ताजा अपडेट

इन्जिनियर्स एशोसिएसन गण्डकीमा लोकतान्त्रिक समुह विजयी

इन्जिनियर्स एशोसिएसन गण्डकीमा लोकतान्त्रिक समुह विजयी

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
३०, भदौ काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकीको सभापतिमा लोकतान्त्रिक समुहका इ।सन्तोष जिसी निर्वाचित भएका छन् । निर्वाचनमा जिसीले ५ सय ९२ मत प्राप्त गरी सभापतिामा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिशिल समुहका इ।महेन्द्रबहादुर गोदारले ४ सय ७६ मत पाए । एशोसिएसनको ३४औं केन्द्रिय तथा तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन शुक्रवार भएको थियो । निर्वाचनमा लोकतान्त्रिक समुहको प्यानल नै विजयी भएको छ । एशोसिएसन गण्डकीको उपसभापतिमा इ.विशाल थापा ६६८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी इ. कृष्ण रिजालले ३९० मत ल्याए । सचिवमा इ। निरोज लामिछाने ६०६ मत सहित विजयी भए भने प्रतिद्वन्द्वी इ.आनन्द भट्टराईले ४४२ मत पाए । सहसचिवमा मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भइन् । उनका प्रतिद्वन्द्वी अस्मिता खनालले ५२१ मत पाइन् । कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित निर्वाचित भएका छन् भने ...
कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

कुपण्डोलको भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, भदौं काठमाडौं । शनिबार अपराह्न कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारीसाधन सञ्चालन भएका छन् । आइबार बिहान ९ बजेदेखि सवारीसाधनका लागि सडक खुला भएको हो ।” मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर सडक भासिएको थियो । शनिबार साँझदेखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले फुटेको पाइप मर्मत थालेसँगै सडक डिभिजन कार्यालय पनि सडक मर्मतमा जुटेको थियो । मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयका सुपरभाइजर निराजन पाण्डेले बताए ।...
त्रिशूली नदीमा ट्रक खस्यो

त्रिशूली नदीमा ट्रक खस्यो

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
३०, भदौ नारायणगढ । भरतपुर २९ मा पर्ने सिमलताल नजिकै ट्रक दुर्घटनामा परेको छ । सिमराबाट काठमाडौँ जाँदै गरेको मालवाहक ना ६ ख ६२८३ नम्बरको ट्रक नारायणगढ मुग्लिङ सडकको सिमलताल नजिकैबाट त्रिशूली नदीमा खसेको हो । ट्रक त्रिशूली नदीको किनारमा खसे पनि पानीमा भने पुगेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार दुर्घटनाग्रस्त ट्रकका चालक सह चालक अहिलेसम्म सम्पर्कमा छैनन् । सो सडकमा अन्य यात्रु भए नभएको पनि खुल्न सकेको छैन । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारको काम जारी राखेको छ ।...

साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै छु : प्रधानमन्त्री

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३०, भदौ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल भइरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले मोबाइल बैङ्किङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै यसप्रति सरकारको ध्यानाकर्षण भएको बताएका हुन् ।...
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
३०, भदौ काठमाडैं । सुनको मूल्यले नयाँ रेकर्ड बनाउएको छ । आइतबार सुन प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आजका लागि सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १८६० रुपैयाँ रहेको चाँदी आज १९०० कायम भएको छ ।...
ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

ताजा अपडेट, वातावरण, समाचार
३०, भदौ काठमाडौं । ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो । भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।...
आजको मौसम  : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
३०, भदौ काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू(भागको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । कोशी, बागमती र गण्डक...
ललितपुरको कुपण्डोलमा सडक भासियो

ललितपुरको कुपण्डोलमा सडक भासियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२९ भदौ, काठमाडौं । ललितपुरको कुपण्डोलमा शनिबार सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको थियो । के कारणले सडक भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ । सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेका छन् ।...

देश र जनताका निम्ति काम गरौँ : उपराष्ट्रपति

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
२९, भदौ नवलपरासी । उपराष्ट्रपति रामसहाय यादवले धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक भएको बताएका छन् । शनिबार पश्चिम नवलपरासीमा १४९९औँ मोहम्मद जयन्तीका अवसरमा आयोजित राष्ट्रिय एकता एवम् पैगामे अमन सम्मेलनमा उहाँले धर्मभन्दा माथि उठेर जनता र देशका लागि काम गर्नुपर्नेमा जोड दिए। उपराष्ट्रपतिले भने, “सामाजिक कार्य र धार्मिक उत्सवहरूमा सक्रिय सहभागिता र अन्तरघुलन बढाउन जरुरी छ । कुनै पनि धर्मको मूलमन्त्र मानवता, प्रेम, सद्भाव, सहिष्णुता र सहयोग अभिवृद्धि गर्नु हो ।” देशमा शान्ति तथा अमनचयन कायम गर्न दया, करुणा, इमान्दारी, परोपकारी भाव एवम् व्यवहार आवश्यक पर्ने उहाँले बताउनुभयो । अनेकतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै यो विविधतालाई अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए।...
भाडाकै घरमा बागलुङका पाँच पालिका

भाडाकै घरमा बागलुङका पाँच पालिका

ताजा अपडेट, वातावरण, समाचार
२९, भदौ बागलुङ। बागलुङका पाँच स्थानीय तह भाडाकै घरबाट सञ्चालन हुँदै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाकै घरबाट काम गर्दै आएका हुन् । विसं २०५३ मा स्थापना भएको बागलुङ नगरपालिकाले वडा नम्बर ३ रातमाटामा पक्की भवन निर्माण गरे पनि अहिले वडा नम्बर २ स्थित कृषि ज्ञान केन्द्रको कार्यालय मार्फत् सेवा प्रवाह गर्दै आएको छ ।जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाले जग्गा व्यवस्थापन गरी भवन निर्माण थाले पनि काठेखोला गाउँपालिकाको जग्गा व्यवस्थापनमै अल्झिएको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि केही पालिकाले पहिलो कार्याकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले दोस्रो कार्यालयमा आफ्नै प्रशासकीय भवन निर्माण गरी सेवा दिन थालेका छन् ।निसीखोला, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाले पहिलो कार्यकालमै भवन निर्माण गरेका थिए भने बडिगाड गाउँपालिकाले दोस्र...