ताजा अपडेट

यो वर्ष हिउँदमा कम वर्षा हुने सम्भावना

यो वर्ष हिउँदमा कम वर्षा हुने सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२४ मंसिर, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिउँदयामको सम्भावित मौसमी अवस्था अद्यावधिक गर्दै आगामी तीन महिना कम पानी पर्ने जनाएको छ । यसअघि असोज १५ देखि पुस १६ देशका धेरै स्थानमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेको विभागले अहिले फेरि मंसिर १६ देखि फागुन १६ गतेसम्मको अवधिमा सरदरभन्दा कम पानी पर्ने जनाएको छ । अधिकतम र न्यूनतम तापक्रम भने असोज १५ देखि फागुन १६सम्मै सरदरभन्दा बढी हुने विभागले जनाएको छ । यसअघि विभागले असोज १५ देखि पुस १६ गतेसम्मको हावापानी आँकलन २० असोजमा सार्वजनिक गरेको थियो । त्यसको सारांशमा यस वर्ष १५ असोजदेखि १६ पुससम्मको अवधिमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा सरदरभन्दा बढी वर्षा हुने उल्लेख थियो । साथै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन...
गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

गढीमाई मेलामा दर्शनार्थीको घुइँचो

ताजा अपडेट, वातावरण, समाचार
२४, मंसिर वीरगञ्ज । भारतको विहार राज्य अन्तर्गतको पूर्वी चम्पारणका सुरेन्द्र यादव बालबालिकासहित बाराको प्रख्यात गढीमाई मन्दिरको दर्शन गर्न आइतबार मध्यरातमा आइपुगेका छन् । यहाँ गढीमाई मन्दिरमा भाकल गरेपछि मनोकामना पूरा भएको भन्दै उनी महागढीमाई नगरपालिका–१ स्थित बरियापुरमा दर्शन गर्न आएका हुन् । अहिले गढीमाई मन्दिरमा दर्शन गर्ने भारतीय र नेपाली दर्शनार्थीको घुइँचो लागेको छ । “केही समयअघि गढीमाईको भाकल गरेका थियौँ । माईले हाम्रो मनोकामना पूरा गरेसँगै अहिले माईको पूजाअर्चना गर्न आएका हौँ”, दर्शनार्थी यादवले भने, “परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै गढीमाई मन्दिरमा आउने दर्शनार्थीहरुको उल्लेख्य मात्रामा हुनुहुन्छ ।”रियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ गतेदेखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य विदेश मुलुकका भक्तजनको पनि बाक्लो...
सुनको मूल्य बढ्यो, आज कतिका कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिका कारोबार ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
२४, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यस्तो मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो । आज चाँदी भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

मानव-वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको छ : वनमन्त्री शाही

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउने प्रयास भइरहेको बताएका छन् । पर्सा राष्ट्रिय निकुञ्जको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमपछि कुरा गर्दै उनले पछिल्लो पटक निकुञ्ज क्षेत्रभित्र रहेका वन्यजन्तु आहार खोज्दै गाउँ बस्तीभित्र छिर्न थालेपछि मानव र वन्यजन्तुको द्वन्द्व बढ्न थालेको बताए । “बाघ र जङ्गली हात्तीजस्ता ठूला जनावरलाई बाहिर बस्तीमा नआउने र मान्छेलाई जङ्गलभित्र नजाने व्यवस्था मिलाउन सके मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ”, मन्त्री शाहीले भने । मन्त्रालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन प्रयास गरिरहेको उनको भनाइ थियो । मन्त्री शाहीले जङ्गल जनावर हिँड्ने बाटो क्षेत्रतिर मानव बस्ती विस्तार हुने थालेपछि समस्या बल्झिँदै जान थालेको उल्लेख गरे । “वन्यजन्तुले क्षति गर्दा पीडित पक्षलाई राहतको व्यवस्था...
बाजुरामा वर्षासँगै हिमपात

