काठमाडौंमा एकीकृत समाजवादीका उपाध्यक्ष र सचिवसहित १६० जना नेता–कार्यकर्ता एमालेमै फर्किए
सीता पौडेल(अर्चना)
१२ भदौं,काठमाडौं ।काठमाडौं उपत्यकामा नेकपा (एकीकृत समाजवादी)का १ सय ६० जना नेता–कार्यकर्ताहरु पुनः नेकपा एमालेमै फिर्किएका छन् ।
बुधबार नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई एमालेमा समाहित भएको घोषणा गरिएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी छोडेर पुनः पुरानै पार्टी एमालेमा फर्किएका उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य तथा बागमति प्रदेश इन्चार्ज राजन भट्टराई र पोलिटव्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले खादा र अबिर लगाएर स्वागत गरेका थिए ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राई र एमाले काठमाडौंका अध्यक्ष दिपक निरौंलाको विशेष पहलमा पुरानै पार्टी फर्किका उनीहरुको पार्टी सदस्यता पनि पुरानै कायम हुने र सोही अनुसारले निरन्तरता दिइने बाग...









