ताजा अपडेट

आज राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

आज राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१४, भदौ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौँमा बस्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९स्३० बजे बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारण दिनेछन् । पार्टीलाई सफल, सक्षम र मजबुत बनाउन बैठकको आयोजना गरिएको हो । चौतीस वर्षको इतिहासमा यो बैठक पहिलो पटक गर्न लागिएको हो ।” सल्लाहकार समितिको अध्यक्षमा पार्टीका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा छन् । उक्त बैठकमा पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरूको पनि सहभागिता रहने प्रवक्ता श्रेष्ठले ब...
पुनर्निर्माण सम्पन्न भएर सञ्चालन नहुँदै भासियो पशुपतिनाथको महास्नान घर

पुनर्निर्माण सम्पन्न भएर सञ्चालन नहुँदै भासियो पशुपतिनाथको महास्नान घर

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१४, भदौ काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले आंशिक क्षतिग्रस्त पशुपति क्षेत्रको महास्नानघर पुनःनिर्माण सम्पन्न भएर सञ्चालन नहुँदै भासिएको छ ।आंशिक क्षतिग्रस्त महास्नानघर नेपाल इन्भेष्टमेन्ट बैंकले जीर्णोद्वार गरेको थियो । बैंकले जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महास्नानघर भासिएपछि चालु आर्थिक वर्षमा पुनःनिर्माणका लागि बजेट व्यवस्थापन गरिएको कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए । महास्नानघरको भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो । भवन भासिएपछि प्रहरीलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ । महास्नानघर निर्माणकालमा चौघेरा सत्तल एकैपटक नबनेका कारण भासिएको हुन...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१४, भदौ काठमाडौं । शुक्रबार मनसुनी वायुको प्रभावले देशभर आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।...
प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा स्वजागरण कार्यक्रम हुँदै

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा स्वजागरण कार्यक्रम हुँदै

जीवनशैली, ताजा अपडेट, बिशेष, मनोरन्जन, शिक्षा, समाचार, स्वास्थ्य
१४ भदौ,काठमाडौं ।जीवन विज्ञान प्रतिष्ठान नेपालले आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ध्यान,योग र अध्यात्मको ‘स्वजागरण ’कार्यक्रम आयोजना गरेको छ।प्रतिष्ठानले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वजागरण कार्यक्रम आयोजना गर्ने जानकारी दिएको हो। प्रतिष्ठानले राष्ट्रिय प्रहरी प्रतिष्ठान महराजगञ्जमा आयोजना हुने स्वजागरण कार्यक्रममार्फत योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माण हुने विश्वास लिएको छ । योग र ध्यानको स्वजागरण अभियान अन्तर्गत दुवै सदनका सम्पूर्ण सांसदहरूका लागि उक्त कार्यक्रम गर्न लागेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, मन्त्री र दुवै सदनका सांसदहरूको सहभागिता रहने उल्लेख गरिएको छ ।  नेपालमा स्थापना भएको सो...
चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

कला, ताजा अपडेट, ब्यानर-२, मनोरन्जन, समाचार
मनिषा गुरुङ १४ भदौं,काठमाडौं ।चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । फिल्म निर्देशक,अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि परिचित छन् ।चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर पनि हुन् । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि सगरमाथा प्रेससँग कुरा गर्दै उनले फिल्मको बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने,नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा गर्न भूमिका खेल्ने बताए । बोर्डको अध्यक्ष पदकालागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो। बोर्डको बोर्डको अध्यक्ष पदका लागि अ...
मुख्य सचिवमा स्याङ्जाको पुतलिबजारका एकनारायण अर्याल नियुक्त