बाजुरामा वर्षासँगै हिमपात

ताजा अपडेट, वातावरण, समाचार
२४, मंसिर बाजुरा । बाजुरामा गए रातिदेखि वर्षासँगै हिमपात सुरु भएको छ । मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो । हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ । हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन, बाँधु, स्वामीकार्तिको जुकोट, जगन्नाथ गाउँपालिकाको गोत्री क्षेत्रमा हिमपात सुरु भएको वडा नंं ६ का स्थानीय जयप्रसाद पाण्डेले बताए । यसैगरी गौमुलको दहकोट, मानाकोट, बूढीनन्दाको कुरु, पाण्डुसैन, खप्तड छेडेदहको काँडा, जयबागेश्वरी, बडीमालिका रजाली, मार्तडी, ढम्कनेलगायत क्षेत्रका अग्ला भागमा हिमपातले डाँडा सेताम्मे भएका छन् । यहाँको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका, पोरखे लेक, कालाजग्रा, दह डाँडा, बडालेख, खप्तड राष्ट्रिय निकुञ्जमा पनि हिमपातले छोपेको छ । सदरमुकाम मार्तडी आसपासमा पनि हिमपात भएको बडीमालिका–३ का स्थानीय कमल रावलले बताए ।...
आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो । आज बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ । यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।...
भोली कीर्तिपुरमा सार्वजनिक बिदा

भोली कीर्तिपुरमा सार्वजनिक बिदा

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२४, मंसिर काठमाडौं । सातगाउँले (न्हेगाँ) जात्राका अवसरमा मंगलबार कीर्तिपुर नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिइएको छ । कीर्तिपुर नगरपालिका नगर कार्यपालिकाको आजको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए । सातगाउँले जात्रा कीर्तिपुरको इन्द्रायणी रथ यात्राबाट सुरु हुन्छ । यस क्रममा पाँगाको बालकुमारी र विष्णु देवीको रथ यात्रा गराइन्छ । चन्द्रागिरि नगरपालिका-१५ स्थित बल्खु किनारमा रहेको विष्णुदेवी मन्दिर परिसरमा वरपरका गाउँका शक्ति पीठबाट समेत रथयात्रा गराउने परम्परा रहेको छ ।...
पश्चिमी वायुको प्रभावले  यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२४, मंसिर काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अनुसार सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पूर्वी तराइका धेरै भू(भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू हल्का वर्षाको सम्भावना रहेको छ।...
दुई बच्चासहित आमा मृत फेला

दुई बच्चासहित आमा मृत फेला

ताजा अपडेट, वातावरण, समाचार
२३, मंसिर काठमाडौं । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक बच्चा एकै स्थानमा मृत फेला परेका छन् । डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । किस्पाङ गाउँपालिका वडा –१ भाल्चे गाउँको नुचेतमा २३ वर्षीय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । आज बिहान ९ बजेको समयमा उनीहरु मृत फेला परेको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा डिएसपी तिलक भारतीसहितको प्रहरी टोलीले छानविन गरिरहेको प्रहरीले जनाएको छ ।डिएसपी भारतीका अनुसार घटना शङ्कास्पद, कारुणिक र गम्भीर प्रकृतिको भएकाले यसको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ ।...
१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२३, मंसिर काठमाडौं । सभामुख देवराज घिमिरेले १८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यताका कारण संसद् सेवा प्रभावकारी हुन नसकेको बताएका छन् । आइतबार १८ औँ संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानुनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानुनलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताए । सांसदहरू आफू कानुन बनाउनुको सट्टा सरकारको मुख ताकिरहने प्रवृत्तिको कारणले कानुन निर्माणमा समस्या हुने गरेको उनको भनाइ छ । उनले नेपालको संसदीय उपलब्धि र अभ्यासहरू अन्य देशको सांसदसँग तुलना गर्न नमिल्ने पनि बताए । संसद् सेवालाई थप प्रभावकारी बनाउन कानुनी रूपमा अघि बढ्न जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि १८ औँ संसद् सेवा दिवसले प्रेरित गर्ने विश्वास व्यक्त गरे ।...