१ जना सवार विमान दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको समाचार एजेन्सी योनहापले जनाएको छ ।विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।सो विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो ।...
एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

खेलकुद, ताजा अपडेट, ब्यानर-२, समाचार
१३, पुस महोत्तरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो। खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुलं) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए । मटिहानीको स्वागत ग्रहणपछि टोली आज जलेश्वर नगर...
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : मन्त्री गुरुङ

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुनेछ : मन्त्री गुरुङ

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३, पुस कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुच्छ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले भने, “सरकारमा रहेका प्रमुख दुई दलको उच्चस्तरीय राजनीतिक संयन्त्र बनेको छ । यस संयन्त्रको पहिलो काम संविधान संशोधनका लागि प्रक्रियागत काम प्रारम्भ गर्नु हुनेछ । प्रतिनिधिसभा र राष्ट्रियसभाका समितिमा विचाराधीन विधेयकहरू शीघ्र अनुमोदन गर्ने र रोकिएका विधेयक मापदण्ड तयार गरी यथाशीघ्र टुंगो लगाउने सरकारको योजना छ ।”सञ्चारमन्त्रीले प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून चाँडै निर्माण...
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा

ताजा अपडेट, पर्यटन, ब्यानर-२, वातावरण, समाचार
१३, पुस सुनसरी । जिल्लास्थित बराहक्षेत्र नगरपालिका-१ स्थित रहेको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र बस्ती बाढीको उच्च जोखिममा परेको छ । हिन्दू धर्मशास्त्र र किरात मुन्दुमले समेत मानव सभ्यताको सुरुआत भएको आदिम तीर्थस्थलका रूपमा रहेको सप्तकोशी नदी किनारस्थित बराहक्षेत्र मन्दिर बाढीको उच्च जोखिममा परेको भन्दै स्थानीय चिन्तित बनेका हुन् । गत असोजमा आएको बाढीले जिल्लाको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर परिसर र आसपासका बस्ती उच्च जोखिममा परेको भन्दै स्थानीय रविनकुमार श्रेष्ठले चिन्ता व्यक्त गरे । उनले भने, “आउँदो बर्खामा मन्दिर र वरपरका बस्ती रहने हो कि नरहने हो थाहा छैन । ”गत असोजमा आएको बाढीले मन्दिर परिसरका बराह श्राद्धस्थल, शनि मन्दिर, गणेश मन्दिर, अमरनाथ मन्दिर, साकेला पार्कलगायत शौचालयमा क्षति पुर्‍याएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।“क...
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३, पुस काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । अस्पतालका अनुसार हृदयाघातका कारण शुक्रबार राति उनको निधन भएको हो । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो । उनको शव अहिले अस्पतालमै रहेको छ। उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौ २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए । पछि उनी राष्ट्रिय मानव अधिकार आयोगको सदस्य भएका थिए।...