ताजा अपडेट

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

ताजा अपडेट, वातावरण, समाचार
१४, भदौ सर्लाही । सर्लाहीको चुरे क्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन् । निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका(२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन् । चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए । खानेपानीको सुविधा नहुँदा खोलाको पानी पिउनु परेको स्थानीय नवराज मैनालीले बताए। “पानीको कुनै विकल्प थिएन, १५ वर्षदेखि पानी खान पाइन्छ कि भन्ने आशामा थियौँ, घरघरमै धाराबाट पानी आउन थालेपछि भने सुविधा भएको छ”, उनले भने। यसभन्दा पहिले वर्षामा खहरे खेलाको धमिलो पानी पिउने गरेको अर्का स्थानीय पशुपति शर्माले सुनाए । हिउँदमा खोला समेत सुक्दा पानीको चरम अभाव भएको उनले बताए । तर अहिले भने घरघरमै खानेपानीको धाराबाट पानी झरेपछि स्थानीय हर्षित भएका छन् । संघीय सरक...
नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या

ताजा अपडेट, वातावरण, समाचार
१४ भदौ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारी कर्मचारी हुन् । आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले प्रकाश यादवलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।...
प्रहरी ऐनको मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ : गृहमन्त्री

प्रहरी ऐनको मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ : गृहमन्त्री

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, भदौ. ।काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भएर अर्थ मन्त्रालयमा पठाएको बताएका छन् । शुक्रवार मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘मस्यौदा गृहबाट पारित भएर अर्थमा गएको छ, चाँडो संसदमा प्रस्तुत गर्ने योजना छ । ’ केपी ओली नेतृत्वको मन्त्रिपरिषद् गठन भएको १ सय दिनमा प्रहरी ऐन संसदमा दर्ता गर्ने उनले बताएका छन् । उनले भने, ‘हामीले यो काम १ सय दिनमा पुरा गर्छौँ ।’निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरेर एउटै कानुन बनाउने प्रक्रिया अघि बढेको लेखकले बताए ।...
प्रधानमन्त्रीद्वारा हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्रीद्वारा हाइड्रोजन कारको शुभारम्भ

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१४, भदौ  धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलोपटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो । कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग हुने बताए ।...
यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१४, भदौ काठमाडौं । यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ । मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । साथै प्रा डा.योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन् । दुबै पुरस्कारको राशी ४र४ लाख रुपैयाँ रहेको छ । २०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । जसमा मैनालीको मुकाम रणमैदानसँगै भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ परेका थिए ।...
योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

योगलाई धेरैभन्दा धेरै प्रयोगमा ल्याउन प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, भदौं काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गरेका छन् । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उनले योगमय समाजले शान्ति, सुख र समृद्धि हासिलमा सहयोग पुग्छ भने । प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न पनि आग्रह गरे । “म हिंसा गर्दिनँ, म असत्य बोल्दिनँ, म अरूको अधिकार र सम्पत्तिमा लोभ गर्दिनँ, भ्रष्टाचार गर्दिनँ भन्ने पवित्र भावका साथ हामीले काम गर्नुपर्छ”, प्रधानमन्त्री ओलीले भने, “हामीले अराजकता र अशिष्टता होइन, हजारौँ वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट सुरु गरेका योगलाई विस्तार गर्नुपर्छ । योग र ध्यानले मुटु र मस्तिष्कलाई स्वस्थ्य राख्छ । त्यसैले योगलाई विशेष महत्त्व दिनुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न ...
सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु

सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१४, भदौं काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ । उनले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने भएको छ । सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्ने भएको छ । जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ । राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।...
आठ संसदीय समितिको बैठक बस्दै आज

आठ संसदीय समितिको बैठक बस्दै आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, भदौं काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज आठ वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार बिहान ९ बजे अर्थ समितिको बैठक बस्ने भएको छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा तयारी पोसाक निर्यातमा देखिएका नीतिगत समस्याका सम्बन्धमा नेपाल तयारी पोसाक उद्योग संघका प्रतिनिधिहरूसँग छलफल हुनेछ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुग...
६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

ताजा अपडेट, वातावरण, समाचार
१४ भदौ, नवलपरासी । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल भ्यूटावर बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्यूटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन् । “अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ”, उनले भनिन्। टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्यूटावर नजिकै घर भएका स्थानीयवास...
राष्ट्रपति पौडेलले हरेक महिनामा एक दिन सार्वजनिक स्थल पुगेर स्थानीयको गुनासो सुन्ने

राष्ट्रपति पौडेलले हरेक महिनामा एक दिन सार्वजनिक स्थल पुगेर स्थानीयको गुनासो सुन्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१४, भदौ काठमाडौ. । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने कार्यक्रम तय भएको छ । सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम अनुसार राष्ट्रपति पौडेल हरेक महिनामा एकदिन सार्वजनिक स्थलमा जाने भएका हुन् । सार्वजनिक स्थलमा उनले आम नागरिकसँग संवाद गर्ने तथा स्थानीयहरूको गुनासो सुन्नेछन् । जस अन्तरगत पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल आज बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।...