ताजा अपडेट

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ : मन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१३, भदौ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताएका छन् । । अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस स्वतन्त्रता बलियो रहेको धारणा राखे । “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उनले भने , “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।” सिङ्गारपुर र मलेसिया जस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्नुहुँदै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिए। यसै अनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ सञ्चालन गर्ने ...
नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण

नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएकोमा पनि उनले विषय उठान गरे । साथै सी चेकका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर उने प्रश्न गरे । ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै सञ्चालितहरूलाई पोस्न सेटिङ त गरिएको छैन‚’ उनले भने ।...
विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप छैन : शिक्षामन्त्री

विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप छैन : शिक्षामन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१३ भदौ, काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीबाट कुनै हस्तक्षेप नभएको दाबी गरेकी छन् । संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भट्टराईले प्रधानमन्त्रीबाट कुलपतिका हैसियतले निर्देशन दिनेबाहेक अन्य कुनै पनि हस्तक्षेप नभएको बताइन्  । ‘मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेप गर्न गुहारेको छैन’, कानुन बमोजिम कुलपति र सहकुलपतिको हैसियतले आवश्यक निर्देशन दिने काम संयुक्त रुपमा गर्ने गरेको भन्दै उनले भनिन् ।...
नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न एमाले सांसद किरणकुमार साहको माग

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न एमाले सांसद किरणकुमार साहको माग

ताजा अपडेट, राजनीति, समाचार
१३ भदौ,काठमाडौं ।नेकपा (एमाले) का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन्। आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएको भन्दै यसलाई संशोधन गरी हिन्दु राष्ट्र कायम गर्न माग गरे। उनले भने, ‘हाम्रो सामु प्रश्न खडा भएको छ।हामीले सोचेका थियौँ, हाम्रो संविधानसभामार्फत आफैँ लेख्यौँ।सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने।तर,यो संविधानले न त उन्नति नै दिइराखेको छ।न त पहिचान नै। त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।’उनले भने।...
भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु

भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१३ भदौ, काठमाडौं । भक्तपुरमा आफ्नै घरबाट लडेर एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका(२ दुवाकोटमा स्थानीय विष्णु वैद्यको आफ्नै साढे तीन तले घरको छतबाट लडेर मृत्यु भएको हो । बुधबार साँझ पौने ६ बजे छतबाट धानखेतमा खसेका उनी गम्भीर घाइते भएका थिए । त्यसपछि उपचारका लागि भक्तपुर अस्पता लगिएको र चिकित्सकले साँझ ६ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।...
म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्देको विकासका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी विकास निर्माणका लागि ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) सम्बद्ध तनहुँका युवा प्रतिनिधि मण्डलले बुधबार प्रधानमन्त्री ओलीसँग भेट गरी म्याग्दे गाउँपालिकाको विकासका लागि प्रधानमन्त्रीसँग विभिन्न मागहरू पेश गरेका हुन् । नेकपा (एमाले) तनहुँ जिल्ला कमिटी सदस्य एवं म्याग्देका युवा नेताहरू बसन थापा, शङ्कर रानभाट, सुरेन्द्र अधिकारी, निर्मला वाग्लेलगायतका युवा सम्मिलित युवा प्रतिनिधि मण्डलले प्रधानमन्त्री ओलीसँग म्याग्दे गाउँपालिका–३ र ऋषिङ गाउँपालिका–७ जोड्न सेती नदीमा पक्की पुल, म्याग्दे गाउँपालिका वडा नम्बर २ मा सांस्कृतिक सङ्ग्रहालय र मुल बाराही मन्दिर निर्माणका लागि बजेट व्यवस्था गरिदिन अनुरोध गरेका हुन् ।...
तडकभड नगरी तीज मनाउन काठमाडौं प्रशासनको आग्रह

तडकभड नगरी तीज मनाउन काठमाडौं प्रशासनको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ । प्रशासनले बिहीबार एक सूचना जारी गरेर तडमभडकसहित खर्चिला कार्यक्रम नगर्न आग्रह गरेको हो । ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचनामार्फत् भनेको छ ।...
सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ : मन्त्री भट्टराई

सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ : मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘सीटीईभीटीलाई पुनर्संरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि कम्तिमा सीटीईभीटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ ।...
जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण माग

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१३ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ । जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ ९२० बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले यही भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण माग गरेको थियो ।...
एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको आज शपथ ग्रहण हुँदैछ । शपथलगत्तै केन्द्रीय कमिटी बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ । अहिले बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा भेला हुन पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूलाई भनिएको छ । उपाध्यक्ष जगन्नाथ खतिवडाले बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी रहेको बताएका छन् । खासगरी पदाधिकारी र पोलिटब्युरोमा चुनावी प्रतिस्पर्धा गरेका तर पराजित भएकाहरूलाई व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ ।  ...