ताजा अपडेट

तीन विश्वविद्यालयका उपकुलपतिले  लिए शपथ

तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१२, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा .वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा .शारदा थपलियाको शपथ भएको हो । प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलताको कामना गरे ।...
आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, पुस काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।  ...
आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध

आजबाट चिसो र शीतलहर बढ्ने, सतर्क रहन प्राधिकरणको अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१२, पुस काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ । प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरे । उनले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ठाउँठाउँमा वर्षा र तराईमा शीतलहर चल्नसक्ने बताए । मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यून चापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ ।...
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१२, पुस काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० लगिएको थियो । उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।अस्पतालका अनुसार सिंहलाई उमेरसँग सम्बन्धित समस्याहरू देखिएपछि लामो समयदेखि घरमै उपचार भइरहेको थियो । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए ।  ...
आजको मौसम : वर्षा र हिमपातको सम्भावना

आजको मौसम : वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१२, पुस काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ ।वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ ।आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ ।यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ ।काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति क...
सबै एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ : प्रधानमन्त्री

सबै एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्छ : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित २९ औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हावा र प्रकृतिलाई स्वच्छ राख्न अरु विषयमा बेमेल भइरहेका मुलुक पनि एक भएर लाग्नुपर्नेमा जोड दिए । सरकारले जलवायु परिवर्तनको चुनौतीको सामना गर्ने कामको नेतृत्वसहित जलवायु वित्तको व्यवस्था गर्ने जनाउँदै उनले जमिन सुख्खा हुँदै जाँदा कृषि क्षेत्रलाई प्रतिकूल असर पार्ने भएकाले वन जङ्गलमा डढेलो लाग्न नदिन वन मन्त्रालय र सञ्चार मन्त्रालयले जागरण फैलाउनुपर्ने तथा मानव निर्मित वातावरण प्रदूषण रोक्न हरेक समुदाय सचेत हुनुपर्नेमा जोड दिए ।  ...
चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे

चीनको छेन्दुबाट चार्टर विमानमा १२९ चिनियाँ खेलाडी पोखरा आइपुगे

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
११, पुस काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना खेलाडी पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरु हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो । फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रो पटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए ।...
सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

ताजा अपडेट, वातावरण, समाचार
११, पुस विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको विहार राज्य अररिया घर भई हाल कटहरी २ ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् । पीडितसँगको प्रारम्भिक बयान एवं घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताएका छन् । आज काठमाडौँमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले सङ्घदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताए । नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए ।...

नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्ति एकताबद्ध हुनुपर्छ : ‘प्रचण्ड

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्नुपर्ने उनको भनाइ छ । आज २६ डिसेम्बर अर्थात् माओको जन्मदिनको अवसरमा ‘प्रचण्ड’ले जारी गरेको सन्देशमा लेखिएको छ, ‘माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि अध्ययन, अनुसन्धान र प्रयोगमा जुट्नु अपरिहार्य दायित्व बनेको छ ।’ चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात् १८९३ डिसेम्बर २६ मा माओको जन्म भएको थियो । उनी चिनियाँ कम्युनिष्ट पार्टी र नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक नेता हुन् । उनलाई संसारभरिका वर्ग...