ताजा अपडेट

५०४ कुमारीको सामूहिक पूजा

५०४ कुमारीको सामूहिक पूजा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, भदौ काठमाडों । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरुको सामूहिक पूजा गरिएको छ । युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा सोमबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको हो । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा) को अवसर पारेर यो पूजा गरिएको हो । युवा विश्व हिन्दु महासङ्घको आयोजनामा १९औं पटक कुमारी पूजा भएको आयोजक राजन महर्जनले जानकारी दिए। ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन रहिआएको छ । ...
कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरी

कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरी

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३१, भदौ काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरी आयोजना गरेको छ ।वार्षिकोत्सवका अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ । कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुनः कोषको मुख्यालयमा पुगेर समापन भएको थियो ।कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएको छ । कोषमा हाल करिब पाँच लाख ७५ हजार सञ्चयकर्ता छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।प्रशासक धितालका अनुसार सञ्चयकोषमा रु पाँच खर्ब २९ अर्ब ६९ करोडसहित करिब रु छ अर्ब वित्तीय स्रोत ...
नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

ताजा अपडेट, वातावरण, समाचार
३१, भदौ चितवन । नारायणगढ(मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७: २० बजे ईच्छाकामना गाउँपालिका(६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो । सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०स्४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।...
आज संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री

आज संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३१, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । माओवादी केन्द्रले हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म अवरोध जारी राख्ने अडान राखेपछि हिजोको बैठक बस्दै नबसी स्थगित गरिएको थियो । यसैबिच, सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।...

सडक दुर्घटना नियन्त्रणका लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३१, भदौ काठमाडौं । नेपालको सडक सुरक्षामा क्रियाशील अभियानकर्ता र नागरिक अगुवाहरूले निरन्तर बढिरहेका सडक दुर्घटनाका घटनालाई दृष्टिगत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणको मुख्य विषयहरूमा सडक सुरक्षा ऐनको अनुमोदन, राष्ट्रिय सडक सुरक्षा रणनीतिको अनुमोदन र अधिकार सम्पन्न सडक सुरक्षा परिषद्को यथाशीघ्र गठन लगायतका देशको सडक सुरक्षाको दिगो समाधानका र केही तात्कालिक महत्वका बुँदाहरू रहेका छन् । गत असार २८ गते नारायणगढ–मुग्लिङ सडक खण्डमा गएको पहिरोमा दुईवटा यात्रुवाहक बस हराएका छन्, जसमा करिब ४० जनाभन्दा बढी यात्रुहरूको स्थिति अज्ञात छ ।त्रिशूली नदीले बगाएको ठानिएका दुवै बसहरू अझै भेटिएका छैनन् । देशैभरीका विभिन्न नयाँ एवम् पुराना सडक मार्गहरूमा सडकको अवस्था बिग्रेका कारण यातायात अवरुद्ध भएका, दुर्घटना भएका वा जोखिमपूर्वक यात्रा गर्न बाध्यता रहेको स...
आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३१, भदौं भक्तपुर । भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता) का रूपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । भाद्रशुक्ल त्रयोदशी अर्थात् दोस्रो दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ ९विश्राम० भनी मान्ने प्रचलन रहेको छ । भाद्रशुक्ल चतुर्दशी अर्थात् तेस्रो दिन साँझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसँग जात्रा गरी सिद्धपोखरीम...
नारायणघाट(मुग्लिन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

नारायणघाट(मुग्लिन सडक भासियो, एकतर्फी यातायात सञ्चालन

ताजा अपडेट, वातावरण, समाचार
३१, भदौ भरतपुर । नारायणगढ(मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरु भएको बताइएको छ ।...
जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

जसपा अध्यक्ष यादवद्वारा मुस्लिम धर्मावलम्बीलाई शुभकामना

ताजा अपडेट, राजनीति, समाचार
३१, भदौं काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन् । ‘यस पर्वले सबै समुदायबिच आपसी भाइचारा र सद्भाव कायम राख्दै राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउने विश्वास लिएको छु,’ उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि आज बिदा दिने भएको छ ।...
सञ्चार सचिव अर्याल र चलचित्र बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता

सञ्चार सचिव अर्याल र चलचित्र बोर्डका अध्यक्ष डिसीबीच कार्यसम्पादन सम्झौता

कला, ताजा अपडेट, वातावरण, समाचार
३१, भदौ काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच कार्य सम्पादन सम्झौता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा सचिव अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरूको सम्झौता भएको हो । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरू आदि समावेश रहेका छन् ।उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्ग निर्देशन समेत गरिएको थियो । सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माण देखी मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरू समेटिएका छन् ।सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष डिसीले आगामी ६ महिनामा कार्यअवस्थाको प्रारम्भिक प्रतिवेदन बुझाउने प्रतिबद्धत...
आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीलाई बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, वातावरण, समाचार
३१ भदौ, काठमाडौं । सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।‘ मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।...