ताजा अपडेट

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
बेनी । गएराति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् । म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम र जिल्ला सदरमुकाम बेनीबाट पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकमा बाढी र पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीमा सवारी साधन सञ्चालनमा आउन नसक्दा यात्रुहरूलाई सास्ती भएको छ । बेनी दरबाङ सडकअन्तर्गत सिङ्गा, घुमाउनेभिर, लाम्पाटा, बाङ्गे पहिरोलगायत ठाउँमा पहिरो खसेको छ । त्यसैगरी, बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, सिरुवारी, कुनौटा, गुइँठे, खामभित्तालगायत ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्य...
नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नागार्जुनमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । काठमाडौंको नागार्जुनमा जिपले मोटरसाइकल ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ। नागार्जुन नगरपालिका-७ स्थित सडकमा प्र०१-०२५ च ९२४३ नम्बरको जिप र बा.प्र-०२-०१७ प १०९ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक प्रवेश खड्का गम्भीर घाइते भएका थिए । उपचारको क्रममा उनको शहीद मेमोरियल अस्पताल कलंकीमा क्रममा मृत्यु भएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।...
जसपा नेपालको आजदेखि आधारभूत संघठन निर्माण अभियान

जसपा नेपालको आजदेखि आधारभूत संघठन निर्माण अभियान

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत संघठन निर्माण अभियान’ सुरु गर्दै छ । चार महिनासम्म सञ्चालन हुने उक्त अभियान अन्तर्गत आज राजधानीमा बागमती प्रदेश अन्तर्गतका सबै जिल्ला र काठमाडौँमा उपलब्ध केन्द्रीय अभियन्तालाई जसपा नेपालले प्रशिक्षण दिने छ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका लागि मधेस प्रदेशको जनकपुरमा यही भदौ १५ गते तथा रौतहट, बारा, पर्सा र हेटौँडासमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा, कोशी प्रदेशका लागि भदौ १८ गते विराटनगरमा तथा लुम्बिनी प्रदेशका लागि भदौ २३ गते भैरहवामा र भदौ २४ गते नेपालगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।...
दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयद्वारा अवरोध

दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयद्वारा अवरोध

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बनियानी । झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए । ‘दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौ’, उनले भने, ‘मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।’ यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उनले बताए । हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उनले बताए । ‘हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं’, उनले भने, ‘तर, हामीलाई दिइएको छैन ।’ कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उनले बताए ।...
रामेछाप पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

रामेछाप पहिरो अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, लेकखर्कमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या छ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिइन् । जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।  ...
राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्न सर्वोच्चको आदेश

राष्ट्रिय परिचयपत्र तत्काल अनिवार्य नगर्न सर्वोच्चको आदेश

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सरकारले सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सेवा लिन राष्ट्रिय परिचयपत्र लिनुपर्ने समय तोक्दै सरकारले समय सीमा समेत सार्वजनिक गरेपछि तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सरकारको स्वामित्वमा रहेका निकाय, संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्राप्त गर्न वा माग गर्न अब नेपाली नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने भनिएको थियो ।...
सुनको मूल्य बढ्यो, आज कतिमा कोरोबार हुदै छ ?

सुनको मूल्य बढ्यो, आज कतिमा कोरोबार हुदै छ ?

ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ वृद्धि हुँदै १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो । शुक्रबार सुनको मूल्य तोलामा १ लाख ५१ हजार ४०० कायम भएको थियो । यसैबीच चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँ कायम भएको थियो ।...
भारतमा मृत्यु भएका तीन युवाको शव ल्याइँदै

भारतमा मृत्यु भएका तीन युवाको शव ल्याइँदै

अन्तर्राष्ट्रिय, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
भरतपुर । भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् । नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ । शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् । बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो । नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली त...
सवारी दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु

सवारी दुर्घटनामा वडाध्यक्ष यादवको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
जलेश्वर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा आज बिहान मृत्यु भएको हो । जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।...
पाँचवटा संसदीय समितिको बैठक बस्दै आज

पाँचवटा संसदीय समितिको बैठक बस्दै आज

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार
काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक ११ बजे नै बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल गरिनेछ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजेको लागि बोलाइएको छ । सो बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफादार छलफल गरिनेछ ।  ...