ताजा अपडेट

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरको पत्राचार

सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरको पत्राचार

ताजा अपडेट, वातावरण, समाचार, स्थानीय
१३, पुस काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक संघसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न पत्राचार गरेको छ। पहिलो चरणमा यसरी पत्र पठाइएका संघसंस्थामा कृषि सामग्री कम्पनी लिमिटेड, कुलेश्वर, पशुपति क्षेत्र विकास कोष, मारवाडी सेवा समिति, फसिखेल, न्युरोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड छन्। यी कम्पनीलाई सम्पत्ति कर र बहाल कर तिर्न पत्राचार गरिएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए। “संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकममा लाग्ने बहाल कर स्थानीय तहलाई बुझाउनुपर्छ,” विभागका प्रमुख अधिकारी बहाल करका विषयमा करदातामा कुनै द्विविधा हुनुपर्ने अवस्था नरहेको बताउछन्। नेपालको संविधानको धारा ५७ ९४०तथा अनुसूची ८ अनुसार घर बहाल कर सङ्कलन गर्ने विषय स्थानीय तहको एकल अधिकारअन्तर्गत पर्दछ । संवि...
हुम्लामा पुन : हिमपात जनजीवन प्रभावित

हुम्लामा पुन : हिमपात जनजीवन प्रभावित

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३, पुस हुम्ला । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ । शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ । हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए । यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ ।यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ । शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ । हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्...
आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

आज त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
१३,पुस काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवी) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।त्रिवीले आज शनिबार त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा ५० औँ दीक्षान्त समारोह आयोजना गरेको  हो । त्रिवीका अनुसार समारोहमा यस पटक १४ हजार ३ सय आठ जना विद्यार्थी दीक्षित हुँदैछन् । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित  हुँदै छन् ।स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तरतर्फ पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदै छन् । समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुन लागेका हुन् ।समारोहमा विभिन्न १७ वटा विधामा पुरस्कार वितरण पनि गर्ने त्रिवीले जनाएको छ । दीक्षान्त समारोहमा त्रिवीका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली,त्रिवीका सहकुलपति ...
आजको मौसम : सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१३, पुस काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको कारण  देशका धेरै स्थानहरूमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी,बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासँगै  हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश,बागमती प्रदेश,मधेस प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्ने  महाशाखाको भनाई छ। वर्षा, हिमपात तथा चिसोका कारण स्वास्थ्य,पर्वतारोहण,हवाई यातायात लगायत दैनिक ज...
धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१२, पुस काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो । दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीलोकमार्गमा माइक्रोबस दुर्घटना भएको हो । घाइतेहरूको अम्बेभरोसा अस्पताल गल्छीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनापछि सडकमा कुनै अवरोध भएको छैन ।...

रवि लामिछानेको बयान सकियो

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१२, पुस काठमाडौं । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो । उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन् । उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो । बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन् ।...
मुख्यमन्त्री कार्यालयमा कर्मचारीको धर्ना

मुख्यमन्त्री कार्यालयमा कर्मचारीको धर्ना

ताजा अपडेट, राजनीति, समाचार
१२, पुस काठमाडों । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय तथा मुख्यमन्त्रीको आवासमा धर्ना दिएका छन् । पदस्थापनको माग गर्दै शुक्रबार बिहानैदेखि उनीहरू धर्नामा बसेका हुन् । मधेश सरकारले केही महिना अघि बनाएको स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको ‘स्थानीय सेवा ९गठन तथा सञ्चालन० ऐन, २०८१’ मा त्रुटि हुँदा आफूहरू समस्यामा परेको स्थानीय तहका कर्मचारीहरूको गुनासो छ । मधेश प्रदेशका स्थानीय सरकारी सेवाका स्थायी कर्मचारीहरूको सरूवा, पदस्थापना तथा स्तरवृद्धिमा ढिलाइका कारण वृद्धि विकास रोकिनुका साथै कर्मचारीमा तनाव उत्पन्न हुन पुगेको धर्नामा बसेका कर्मचारी सफलकुमार साहले गुनासो गरे ।...
मोहन वैद्य किरण अस्पताल भर्ना

मोहन वैद्य किरण अस्पताल भर्ना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२, पुस काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको हो । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो । चिकित्सकहरूले भर्ना हुनुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो ।...
खाँदबारी(किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

खाँदबारी(किमाथाङ्का सडक चाँडो सञ्चालनमा ल्याउन ऊर्जामन्त्री खड्काको आग्रह

ताजा अपडेट, राजनीति, समाचार
१२, पुस काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी(किमाथाङ्का सडक निर्माणको गति सुस्त भएकामा रक्षामन्त्री राईको ध्यानाकर्षण गराए। उक्त सडक रक्षा मन्त्रालयअन्तर्गत रहेको नेपाली सेनाले निर्माण गरिरहेको छ । उक्त भेटमा ऊर्जामन्त्री खड्काले सडकको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै उक्त सडक निर्माणमा संलग्न नेपाली सेनालाई चाँडो सडक सम्पन्न गरी सञ्चालनमा ल्याउन आग्रह गरे।...
अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छ : मुख्यमन्त्री लामा

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, पुस मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिएका छन् । आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्दै उनले प्रविधिमैत्री र अध्ययनअनुसारको सीप पनि जरुरी रहेको उल्लेख गरे । “जे पढेका छौँ, जे सीप छ सोही सीपअनुसारको रोजगारी गर्नुपर्छ, अध्ययन र सीप एकातिर काम अर्कोतिर गर्नाले युवा विदेशिनुपरिरहेको छ”, उनले भने । औद्योगिक क्षेत्रसमेत रहेको मकवानपुरमा उद्योगसँगको सहकार्यमा विषयवस्तु अध्यापन गराउनुपर्नेमा जोड दिँदै उनले पढाइका क्रममा शिक्षक र विद्यार्थी दुवै सकारात्मक रहनुपर्ने बताए ।...