ताजा अपडेट

हिंसा अन्त्य गर्न मर्यादित महिनावारी दिवस मनाइयो

हिंसा अन्त्य गर्न मर्यादित महिनावारी दिवस मनाइयो

ताजा अपडेट, वातावरण, समाचार
२३, मंसिर काठमाडौं । महिनावारी विभेदका कारणले हुने हिंसा अन्त्य गर्नका लागि आइतबार छैटौँ मर्यादित महिनावारी दिवस मनाइएको छ । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ । ‘यौन तथा प्रजनन स्वास्थ्य अधिकार महिनावारीको आधार’ भन्ने नाराका साथ आइतबार अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो । मर्यादित महिनावारी मानव अधिकारको आधार र दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई मर्यादित महिनावारीका अभियानता डा. राधा पौडेलले व्याख्या गरिन् । महिला विकासको क्षेत्रमा अन्य क्षेत्रमा सुधार भए पनि हिंसाको कारणका विषयमा खोतलेर छलफल अझै हुन नसकेको उनले टिप्पणी गरिन् । उनले महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ बिलियन व्यक्तिहरूको लागि मासिक रूपमा घटने सामान्य प्रक्रियागत घटन रहेको सुनाइन् । नेपालको संविधानमा उल्लेख भएका विभिन्न हक, ...
स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल

स्पष्ट निरोधात्मक नीति आवश्यक छ : मन्त्री पौडेल

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानसिक रोगीहरूको संख्या बढिरहेको बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलले रोग लाग्न नदिनको लागि मन्त्रालयले अध्ययन समिति बनाएर काम गर्ने पनि बताए । उनले स्पष्ट निरोधात्मक नीति बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले उपचारात्मक भन्दा पनि निरोधात्मक विधि अपनाउन चेतना अभिवृद्धि जरुरी रहेको उल्लेख गरे । उनले खानेकुरा, वायुमण्डल स्वस्थ नहुँदा पनि कतिपय रोगहरू बढेको बताए ।...
प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको भवन उद्घाटन

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, मंसिर झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो भवनको उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिघा पाँच कट्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियोे । प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गरे ।...
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । साढे २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ ।...
विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह

विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा ३४ जोडीको सामूहिक विवाह

ताजा अपडेट, वातावरण, समाचार
२३, मंसिर जनकपुरधाम । जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो ।जानकी मन्दिर प्रांगणमा शनिबार साँझ उनीहरुको मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको हो । उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ । परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्टपेन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडासहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५(२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरेको थियो ।    ...
गढीमाई मेलाको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा

गढीमाई मेलाको अवसरमा मधेश प्रदेशभर सार्वजनिक बिदा

ताजा अपडेट, वातावरण, समाचार
२३, मंसिर जनकपुरधाम । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । ढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको भीड छ ।
प्रधानमन्त्री ओली गृह जिल्ला जाँदै

प्रधानमन्त्री ओली गृह जिल्ला जाँदै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दमक विजनेश भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रमका लागि आज गृह जिल्ला झापा जाँदैछन् । हवाईमार्गमार्फत् गृह जिल्ला जान लागेका प्रधानमन्त्री ओली आज बिहान ११ बजे झापा ओर्लिने छन् । झापाको दमक नगरपालिका ३ दापगाछीमा एक अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री ओलीले आज दिउँसो उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने सुरुमा उनले मानव सेवा आश्रमको नयाँ भवनको उद्घाटन गर्नेछ । प्रधानमन्त्री ओली सोमबार पनि झापामै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ...
पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली

पश्चिमी न्यून चापीय प्रणालीले मौसम बदली

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२३, मंसिर काठमाडौं । जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले आइतबार आज साँझदेखि मौसम बदली हुने जानकारी दिएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारण बदलीको सम्भावना रहेको जानकारी दिएको हो । जुन प्रणालीको प्रभावका कारण आज साँझदेखि भोलि रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भाव...
पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै

पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२३, मंसिर काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ । पशुपति क्षेत्रमा पुरातात्त्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका-८ को सक्रियता र पुरातत्त्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो । उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहेका वडा नं ८ का अध्यक्ष आशामान संगतले जानकारी दिए । पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्रांगणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो ...
राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

राष्ट्रिय सहमतिमा शान्तिप्रक्रिया टुङ्ग्याइने

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२२, मंसिर काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिमा नै त्यसलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले अन्तिम चरणमा पुगेको शान्तिप्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएको बताए । अध्यक्ष दाहालले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई राष्ट्रिय सहमतिबाटै टुंगोमा पुर्‍याउनुपर्छ”, उनले भने । एकता प्रक्रियामा जोडिएका शिक्षकलाई स्वागत गर्दै उनले यसले बृहत् एकताको बाटो फराकिलो बनाउने बताए ।...