ताजा अपडेट

माओवादी घटकबीच एकता आवश्यक : नेता शर्मा

माओवादी घटकबीच एकता आवश्यक : नेता शर्मा

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
तुलसीपुर । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् । मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् । ‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी पार्टीले छलफल अघि बढाएको छ’, उनले भनिन् ।...
एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित भएकी छन्। झाँक्री नेतृ जयन्ती राईसँग पराजित भएकी हुन् । राईले १८९ मत पाउँदा झाँक्रीले १२२ मत मात्र पाइन्।यस्तैगरी, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन्। उनले १६४ मत पाए। खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १८९, १५६, १३९, १५१ मत पाए। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन्। उनीहरूले क्रमशस् १५८, १०७, १०६, १०५ मत ल्याए। त्यस्तैगरी, सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्माले १८० मत, आदिवासी जनजातिबाट बलदेव चौधरीले १७५ मत, खुलाबाट शेरबहादुर कुँवरले १५३, चन्द्रबहादुर शाहीले ९१, सोप्रसाद पाण्डेले १४१, सावित्रा कुमारी भुसालले १०६ र श्रीनाथ बरालले १०७ मत पाइ निर्वाचित भए।...
प्रचण्डले एक हिसाबले राजनीतिबाट संन्यास लिनुभयो : बर्तौला

प्रचण्डले एक हिसाबले राजनीतिबाट संन्यास लिनुभयो : बर्तौला

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
१२ भदौं,काठमाडौं।नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिबाट संन्यास लिएको घोषणा गरेको टिप्पणी गरेका छन्। मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले संसदमा अध्यक्ष प्रचण्डले बोलेको कुरा नियाल्दा प्रचण्डले अब माओवादी केन्द्र र आफू कुनै पनि सत्ताको खेलमा नलाग्ने घोषणा गर्नु नै राजनीतिक पराजय स्वीकार गर्नुसरह रहेको बताए। सामान्य संवैधानिक प्रावधानलाई पनि ख्याल नगरी अध्यक्ष दाहालले प्रमुख प्रतिपक्षको संसदीय दलको नेताको भूमिकाबारे प्रश्न गर्दै कुण्ठा व्यक्त गरेको र सत्ताको खेलमा कहिल्यै नलाग्ने उद्घोष गर्नु नै एकप्रकारको संन्यासको घोषणा रहेको प्रमुख सचेतक बर्तौलाको भनाई छ। ‘माननीय पुष्पकमल दाहालज्यूले संसदमा बोल्दै गर्दा लाग्यो, आजदेखि माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पक...
काठमाडौं महानगरद्धारा २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक

काठमाडौं महानगरद्धारा २ वटा स्वास्थ्य संस्थाको फोहर उठाउन रोक

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार, स्थानीय, स्वास्थ्य
१२ भदौं,काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा सञ्चालित एएसजी आइ केयर र नेपाल स्किन हस्पिटलको फोहर उठाउन रोक लगाएको छ । महानगरपालिकाले मंगलबार गरेको अनुगमनमा ती स्वास्थ्य संस्थाले संक्रमित फोहर स्रोतमा वर्गीकरण नगरेको, हानीकारक फोहरलाई निर्मलीकरण गर्न अटोक्लेभ जस्ता साधन तथा उपकरण प्रणाली नभएको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहरसँगै पठाउने गरेको पाइएका कारण फोहर उठाउन रोक लगाएको जनाएको हो । त्यस्तै महानगरले एउटै बकेटमा सबै फोहर जम्मा गरेर पोको बनाउने गरेको पाइएको जनाएको छ ।पोको आइ केयरले सवारी पार्किङ् गर्ने ठाउँको एउटा कुनामा राखेको पाइएको र स्किन अस्पतालले घरको छतमा राख्ने गरेको भेटिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको फोहरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राईले बताएकी छिन् । उनले भनिन्, ‘मात्रा जति भए पनि संक्रमित फोहर हानीकारक नै हुन्छ।स्वास्थ्य सं...
स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

स्वास्थ्य क्षेत्र सुधार गर्न ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
१२ भदौं,काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउनका लागि सो क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूको सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यस सम्बन्धमा निर्णय भएको बताएका हुन्।प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उनले गत साउन २७ गते ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ योजना अघि सारेका थिए। सोही योजना अनुसार विश्वभरका नेपाली चिकित्सक,अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको प्रवक्ता बुढाथोकीले बताए। उनले भने, “समिटमा सहभागी न...
राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

राष्ट्रपति पौडेल पाल्पामा, रथ जात्राको अवलोकन गर्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज पाल्पा पुगेका छन्। ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न त्यहाँ पुगेका राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् । रथ जात्रामा सहभागी हुन आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मानवीर राईलाई समेत भव्य रूपमा स्वागत गरिएको हो। तानसेनस्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गर्दछ। प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस वर्ष सार्वजनिक बिदासमेत दिएको छ।...
सुनको मूल्य स्थिर

सुनको मूल्य स्थिर

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य सोमबारकै मूल्यमा अर्थात् तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
करोडौँको योजना कार्यान्वयन हुन सकेन

करोडौँको योजना कार्यान्वयन हुन सकेन

ताजा अपडेट, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो । अन्नपूर्ण गाउँपालिका–२ भुरुङ–तातोपानीका वडाध्यक्ष ओमप्रकाश फगामीले तातोपानी कुण्ड छेउमा रहेको बेनी–जोमसोम–कोरला सडकको नक्साङन टुङ्गो लगाउन भएको ढिलाइका कारण पर्यटकीय पूर्वाधार निर्माणका लागि भित्रिएको बजेट र योजना कार्यान्वयन गर्न नसकिएको बताए । भुरुङ–तातोपानी पूर्वाधार निर्माण शीर्षकमा आर्थिक वर्ष २०७९र८० मा रु ८० लाख र २०८०र८१ मा प्राप्त भएको रु ५० लाख बजेट कार्यान्वयन नभएको हो । “यसअघिका दुई आवमा बजेट आए पनि बेनी–जोमसोम–कोरला सडक आयो...

मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाले गर्‍यो निष्कासन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । रास्वपाको केन्द्रीय समितिको  मंगलबार  बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।रास्वपाले साधारण सदस्यबाट किन नहटाउने भन्दै दुई पटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । यसअघि पार्टीले पटक(पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएका थिए ।...
देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

देउवाले बोलाए शीर्ष नेताहरुको बैठक

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीहरूको प्रतिवेदनमाथि छलफल गर्न सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीहरू थापा र शर्मा सहभागी हुनेछन् । बैठक बिहान ११ बजे बूढानीलकण्ठमा बस्ने बताइएको छ । २३ साउन देखि जारी केन्द्रीय समितिको बैठकमा उपसभापति खड्का र दुई महामन्त्री थापा र शर्माले पेस गरेको प्रतिवेदनसहित थप ११ एजेन्डाहरू माथि छलफल भइरहेको छ । बैठकमा महामन्त्री थापाले आगामी आवधिक निर्वाचनमा कांग्रेस एक्लै लड्ने प्रतिवेदन पेश गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो राजनीतिक प्रतिवेदनमा राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चार पटक भन्दा हुन नपाउने प्रस्ताव छ ।...