३१, भदौ काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बैठक साँझ ५ बजे बस्नेछ ।
आजको बैठकमा स्रोतका अनुसार प्रधानन्यायाधीश सिफारिसका विषयमा छलफल हुने छ ।
शुक्रबार पनि संवैधानिक परिषद्को बैठक बसेको थियो। प्रधानन्यायाधीश सिफारिसबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न सकेको थिएन।
भदौ ३१, २०८१, ०७:१५ मा प्रकाशितभदौ ३१, २०८१, ०७:१५ मा प्रकाशितभदौ ३१, २०८१, ०७:१५ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३१ भदौ,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०र०८१मा कुल २०१ थान मुद्दा दायर गरेको छ । यसरी दायर भएका मध्ये ७८ थान मुद्दा स्थानीय सरकारमा भएको भ्रष्टाचार सम्बन्धी छ।
अख्तियारले एक हजार ५४५ जनालाई विपक्षी बनाएको छ भने ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ माग दाबी गरेको छ । यीमध्ये स्थानीय सरकारका ४५६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियारका अनुसार स्थानीय सरकार प्रमुख अध्यक्ष र नगरप्रमुख २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अन्य मुद्दामा प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, खरिदार, वडा अध्यक्ष, ठेकेदार र इन्जिनियर, ओभरसियर र उपभोक्ता समितिका सदस्यसम्मलाई विपक्षी बनाइएको छ ।यीमध्ये केही मुद्दामा विशेषले फैसला सुनाएको छ भने केही विचाराधीन छन् ।
२०८१ जेठ २१ गते अख्तियारले ललितपुरको गोदावरी नगरपालिका बहालवाला मेयरसमेत १४ जनाविरुद्ध भ्रष्टा...
भदौ ३१, २०८१, ०७:०८ मा प्रकाशितभदौ ३१, २०८१, ०७:०८ मा प्रकाशितभदौ ३१, २०८१, ०७:०८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३१ भदौ,काठमाडौं ।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोर गएका छन् ।गत मंगलबार बैंगलोर पुगेका साह भोली मंगलबार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन उनी त्यहाँ गएका हुन् ।मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ ।
प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ ।उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् ।
तर मेयर बालेनले बैंगलोरबाटै प्रधानमन्त्री ओलीलाई गालीगलौज गर्दै स्टाटसहरु लेखिरहेका छन् ।...
भदौ ३१, २०८१, ०७:०१ मा प्रकाशितभदौ ३१, २०८१, ०७:०१ मा प्रकाशितभदौ ३१, २०८१, ०७:०१ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३१ भदौ,काठमाडौं ।सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिने भएको छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी बिदा दिइएको जनाएको छ ।
‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।...
भदौ ३१, २०८१, ०६:५६ मा प्रकाशितभदौ ३१, २०८१, ०६:५६ मा प्रकाशितभदौ ३१, २०८१, ०६:५६ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३१ भदौ, काठमाडौं । काठमाडौं । देशभरिका सामुदायिक रेडियोहरूको छाता सङ्गठन, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब नेपालको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
ललितपुरमा आयोजित अकोराबको १८ औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनले अर्जुन गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको निर्वाचन समितिका संयोजक सुवोधबाबु चिलुवालले जानकारी दिए ।
अकोराबको वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, उपाध्यक्षहरुमा खेमकुमारी पोखरेल, मिलन गाहा, नविननरसिंह नेपाली र गोपाल बराइली, महासचिवमा बन्दना दनुवार, सविचमा भक्त स्याङ्तान र कोषाध्यक्षमा तुला अधिकारी निर्वाचित भएका छन् ।
यस्तै, केन्द्रीय सदस्यहरुमा पदम सुवेदी, अच्युत पौडेल, बलराम श्रेष्ठ, नविनराज पौडेल, कमला कँडेल, उर्वशी बस्न्यात, गिता चिमोरिया, हेमन्तबहादुर बिके निर्विरोध निर्वाचित चयन भए ।
केन्द्रीय लेखा समिति संयोजकमा सङ्गीत बस्याल, सदस...
