ताजा अपडेट

अधिकारलाई सदुपयोग गरेर देशको निर्माणमा लाग्नु पर्छ : उपप्रधानमन्त्री सिंह

अधिकारलाई सदुपयोग गरेर देशको निर्माणमा लाग्नु पर्छ : उपप्रधानमन्त्री सिंह

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, मंसिर काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताएका छन् । नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्तनगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको शालिकमा माल्यार्पणपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले नेपालको महिला अधिकार, प्रजातन्त्र र समानताका लागि मंगलादेवी सिंहको योगदान महत्वपूर्ण रहेको बताए । उनले राणाकालमै महिलालाई मताधिकार, महिलाका लागि शिक्षा, पैतृक सम्पत्तिमाथिको हकअधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगलादेवी सिंहले संघर्ष गरेकै कारण उपलब्धी हासिल भएको बताए ।...
काठमाडौँ महानगरपालिकाले स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ महानगरपालिकाले स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम सञ्चालन गर्ने

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
२५, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा भएका स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले कोसेली घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । ‘एक वडा, एक नमूना’ कार्यक्रमअन्तर्गत ३२ वटै वडामा उत्पादन भएका फरक–फरक उत्पादनका आधारमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलालाले जानकारी दिइन् । प्रत्येक वडामा उत्पादन भएका सामग्रीलाई कोसेली घरमा जम्मा गर्ने र सोहीमार्फत बिक्री गर्नेगरी उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यसका लागि महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु पाँच लाख विनियोजना गरेको छ ।...
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन्  एजेन्डा

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२५, मंसिर काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा .भीष्मराज अधिकारीले जानकारी दिए ।बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।...
काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान

काठमाडौँ महानगरमा वायु गुणस्तर निगरानी उपकरण जडान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
२५, मंसिर काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘पार्टनरसिप फर हेल्दी सिटिज’ (पहल) को सहकार्यमा महानगर क्षेत्रभर वायु गुणस्तर निगरानी उपकरण जडान सुरु गरेको छ । महानगरको मुख्य कार्यालयमा एक समारोहका बीच उपमेयर सुनिता डङ्गोलले सोमबार सो कार्यको औपचारिक उद्घाटन गरे । उपमेयर डङ्गोलले उपकरण जडान पश्चात वास्तविक तथ्याङ्क प्रयोग गरी सूचित नीतिहरू बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगरपालिकालाई सहयोग पुग्ने बताए ।उनले भने, “काठमाडौँमा वायु प्रदूषण घटाउन यो महत्वपूर्ण यात्राको सुरुवात हो ।” महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले वायु प्रदूषण विरुद्ध लड्न महानगरपालिकाको प्रतिबद्धताअनुसार उपकरण जडान थालिएको उल्लेख गरे । महानगरले छिट्टै सवारीसाधन प्रदूषण जाँच थालनी गर्ने तयारी गरेको तथा फोहोर जलाउनेलाइ कडा कारबाही गरिएको उनले जानकारी गराए । कार्यक्रममा परियोजना प्रमुख इन्...
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२५, मंसिर काठमाडौं । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार २०७५ सालदेखि हरेक वर्ष मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई मानवअधिकार पुरस्कार प्रदान गरिँदै आइएको छ । ‘मानव अधिकार पुरस्कार कोष सञ्चालन नियमावली, २०७५’ बमोजिम स्थापना भएको कोषबाट उक्त पुरस्कार दिँदै आइएको हो । यस वर्ष भने नियमावलीले तोकेको योग्यता र कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले पुरस्कार प्रदान नगरिने मन्त्रालयले स्पष्ट पारेको छ ।...
पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यका सहित देशभर जाडो बढ्यो

पश्चिमी वायुको प्रभाव : तापक्रम घट्दा काठमाडौं उपत्यका सहित देशभर जाडो बढ्यो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२५, मंसिर काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ । यस्तै...
सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

सार्क लोकतन्त्रको बडापत्र बनाउनुपर्छ : उपराष्ट्रपति यादव

अन्तर्राष्ट्रिय, ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४,मंसिर काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गुलाम सरवरले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् भेटमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको जानकारी उपराष्ट्रपतिको सचिवालयले दिएको छ । उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘तत्कालीन होनहार संस्थापक नेताहरुले हामीलाई सुम्पिएको जिम्मेवारी सजगता र सक्रियताका साथ निर्वाह गर्दै भावी पुस्तालाई शान्त र समृद्ध सार्क क्षेत्र हस्तान्तरण गर्न सक्नुपर्दछ ।’’ उपराष्ट्रपति यादवले सार्कका महत्वपूर्ण संयन्त्रहरूका बैठक नियमित आयोजना र १९ औं शिखर सम्मेलनको तदारुकताका साथ आयोजना गर्ने विषयको ठूलो महत्व रहेको उल्लेख गर्दै सार्कका संस्थागत निर्णयहरू कार्यान्वयन गर्न सदस्य राष्ट्रहरूको स...
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको साझा प्रतिबद्धता

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । भ्रष्टाचारविरुद्ध साझा प्रतिबद्धतासहित सुदूरपश्चिम प्रदेश सरकारले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस सोमबार मनाएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रमबिच दिवस मनाइएको हो । मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता बनौं, भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न र भ्रष्टाचारीलाई सामाजिक रुपमा बहिष्कार गरौं भन्ने प्रतिबद्धता गरिएको छ । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलगायतको उपस्थिति थियो ।...
झापा पुगेर प्रधानमन्त्री ओलीले भने ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु

झापा पुगेर प्रधानमन्त्री ओलीले भने ढुक्क हुनुस्, तपाईंहरूको नाम विश्वमा राख्छु

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, मंसिर, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । झापाको दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए । उनले झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’ साथै, उनले बाँदरलेजस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।...
रवि लामिछानेलाई पर्सा लगिंदै

रवि लामिछानेलाई पर्सा लगिंदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२४, मंसिर काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ । पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।