ताजा अपडेट

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
अछाम । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ । अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ ।...
आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रही । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको मौसम पूर्वानुमामन महाशाखाले जनाएको छ । यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाक...
बेसारको व्यावसायिक उत्पादन सुरु

बेसारको व्यावसायिक उत्पादन सुरु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
इलाम । इलामको रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ । गाउँपालिकामा रहेका तीन सहकारीलाई एउटै सहकारी बनाइएको थियो । गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँस पोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए। चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ । उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ । बेसार बजारमा ल्याइएको छ । निर्माण भएको बेसार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोल...
‘जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ’

‘जनतामा छाएको निराशालाई अन्त्य गर्न जरुरी छ’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकास आवश्यक रहेको बताएका छन् । आज मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मुलुकले राखेको आर्थिक विकासको लक्ष्य पूरा गर्न कर्मचारीले जिम्मेवार ढङ्गले कार्यसम्पादन गर्नुपर्ने बताए ।“ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको अधिकतम सदुपयोग गरेर मुलुकले राखेको आर्थिक विकासको लक्ष्य प्राप्ति पूरा गर्न सकिन्छ, यसका लागि कार्यक्षेत्रमा खटिने कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने । मन्त्री खड्काले मन्त्रालयभित्र एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुने प्रक्रिया स्वभाविक भएकाले आफ्नो दायित्व निर्वाह गर्नेगरी नतिजामुखी काम गर्नुपर्ने बताए । उनले भने, “जनतामा छाएको निराशालाई चिर्न जरुरी छ ।”नले विगतमा भएका पूर्वाधार निर्माणलाई पूरा गर्ने काममा जुट्नुपर्ने बेला आएको ...
आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : सभापति लामिछाने

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : सभापति लामिछाने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताए ।“आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो”, उनले भने, “त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु । ” सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिएका थिए । उनले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताए । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उनको भनाइ थियो ।...
सर्लाहीमा पोखरीमा डुबेर बालकको मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर बालकको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकैको पोखरीमा नुहाउन पसेका साह डुबेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।...
बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न गृह मन्त्री लेखक र भारतकी राज्यमन्त्री खडसे टिचिङ अस्पतालमा

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्वास्थ्य
काठमाडौं । गृह मन्त्री रमेश लेखक र भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको अबस्थाबारे जानकारी लिन टिचिङ अस्पताल पुगेका छन् । उनीहरूले शिक्षण अस्पतालमा गएर बिरामीहरूको सन्चोबिसन्चो र स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । दुर्घटनाबारे बुझ्न उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा आज बिहान काठमाडौँ आइपुगेकी हुन् । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।...
लैङ्गिक हिंसा अन्त्य गर्न तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छ : मन्त्री साह

लैङ्गिक हिंसा अन्त्य गर्न तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण छ : मन्त्री साह

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले लैङ्गिक भेदभाव हटाउन सबै एकजुट हुन जरुरी रहेको भन्दै उनले यो तीनै तहका सरकारको साझा जिम्मेवारी रहेको बताएका छन् । एसियाली विकास बैङ्कको सहयोगमा महिला मन्त्रालयले सञ्चालन गर्दै आएको महिला समुत्थान परियोजनाको शुक्रवार वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले त्यस्तो बताएका हुन् ।यसको लागि नागरिक समाज, सरकारी, गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय निकाय सबैको हातेमालो आवश्यक रहेको उनले बताए । ‘लैङ्गिक हिंसा पीडितहरू पीडित अवस्थामै रही उही घर, उही समाज, समुदायमा रहन, बस्न र लड्न सक्ने अवस्था रहँदैन । उनीहरूलाई तत्काल उद्धार, सुरक्षा र संरक्षण आवश्यक पर्दछ । उनीहरूको पीडा बुझ्ने, उनीहरूलाई सुरक्षित महसुस गराउने पुनर्स्थापना गृह आवश्यक पर्दछ’, मन्त्री सुडीले भने ।...
भारतका युवा राज्यमन्त्री काठमाडौँमा

भारतका युवा राज्यमन्त्री काठमाडौँमा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडौँ आइपुगेकी हुन् । उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइतेको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मृत्यु भएको थियो ।...
विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैन : मन्त्री भट्टराई

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
भरतपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन् । आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन् । उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन् । “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उनले भनिन्, “हरेक क्षेत्रमा गृहमन्त्रालयले सुरक्षा दिने भएका कारण गृहमन्त्रीसँग सुरक्षा मागिएको हो ।”...