नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा
काठमाडौं।नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ।कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका थिए।
विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारका रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिए।“देशभरमा करिब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौँ,” उनले भने, “गृह
मन्त्रालयले एक सय दिनमा गर्ने कार्ययोजनाअनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ।आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउँदै लगिनेछ।”
नुवाकोटको केन्द्रीय कारागारलाई नमूनासहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाइ छ।...









