ताजा अपडेट

सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१०, पुस काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन्। बुधबार रुपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि काँग्रेस , एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताएका हुन् । संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन काँग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ, उनले भने।...
एमाले सचिवालय बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१०, पुस काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक भर्खरै सुरु भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समय नमिलेकाले बैठक बस्न ढिलाइ भएको हो । जारी सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने कार्यसूची छ ।...
चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

चन्द्रागिरिका मेयर गिरिसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता

ताजा अपडेट, बिशेष, राजनीति, समाचार, स्थानीय
१०, पुस काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्च पदस्थ पदाधिकारीले भेटवार्ता गरेका छन् । मंगलबार भएको सो भेटवार्तामा उनीहरू बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको नगरपालिकाले जनाएको छ । सो अवसरमा नगरप्रमुख गिरीले नगरपालिकाबाट भएरगरेका कामका बारेमा राजदूतलाई संक्षिप्त जानकारी गराएका थिए ।नले नगरपालिकाबाट भैराखेको फोहर मैला व्यवस्थापन, खानेपानी , रोजगारी सिर्जना, सूचना प्रविधिको उपयोग, भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि राजदूतलाई अवगत गराएका थिए । सो अवसरमा कार्यवाहक राजदूत ताकाहिरोले नगरप्रमुख गिरी सहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासीद्वारा नागढुंगा सुरुङमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिए । उनले नगरपालिकाका अन्...
एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१०, पुस काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छबताएको छ ।    ...
सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

सूर्यदर्शन सहकारी ठगी प्रकरण : पूर्व प्रदेश सभा सदस्य मीना गुरुङ पक्राउ

ताजा अपडेट, राजनीति, समाचार
१०, पुस काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वप्रदेश सभा सदस्य मीना गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । एमाले नेता गुरुङलाई हिजो कास्कीको पोखरास्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो। स्रोतका अनुसार पोखरा १२ रानीपौवा निवासी गुरुङ सूर्यदर्शन सहकारीको पूर्वउपाध्यक्ष हुन् । उनी स्थापनाकालदेखि नै सो सहकारीमा आबद्ध थिइन् । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार मुद्दा दर्ता गरेकाहरूको सूचीमा गुरुङको नाम पनि छ । गुरुङलाई प्रहरीले फरारको सूचीमा राखेर मुद्दा दायर गरेको थियो ।...
बादलले ढाके पनि वर्षा कम,आजदेखि सुधार हुने

बादलले ढाके पनि वर्षा कम,आजदेखि सुधार हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौँ । नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले देशका धेरै जसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकासमा बादल टम्म लागे पनि वर्षा भने न्यून परेको छ । काठमाडौँमा हिजो साँझ सामान्य पानी परेको थियो । आज देखि भने मौसम सुधार हुँदै जाने मौसमविद् मिनकुमारअर्यालले बताए । उनका अनुसार अहिले कर्णाली, गण्डकी र बागमती प्रदेशमा बदली भई बादल लागेको छ । लुम्बिनीमा आंशिक बदली छ । बागमतीमा पहाडी र हिमाली क्षेत्रमा बढी र कोसीको पश्चिम भू-भागमा बादल रहेको अर्यालले राससलाई बताए । सुदूरपश्चिममा आंशिकदेखि साधारण बदली रहेको उनले बताए ।मौसमविद् अर्यालले भने, “खासै पानी परेको देखिँदैन । पश्चिमा गएको २४ घण्टामा डडेलधुरामा नौ मिलिमिटर, दिपायलमा चार मिलिमिटर पानी परेको छ, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ । राति पनि हल्का हिमप...
आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै

आज डिसेम्बर २५, ‘क्रिसमस डे’ मनाइँदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
१०, पुस काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यो सम्प्रदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको भनिन्छ । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए । उनका अनुसार मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको उनले सुनाए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रुपमा मनाउने थालेको हो । दिवसका अवसरमा विसं २०६...
संविधान कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

संविधान कार्यान्वयनमा गम्भीर बनौँ : अध्यक्ष दाहाल

ताजा अपडेट, राजनीति, समाचार
९, पुस काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष दाहालले पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताए । उनले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिए । उनले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठ्याराहरूको विकल्पमा जान सकिने बताए । अध्यक्ष दाहालले केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस गरेको बताए । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको उनले बताए ।...
प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल

प्रधानमन्त्री र पाकिस्तानका राजदूतबिच सार्क शिखर सम्मेलनबारे छलफल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
९, पुस काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।...
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित

ताजा अपडेट, वातावरण, समाचार
९, पुस काठमाडौं । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । इटहरीमा सम्पन्न ५१ औँ महाधिवेशनबाट सन् २०२५ का लागि थापा राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी हुन् । उनले ७६२ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत पाएका थिए ।यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना निर्वाचित भएका छन् । जसमा गणेश सापकोटा, कृष्ण सापकोटा, एलिना महर्जन र सौरभ श्रेष्ठ निर्वाचित भएका हुन् । उक्त पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।...