ताजा अपडेट

स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ : स्वास्थ्य मन्त्री पौडेल

स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, पुस काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य सेवा सुधारका लागि काम सुरु गरिसकेको बताएका छन् । काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै आफूले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि कार्य सुरु गरिसको बताएका हुन् । कार्यक्रममा उनले स्वास्थ्य बीमा, जनशक्ति वृद्धि, औजार मर्मत लगायत विषयमा कार्य भइरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधार गर्नका निम्ति प्रयत्न थली सेकेका छौँ ।’ उनले भने, ‘बीमाको क्षेत्रमा, औषधिको क्षेत्रमा, जनशक्ति वृद्धि गर्ने सन्दर्भमा हामीले काम सुरु गरीसकेका छौँ । उपकरण बनाउने सन्दर्भमा, भवनलाई व्यवास्थित बनाउने सन्दर्भमा, स्रोत बढाउने सन्दर्भमा काम अघि बढाएका छौँ ।’...
बसबरिया गाउँपालिका–३ का वडाध्यक्षको निधन

बसबरिया गाउँपालिका–३ का वडाध्यक्षको निधन

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ । कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधबार राति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष थिए । मृतक महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली कांग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए । वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।...
मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

ताजा अपडेट, वातावरण, समाचार, स्वास्थ्य
११, पुस काठमाडौंं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत तनहुँका ३६ वर्षीय युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जानकारी दिए । उनले निजको अवस्था सामान्य रहेको बताए । मङ्कीपक्स सङ्क्रमण भएकालाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले सोही अनुरुप गरिएको जानकारी निर्देशक बसौलाले दिए ।...
आज पाँच संसदीय समितिको बैठक बस्दै

आज पाँच संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
११, पुस काठमाडौं । पाँच वटा संसदीय समितिको बैठक आज बस्दै छ ।बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । यस्तै, दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्यरप्रमुख सचेतक र सचेतकहरूसँग छलफल हुनेछ । यस्तैगरी, ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।...
एक महिनामा ३३ हजारले चढे धरहरा

एक महिनामा ३३ हजारले चढे धरहरा

ताजा अपडेट, वातावरण, समाचार
११, पुस काठमाडौं । शुल्क तोकेको एक महिनामा ३३ हजारभन्दा बढीले धरहरा चढेका छन् । दैनिक औसतमा १२ सय हाराहारीले धरहरा चढ्ने गरेका छन् । सार्वजनिक बिदाको दिन करिब २ हजारभन्दा बढीले धरहरा चढ्ने गरेका छन् । सशुल्क गरिएपछि अहिलेसम्म ६० लाख राजस्व उठिसकेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए ।बुधबार भने धरहरा बन्द हुने गरेको छ । सुरुमा निःशुल्क खुला गरिएकोमा गत मंसिर ९ गतेबाट शुल्क तोकिएको हो । १० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।...
संविधान संशोधन गर्न कार्यदल गठन गरिने

संविधान संशोधन गर्न कार्यदल गठन गरिने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
११, पुस काठमाडौं । नेकपा एमालेले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ । हिजो बसेको सचिवालय बैठकले संविधानको समीक्षा र संशोधन गर्नका लागि नेपाली काँग्रेस र एमालेका नेता रहेको कार्यदल गठन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव ज्ञवालीले जानकारी दिए ।...
जाजरकोटमा भूकम्पको धक्का

जाजरकोटमा भूकम्पको धक्का

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१, पुस काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरी भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो मात्रामा मानवीय र भौतिक क्षति गराएको थियो ।...
शुक्रबारदेखि फेरी  बदली र वर्षा सम्भावना

शुक्रबारदेखि फेरी बदली र वर्षा सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
११, पुस काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि फेरी स् बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले आज बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ । शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।”...
सरकार संसदबाट तर्किएर हिंडिरहेको छ : सभामुख घिमिरे

सरकार संसदबाट तर्किएर हिंडिरहेको छ : सभामुख घिमिरे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१० ,पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकार संसदबाट तर्किएको बताएका छन् । संसद सरकार जन्माउने आमा भएको उल्लेख गर्दै सभामुख घिमिरेले जन्माएको आमाबाट सरकार टाढा हुने, तर्सिने, तर्किने कार्य गरेको बताएका छन् । संघीय संसद् सचिवालयले नगरकोटमा गरेको एक कार्यक्रममा बोल्ने क्रममा सभामुख घिमिरेले भने, ‘संसद सरकार जन्माउने आमा हुन् । तर, आफूले जन्माएको सरकार आमाबाट टाढा हुने, त्यसलाई बाधा बन्ने, तर्सिने, तर्किने आदि जे गरेर हिडिंरहेको छ । यो बेठीक छ ।’ संसदप्रति सरकार पूर्ण रुपमा जवाफदेही हुनुपर्ने घिमिरेले बताए ।...
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, पुस काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौँ उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिए । “नागरिकले महसुस गर्नेगरी काम अगाडि बढाऔँ, मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुनेछ, अधुरा कामलाई तीव्र रूपमा सम्पन्न गर्नुपर्छ”, उनले भने, “काठमाडौँवासीले बाह्रै महिना शुद्ध र सफा खानेपानी पाउनुपर्छ, सोहीअनुसार वातावरण तयार गरौँ ।” मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई...