ताजा अपडेट

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष डिसीद्वारा पदभार ग्रहण

कला, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१७, भदौ काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज पदभार ग्रहण गरेका छन् । उनले आइतबार सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्स अफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।...

देशमा बेरोजगारी बढ्नुमा कांग्रेस र कम्युनिस्टको हात छ : अध्यक्ष यादव

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
१७, भदौ वीरगन्ज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा बेरोजगारी बढ्नुमा नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको हात रहेको आरोप लगाएका छन् । वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले गरिबी र बेरोजगारीको दर बढ्नुको जिम्मेवारी कांग्रेस र कम्युनिस्टले लिनुपर्ने बताए । उनले पढेलेखेका युवालाई देशमा कुनै रोजगारीको लागि स्थान नहुने अवस्था सरकारको नेतृत्वमा बस्ने दलहरूकै कारण भएको बताए । उनले युवाहरू मलेसिया, कतार, अरब जस्ता मुलुकमा रोजगारीको लागि गइरहेको तर देशमा अझै रोजगारी वृद्धिमा चासो नदिइएको बताए । उनले मधेस आन्दोलनको परिणामले नै नेपाल सङ्घीय गणतन्त्र भएको दाबी गरे । उनले भने, ‘गरिबी र बेरोजगारी यति बढेको छ कि आज आफ्नो मुलुकमा पढेलेखेका युवाहरूलाई रोजगारीको लागि कुनै स्थान छैन । मलेसिया, कतार, अरब जस्ता मुलुकमा प्रत्येक दिन ...
मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
१६, भदौ रुकुमपश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ। आइतबार दिउँसो ३ : २५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रङ्गशालामा हेलिकोप्टर अवतरण भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाबाट सुर्खेतका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो। सिम्रिक एयरको (कलसाईन नाईन एन(एकेडी) हेलिकोप्टर आकस्मिक अवतरण भएको हो। उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताइएको छ। हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलकी श्रीमती, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक सवार थियोलगातार वर्षा भएर मौसम खराब बन्दा हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीको भनाइ छ।...

प्रकाश तामाङले घरमै पाए नागरिकता

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
१६, भदौ काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले नागरिकता पाएका छन् । भोजपुर षडानन्द नगरपालिका(१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । गोरखाको चुमभ्यालीबाट काठमाडौँ हुँदै भोजपुर पुगेका प्रकाशको बुवा(आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ । षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई नागरिकता दिएका छन् ।...
कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

कोशी प्रदेशमा अब ट्रायल पासलगत्तै अस्थायी लाइसेन्स

ताजा अपडेट, वातावरण, समाचार
१६ भदौं, विराटनगर । कोशी प्रदेशमा अस्थायी सवारी चालक अनुमति पत्र ९लाइसेन्स० बाडिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स बाड्ने तयारी गरेको हो । यसरी वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड ९लाइसेन्स० भने यातायात व्यवस्था विभागले नै बाड्नेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्ट कार्डको प्रतिपक्षामा छन् ।...
रुख ढलेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

रुख ढलेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

ताजा अपडेट, वातावरण, समाचार
१६ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । सडकमा ढलेको रुख हटाइएपछि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । नारायणगढ–मुग्लिन सडकखण्डमै आज बिहान बस र ट्रक आज बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग २ ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन् । मुग्लिनबाट नारायणगढ आउँदै गरेको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बस एकापसमा ठक्कर खाएको हो ।...
सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार, स्वास्थ्य
१६,भदौ काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो । उनले गृह मन्त्रालयले जारी गरेको सूचना १ को सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०।१ को खण्ड ९न ० मा भएको व्यवस्था अनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख गरेको छ ।सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा (बहिरङ्ग सेवासमेत) सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ । अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्न...

तीज संस्कृतिलाई पर्यटनसँग जोड्न महोत्सव

कला, ताजा अपडेट, वातावरण, समाचार
१६, भदौ काठमाडौं । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले तीज संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ यही भदौ २१ र २२ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ गर्नेभएको छ । ‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित हरितालिका तीज अवसरमा दोस्रो संस्करणको महोत्सव गर्न लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए । नेपालको प्राचीन संस्कार, संस्कृति, कला र धर्मलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गर्दै उनले त्यसलाई यसवर्ष पनि निरन्तरता दिन लागेको बताउए। महोत्सवका अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुद, पर्यटन सम्बन्धित बहसलगायतका कार्यक्रम हुने महासचिव अनिता खड्का भट्टराईले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन बिहान १० बजे वाराहीचोकदेखि स...

सरकारी सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
१६, भदौ काठमाडौं । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास गर्ने र सुशासनको अनुभूति गराई जनतामा आशा जगाउने उद्देश्यले गठन भएको वर्तमान सरकारले राजनीतिक स्थायित्व र आर्थिक विकासलाई गति प्रदान गर्ने मूलभूत उद्देश्य लिएर अघि बढेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। लामो राजनीतिक पृष्ठभूमिसहित मुख्यमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेको अनुभवबाट खारिनुभएका मन्त्री गुरुङ सूचना प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउनु...
तीजमा पानी नखाएर र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन तोडौं,छाडा गीतहरु सुन्न छोडौं : पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

तीजमा पानी नखाएर र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन तोडौं,छाडा गीतहरु सुन्न छोडौं : पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

कला, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, राजनीति, वातावरण, विचार, शिक्षा, समाचार
सीता पौडेल(अर्चना) १६ भदौं,काठमाडौं ।नेकपा (एमाले)की केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यस वर्षको तीजदेखि पानी नखाई (निर्जला)र श्रीमानको आयु लामो होस् भनेर ब्रत बस्ने चलन तोड्नु पर्ने बताएकी छिन् । शनिबार नेकपा एमाले गण्डकी प्रदेश सम्पर्क समन्वय कमिटिले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको तीज उत्सव–२०८१ कार्यक्रममा बोल्दै उनले यस ब्रतको कुनै अर्थ र औचित्य नरहेको र यसले नारीहरु मात्रै नभएर परिवारको समेत भलो नगर्ने हुँदा यस प्रकारको ब्रत बस्ने चलन तोड्नु पर्ने बताएकी हुन्। सबै प्रदेशका समन्वय कमिटिहरुलाई समेटेर आयोजना गरिएको सो तीज विषेश कार्यक्रममा पूर्व मुख्यमन्त्री शाक्यले यस प्रकारका ब्रत तोड्ने संकल्प प्रस्ताव समेत गरिन् । गीतमै दुईवटा प्रस्ताव प्रस्तुत गर्दै उनले भनिन्, ‘हे.. यसपालीको तीजमा हाम्ले एउटा अठोट गरौं है,पा...