मुख्य सचिवमा स्याङ्जाको पुतलिबजारका एकनारायण अर्याल नियुक्त

कानुन, ताजा अपडेट, ब्यानर-१, समाचार
१४ भदौ,काठमाडौं ।सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण आज शुक्रबार अवकाश पाउँदैछिन् ।गड्तौलाले आज नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुदैछिन् । २०२४ मंसिर १० मा स्याङ्जाको पुतलिबजारमा जन्मिएका अर्याल मुख्यसचिव नियुक्त भएको अवस्थामा ५८ वर्षे सेवा अवधिका कारण बढीमा एक वर्षसम्म मुख्यसचिवको जिम्मेवारीमा रहनेछन् । अर्याल मुख्यसचिव नियुक्त नभएको भए ५ वर्षे सचिवको कार्यकालबाट ६ महिनापछि आगामी फागुन १८ गते अनिवार्य अवकाशमा जाने थिए । अर्यालले मुख्यसचिवको जिम्मेवारी १५ महिना पुरा गरेर आगामी २०८२ मंसिर २४ गते अनिवार्य अवकाश पाउनेछन् अर्यालले रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधान एवम...
एकीकृत समाजवादीको वरिष्ठ नेतामा बस्नेत,भुसाल र हमाल मनोनीत

एकीकृत समाजवादीको वरिष्ठ नेतामा बस्नेत,भुसाल र हमाल मनोनीत

ताजा अपडेट, राजनीति, समाचार
१३ भदौ,काठमाडौं।नेकपा (एकीकृत समाजवादी)ले घनेन्द्र बस्नेत,बेदुराम भुसाल र प्रमेश हमाललाई बरिष्ठ नेता मनोनीत गरेको छ। बिहीबार बसेको केन्द्रिय समिति बैठकले यसअघि उपाध्यक्ष रहेका तीनै जनालाई वरिष्ठ नेता मनोनीत गरेको हो।नेताहरुले राजेन्द्र पाण्डेलाई निर्विरोध वरिष्ठ उपाध्यक्ष चयन गर्न बस्नेतको उम्मेदवारीभने फिर्ता गराएका थिए। उम्मेदवारी फिर्ता गराउँदा नै बस्नेतलाई वरिष्ठ नेताको वचन दिइएको थियो ।त्यसैअनुसार बस्नेत,भुसाल र हमाललाई वरिष्ठ नेता मनोनीत गरिएको सो पार्टीले जनाएको छ।...
चाडपर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिनु : गृहमन्त्री

चाडपर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिनु : गृहमन्त्री

जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
१३ भदौं,काठमाडौं ।गृहमन्त्री रमेश लेखकले उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीहरूको सरल र सहज पहुँच प्रदान गर्नेगरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। बिहीवार मन्त्रालयमा चाडबाड नजिकिँदै गर्दा हुने ठगीका घटनाहरुको बारेमा जानकारी लिँदै उनले नागरिकलाई सहज पहुँच विस्तार गर्नेगरी परिणामुखी भइ आवश्यक व्यवस्था गर्न सम्बन्धित सरोकारवाला निकायसँग आग्रह गरे। उपभोक्तालाई चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको सरल र सहज पहुँच हुनुपर्ने र त्यसको ग्यारेन्टी सरकारले गर्नु जरुरी रहेको भन्दै गृहमन्त्री लेखकले नागरिकले सहज र सरल रुपमा उपभोग्य वस्तुहरु पाएको महशुस हुनेगरी परिणममुखी काम गर्न निर्देशन दिए। उनले बजारमा कृत्रिम अभाव हुन नदिन,मूल्यवृद्धि नियन्त्रण गर्न,अखाद्यवस्तुहरू चाडबाडको बेलामा बिक्री हुन नदिन पनि उच्च निगरानी गर्न निर्देशन दिए।...
एमालेको पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते, आजको बैठकले के के ग¥यो निर्णय ?

एमालेको पोलिटब्यूरो बैठक भदौ १८ र १९ गते, आजको बैठकले के के ग¥यो निर्णय ?

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१३ भदौं,काठमाडौं। नेकपा एमालेको सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ। आजको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता विस्तार अभिलेखीकरण र नविकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए। एमालेले ११ जिल्लाका बाँकी अधिवेशन गरेर थप व्यवस्थित गर्ने,पार्टी प्रवेश र जिम्मेवारीबिहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने,हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने,कमिटीहरु विधिसम्मत ढंगले सञ्चलन गर्ने लगायतका निर्णय गरेको उपमहासचिव ज्ञवालीले बताए। बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने,केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरुमा सात वटा स्थायी पार्टी स्कुलहरु सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दिक्षित हुने ढंगले पार्टी स्कुलको...
प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१३ भदौँ,  काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको बिहीबार अनावरण गरेका छन् । । ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमा एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो । अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।...