ताजा अपडेट

एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । यसअघि बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेन्डा तय गरेको थियो ।...
दुर्घटना एकदमै बढ्यो, घटाउनुपर्‍यो : गृहमन्त्री लेखक

दुर्घटना एकदमै बढ्यो, घटाउनुपर्‍यो : गृहमन्त्री लेखक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँमा काम गर्नुपर्ने बताएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा सरोकारवालाहरुसँग भएको छलफलमा गृहमन्त्री लेखकले दिनमा ७ जनाको मृत्यु हुनु चिन्ताको विषय भएको बताए । यातायात व्यवसायीलाई दक्ष सवारी चालक राख्न आग्रह गर्दै उनले भने, ‘दुर्घटना एकदमै बढ्यो । सडक सुरक्षा परिषद, सडक विभाग, मन्त्रालय, प्रहरीका साथीलाई भन्न चाहन्छु, आगामी २–३ महिनामा दुर्घटना कम भएको देखिनुपर्छ ।’ घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाडपर्वमा विशेष व्यवस्था मिलाउन समेत निर्देशन दिए । ‘काउन्टर खोलेर टिकट वितरण गर्नुका साथै रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ’, उनले भने ।...
एएफसी वुमन्स च्याम्पियन्स लिगबाट बाहिरियो एपीएफ

एएफसी वुमन्स च्याम्पियन्स लिगबाट बाहिरियो एपीएफ

खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
१३ भदौ, काठमाडौं । एएफसी वुमन्स च्याम्पियन्स लिग प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको एपीएफ क्लबले मलेसियन क्लब सबाहसँग बराबरी खेलेको छ । कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । बराबरीपछि एपिएफ समूह प्रारम्भिक चरणबाटै बाहिरिएको छ ।
कार्यालय प्रमुखसहित चार कर्मचारी नभएपछि कार्यसम्पादनमा समस्या

कार्यालय प्रमुखसहित चार कर्मचारी नभएपछि कार्यसम्पादनमा समस्या

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३ भदौं, बागलुङ । बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि कार्यालय प्रमुखविहीन छ । यस कार्यालयमा प्रमुखसहित चार जनाको पद रिक्त छ । प्रमुख तथा योजना प्रमुख नै नहुँदा कार्यालय सञ्चालनमै समस्या आएको छ । कार्यालय प्रमुखसहित नौ जनाको दरबन्दी रहेको कार्यालयमा हाल चार जनाको पद खाली हुँदा कार्यसम्पादनमा समस्या भएको निमित्त कार्यालय प्रमुख कृष्णहरि शर्माले बताए । नौ जनाको दरबन्दीमा रहेको कार्यालयमा हाल दुई जना कार्यालय सहयोगी र फाँट सञ्चालन गर्ने तीन जना कर्मचारी मात्रै रहेकाले समस्या भएको उनको भनाइ छ । “कार्यालयले गत आर्थिक वर्षमा ६१ योजना सम्पन्न गरेको थियो । चालु आवका लागि एक सय ४२ योजना छनोट गरिएका छन् । तीन जना कर्मचारीले कसरी काम गर्नु”, शर्माले भने,“प्रशासन, लेखा र एक प्राविधिक मात्रै हुँदा योजना कार्यान्वयनमा समस्या छ, बिदा बस्दा कार्यालय सञ्चालनमै समस्या हुन्छ, एउटा प्राविधिकले...
शंखमुलको पुल हाउसका सञ्चालक राईको हत्या गर्ने पक्राउ

शंखमुलको पुल हाउसका सञ्चालक राईको हत्या गर्ने पक्राउ

अपराध, ताजा अपडेट, समाचार
१३ भदौं,काठमाडौं ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१० शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौं,१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्। यही भदौ १० गते शंखमुल साईबाबा पार्कस्थित रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ आरोपी फरार भएको र राति मृत्यु भएको थियो। पक्राउ परेका निज एमकेको कोठाबाट घटनामा प्रयोग गरिएको रड एक थान, मृतक रुपकको चेक, चस्मा,झोला, लुगालगायतका सामान फेला पारी बरामद गरी नियन्त्रणमा लिई प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१३ भदौं, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८० पेस गर्ने कार्यसूची छ । त्यस्तै सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्गठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनीयता बढाउन आवश्यक भएको’ विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।...
आज दिउँसो एमालेको सचिवालय बैठक बस्दै

आज दिउँसो एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
१३ भदौ,काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुने बताइएको छ । बैठकले तेस्रो चरणको पार्टीका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको एमालेको सचिवालयले जनाएको छ ।
अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध

अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बिशेष, समाचार
१३ भदौं,काठमाडौं ।अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाएको छ। गैर–इस्लामिक भन्दै मार्शल आर्टमाथि प्रतिबन्ध लगाएको खेल प्राधिकरणले जनाएको छ। खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन्। ‘यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्’, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ।’ खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
१३ भदौं,काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेका कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली भइरहेको छ । आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राती पनि कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ।भने, बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।...
श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

ताजा अपडेट, बिशेष, समाचार, स्थानीय, स्वास्थ्य
१३ भदौं,काठमाडौं।काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ। प्राविधिक विश्लेषण प्रतिवेदनका अनुसार गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको निरीक्षण अधिकृत डा. अवधेश झाले जानकारी दिएका छन्। तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्रतिवेदनका आधारमा जरिवाना गरिएको अधिकृत झाले बताए। तेलमा प्रयोग हुने सम्पूर्ण कच्चा पदार्थ (तेल तथा जडीबुटी) हरुको प्रयोगशालामा परीक्षण गरेको प्रतिवेदन अपुरो पेश भएको छ।सबै उत्पादनमा एउटै ब्याच नम्बर राखिएको छ।उक्त ब्याचको उत्पादनहरूमा प्रयोग हुने केही कच्चा पदार्थको प्रयोग म्याद भन्दा कम देखिएको महानगरपालिकाले जनाएको छ। तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको व...