भदौ ३०, २०८१, २३:५७ मा प्रकाशितभदौ ३०, २०८१, २३:५७ मा प्रकाशितभदौ ३०, २०८१, २३:५७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
सीता पौडेल(अर्चना)
३० भदौ,काठमाडौं ।
उपत्यकाका नदी किनारामा थप २० मिटर छोड्नुपर्ने सर्वोच्चको फैसलाप्रति असहमति जनाएर पुनरावलोकनको माग गर्दै आएको नेकपा (एमाले) तारकेश्वरले नगर प्रमुख(मेयर) कृष्णहरि महर्जन समक्ष ६ हजार ४ सय ८५ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ।
आज आइतबार एमाले तारकेश्वर नगर कमिटिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजु तिमिल्सिना,पूर्व मेयर रामेश्वर बोहरा,११ वटै वडा कमिटि,प्रदेश कमिटि, क्षेत्रीय कमिटि लगायत एमाले तारकेश्वरका विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरु र प्रभावितहरु गरि करिब एक सय जनाभन्दा बढीको उपस्थितिमा नगरपालिका मै गएर मेयर महर्जन समक्ष सो हस्ताक्षर संकलनसहित ज्ञापनपत्र बुझाएको नेकपा एमाले प्रदेश कमिटि सदस्य एवं तारकेश्वर नगर कमिटिका इन्चार्ज सिताराम रेग्मीले बताए।
उनले उपत्यकाका नदी किनारमा सरकारले तोकेको मापदण्ड...
भदौ ३०, २०८१, १४:३३ मा प्रकाशितभदौ ३०, २०८१, १४:३३ मा प्रकाशितभदौ ३०, २०८१, १४:३३ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, भदौ काठमाडौं । प्रतिनिधिसभाको गतिरोध हटाउने विषयमा सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुलाई बैठकमा बोलाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदको अवरोध कायमै राख्ने संसदीय दलको निर्णय जानकारी गराएका छन् ।
सभामुख घिमिरेले भने संसद सचिवालयको राय, विगतको अभ्यास सबै हेरेर आफूले निर्णय लिएको बताएका छन् ।एमाले सचिव योगेश भट्टराईले १२ भदौको बैठकमा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद सुरु भएको थियो । माओवादीले त्यहीबेला विरोध गरेपछि सभामुख घिमिरेले अध्ययन संसद सचिवालयलाई रुलिङ गरेका थिए ।...
भदौ ३०, २०८१, १४:२७ मा प्रकाशितभदौ ३०, २०८१, १४:२७ मा प्रकाशितभदौ ३०, २०८१, १४:२७ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, भदौ काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् ।
आइतबार बिहान राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आयोजित सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले सुरक्षा निकायलाई समय अनुकूल थप सुदृढ तथा सबल बनाउन विद्यमान ऐन, कानुन परिमार्जन गर्न विधेयकको काम अघि बढेको बताएका हुन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अघि बढाइएको जानकारी दिँदै गृहमन्त्री लेखकले राज्य र जनताको सेवा तथा सुरक्षाका निम्ति सीमा सुरक्षा, मुलुकको आन्तरिक सुरक्षा व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा पुर्याएको योगदानका कारण सरकारको भरोसाको केन्द्रका रूपमा सुरक्षा निकाय रहेको बताए ।
राज्यको आन्तरिक व्यवस्थामा सशस्त्र प्रहरी...
भदौ ३०, २०८१, १४:२२ मा प्रकाशितभदौ ३०, २०८१, १४:२२ मा प्रकाशितभदौ ३०, २०८१, १४:२२ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, भदौं चितवन । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षारोपण गरिएको हो ।
जिल्लाका विभिन्न सङ्घ संस्थाले सो क्षेत्रफलमा गत वर्ष बहु वर्षीय र सिजनल बिरुवा रोपेका हुन । डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार सो क्षेत्रफलमा एक लाख ३८ हजार चार सय ८६ बिरुवा रोपिएको छ । त्यसमध्ये ६६ हजार पाँच सय सिजनल बिरुवा हुन भने ७१ हजार नौ सय ८६ बहु वर्षीय बिरुवा रहेका छन् ।
बहु वर्षीय बिरुवा आर्थिक वर्ष २०७८ र ७९ देखि उत्पादित बिरुवा हुन् । त्यसमा म्याङगोस्टिङ्ग, वीरेन्द्रफूल, कपुर, धुपी, रानीवेल, श्रीखण्ड, अम्बा, कागती, रक्तचन्दन, निम, तेजपत्ता, राजवृक्ष जस्ता बिरुवा वितरण गरिएको उनले जानकारी दिए । पौडेलका अनुसार डिभिजन वन कार्यालयअन्तर्गत सिजनल बिरुवा १६ हजार पाँच सय र जिल्ला वन पैदावार आपूर्ति समितिको बजेटबा...
भदौ ३०, २०८१, १४:१८ मा प्रकाशितभदौ ३०, २०८१, १४:१८ मा प्रकाशितभदौ ३०, २०८१, १४:१८ मा प्रकाशित by सगरमाथा प्रेसNo Comments
३०, भदौ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०र८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेको हो ।
वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे ।
यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए ।
राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नि...