ताजा अपडेट

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः प्रचण्ड

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी होः प्रचण्ड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१६, भदौ नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्। प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्स पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताएका हुन्। ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो,आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं। संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ।’ उनले आफू नेतृत्वको स...
रुख ढलेर  नारायणगढ(मुग्लिन सडक अवरुद्ध

रुख ढलेर नारायणगढ(मुग्लिन सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१६, भदौ चितवन, । भरतपुर महानगरपालिका(१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ(मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने प्रनाउ रिजालले बताए। यसैबीच नारायणगढ(मुग्लिन सडकखण्डमा बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका(२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो । ट्रकमा सवार तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। घाइते सबैको अवस्था मध्यम छ । उनका अनुसार बसका चालक फरार रहेको र खोजी जारी रहेको छ ।...
थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

ताजा अपडेट, वातावरण, समाचार
१६, भदौ कञ्चनपुर । खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँ बस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काट्नेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्‍याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकादेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए। उनका अनुसार वडघरियाको घरको आँगनमा जम्मा भएर गरिने यस पूजामा मुख्य भूमिका भुइहयार गुरुवा र कशौकाको हुने गर्दछ । यस पूजामा भुइया भवानी, जगन्नठिया देवतालगायत अन्य इष्टदेवहरूको पूजा गरिन्छ । गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दूर, अक्षता, जललगायत सा...
बाजुराका ५७ वडा विद्युत् सेवाबाट वञ्चित

बाजुराका ५७ वडा विद्युत् सेवाबाट वञ्चित

ताजा अपडेट, वातावरण, समाचार
१६ भदौ बाजुरा । बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ । विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो । हालै नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन् । तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ ।...
सर्पदंशबाट युवतीको मृत्यु

सर्पदंशबाट युवतीको मृत्यु

ताजा अपडेट, वातावरण, समाचार
१६ भदौ, जनकपुरधाम । सिरहामा सर्पले डस्दा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सखुवा नन्कारपट्टी गाउँपालिका ३ की २० वर्षीया सरिता कुमारी सदा छन् । गएराति सुतेको बेला १२ बजे उनलाई गोमन सर्पले टोकेको थियो । सर्पले डसेपछि उपचारामा नलगी झाँक्रीमा लगिएको थियो । झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा सरितलाई लहान प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।...
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१६, भदौ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । गत २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा प्रभावित हुँदै आएको थियो । प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले आजको बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ । केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ ।...
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१६, भदौ काठमाडौं । चितवनको मुग्लिङ–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान नारायणगढतर्फ गइरहेको एआर ०१–३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिङबाट जाँदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरू घाइते भएको मुग्लिङ प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिएका छन् । उनले घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको पनि जानकारी दिए ।...
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
१६, भदौ सङ्खुवासभा । सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनः स्थापनाको मस्यौदा प्रतिवेदन अनुसार उक्त आयोजना निर्माणका लागि करिब ६५ हेक्टर जमिन अधिग्रहण गरिने छ । “यसबाहेक वन क्षेत्र ७० हेक्टर र सरकारी जग्गा ६ हेक्टर अधिग्रहण हुनेछ”, तल्लो अरुण पावरडेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी निर्देशक अरुण धिमानले भने । प्रभावित स्थानीयलाई करिब रु। एक अर्ब ४० करोड रकम मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । तल्लो अरुण बन्ने पक्का भएपछि प्रभावित क्षेत्रका बासिन्दासँग निर्माणकर्ता भारतीय सतलज कम्पनीले छलफल अघि बढाएको छ । नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् उत्पा...
जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री कार्की

ताजा अपडेट, राजनीति, समाचार
सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको सुरक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। धरान उपमहानगरपालिका(१८ स्थित इलाका प्रहरी कार्यालयको हिरासत भवनको आज उद्घाटन गर्दै उनले जनताको पहिलो चासोको विषय शान्ति सुरक्षा भएकाले त्यसतर्फ सरकारको विशेष ध्यान जाने स्पष्ट पारे। जनतालाई सुरक्षित महसुस गराउनका लागि भवनहरू बनाउँदा मापदण्डलाई कठाइका साथ अपनाउनुपर्ने बताउँदै उनले भने, “विकासका निर्माणहरूमा अघि बढ्नुस्, प्रदेश सरकार सधैँ सहयोग गर्न तयार छ ।” धरानलाई खेलकुद र लाहुरेको सहर भनेर चिनीने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक हिसाबले पनि धरान त्यतिकै महत्त्वपूर्ण छ भने।  ...
‘सामाजिक सञ्जालमा भन्दा पुस्तकालयमा समय बिताऔँ’

‘सामाजिक सञ्जालमा भन्दा पुस्तकालयमा समय बिताऔँ’

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुदायले गर्ने सामाजिक काममा सरकारको साथ र सहयोग आवश्यक पर्ने बताएका छन् । गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रद्वारा १७ औँ पुस्तकालय दिवस एवम् १५९औँ मोती जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक काममा युवापुस्तालाई एकैसाथ लिएर हिँड्नुपर्ने बताएका हुन् । “पुस्तकालय बनाउन गर्ने जस्तो सामाजिक काम सहज हैन, यहाँको अग्रजहरूले वातावरण बनाएर पुस्तकालय स्थापना गरेको धन्यवाद भन्न चाहन्छु, अहिलेको समयमा सामुदायिक अध्ययन केन्द्रको आवश्यकता अझ धेरै छ, पुस्तकालयले सामुदायिक चेतना जनाउनुपर्ने र यसलाई नयाँ पुस्तालाई जोड्नुपर्ने आवश्यकता छ । सूचनामाथि पहुँच जमाउने भन्दा प्राप्त गरेको सूचनाको विवेचना गर्ने क्षमता हुनुपर्छ,” उनले भने । उनले विकासको पछिल्लो चरणमा रहेका देशहरूले विकासमा समुदायलाई जोड्न नसकेसम्म विकास नहुने जनाउँदै य...