यो वर्ष एसईईको नतिजा २२ प्रतिशतले सुधार गर्छौँ स् प्रधानमन्त्री ओली
२, असोज काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको क्षेत्रमा पछाडि परेको बताएका छन्। राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीहरू शिक्षा क्षेत्रमा पछाडि परेको बताएका हुन।
हामी शिक्षा पछाडि परेका छौ। सीपमा पछाडि परेका छौ। खोज अनुसन्धानमा पछाडि परेका छौ। यसमा हामीले विशेष काम गर्नुपर्छ, प्रधानमन्त्री ओलीले भने। एसईईमा रहेको कमजोर नतिजा यो वर्ष नै करिब ७० प्रतिशतमा पुर्याउनेगरी काम भइरहेको बताए। ४८ प्रतिशतमा रहेको एसईईको पासदर यो वर्ष नै बढाएर ७० प्रतिशत पुर्याउनेगरी सरकारले काम थालेको बताए।...





