ताजा अपडेट

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो । विद्यालयले दुईवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको विद्यालयका प्रधानध्यापक लेखबहादुर हमालले जानकारी दिए । उनका अुनसार गत वर्ष बेनी नगरपालिकामा कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएपछि नगरपालिकाबाट प्राप्त गरेको रु तीन लाख पुरस्कार रकमबाट रु दुई लाख १८ हजार खर्च गरेर एउटा स्मार्ट बोर्ड सहित स्ट्याण्ड, ओपिएस बक्सलगायत सामग्री गरिद गरिएको छ । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले समेत व्यक्तिगत रूपमा रु एक लाख ६० हजार खर्च गरेर एक थान स्मार्...
मुग्लिन(आँबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध हुने

मुग्लिन(आँबुखैरेनी सडकखण्ड चार घण्टा अवरुद्ध हुने

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा अवरुद्ध हुने भएको छ । आँबुखैरेनी(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६ः३० देखि चार घण्टा उक्त सडक अवरुद्ध हुन लागेको हो । राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए । शनिबार क्रेनको सहायताबाट बस निकाल्ने प्रयास गरिए पनि दश मिटर मात्रै तानिएको उनको भनाइ छ । उनले भने, “सडक बन्द नगर्दा काम गर्न अप्ठ्यारो हुने भएकाले चार घण्टा सवारी आवागमन रोकिनेछ ।“ पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बस नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा घाइते १६ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...
पाल्पामा कार दुर्घटना हुँदा एक जनाको मृत्य

पाल्पामा कार दुर्घटना हुँदा एक जनाको मृत्य

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । पाल्पाको तानसेन नगरपालिका–१, नारनडाँडास्थित तानसेन–रानीमहल सडक खण्डमा भएको कार दुर्घटनामा भारतीय नागरिक उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा घाइते भएका पाठकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका(१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको थियो ।  ...
सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

सबै पर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् : सभापति देउवा

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दका धरोहर भएको उल्लेख गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधी धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताएका हुन् । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विविधतायुक्त विशेषताले भरिपूर्ण सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाड–पर्व छन्, तिनले नेपालीलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्”, सन्देशमा भनिएको छ ।...
पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो । पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर दिशातर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति पनि जाने चलन छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।...
श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन् : उपराष्ट्रपति यादव

श्रीकृष्ण जन्माष्टमी र गौरालगायत पर्व पारस्परिक रूपमा जोड्ने मृदुल माध्यम हुन् : उपराष्ट्रपति यादव

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वमा श्रद्धा, भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व २०८१ का अवसरमा उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् । “हाम्रो पूर्वीय वैदिक सभ्यतामा समाजलाई सभ्य र सुसंस्कृत बनाइ समाजमा एकता, सद्भाव र सहिष्णुता कायम राख्न विभिन्न पर्व–त्योहार, संस्कार–संस्कृति एवं परम्परा–रीतिरिवाज परापूर्वकालदेखि प्रचलनमा रही आएका छन्, तीमध्ये श्रीकृष्ण जन्माष्टमी र गौरा पर्व पनि हुन्”, सन्देशमा भनिएको छ,“बहुरङ्गी र विविधतायुक्त संस्कृति भएको नेपालमा अनेकन पर्व–त्योहार मनाइन्छ, यी सबै हाम्रो समाजमा धार्मिक एवं आध्यात्मिक...
गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल

गौरा पर्वले आपसी भाइचाराको सम्बन्धमा वृद्धि गरेको छ : राष्ट्रपति पौडेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । गौरा पर्वको अवसरमा शुभकामना दिँदै उनले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेषरुपमा मनाइने यस पर्वले विविधतामा एकता, सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन् । यस पर्वमा शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । जसको फलस्वरूप शिव र पार्वती तथा ईष्ट र कुल देवता प्रशन्न भई सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । साथै, पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’ अर्पण गरी प्रसादको रूपमा ग्रहण गरेर यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा स्थानीय गोलबद्ध भई लोक भाषामा देउडा, धमारी र चै...
सेयर बजारमा उच्च अंकको गिरावट

सेयर बजारमा उच्च अंकको गिरावट

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९।८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स भने १.०८ प्रतिशत बढेको छ । बैंकिङ ३.३१, विकास बैंक २.४४, फाइनान्स ३।५०, होटल तथा पर्यटन २.३८, हाइड्रोपावर ३.०४, लगानी ३.८३, जीवन बीमा २.५०, उत्पादन १.९८, निर्जीवन बीमा २.३२, अन्य ३.५५ र व्यापार समूह १।७६ प्रतिशत घटे । समग्र बजार घट्दा पनि तीन लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । विन नेपाल, उपकार, आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । थ्रीस्टार हाइड्रोपावरको ९.९, धौलागिरि लघुवित्तको ८,१, गुराँस लघुवित्तको ७.२, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.९...
एमालेको सचिवालय बैठक बिहीबार बस्ने

एमालेको सचिवालय बैठक बिहीबार बस्ने

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने छ । यसैगरी, सचिवालय बैठकका ‘एजेन्डा’ तय गर्न आज केन्द्रीय कार्यालयमा कार्यालय बैठक बसेको थियो । महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको कार्यालय बैठकले सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्य योजना र समसामयिक राजनीतिक विषयका एजेन्डा तय गरेको छ । बैठकमा महासचिव पोखरेलसहित उपमहासचिवहरू, सचिवहरू र कार्यालय सचिव सहभागी रहेका सो पार्टीले जनाएको छ ।  ...
राष्ट्रिय सभा : मिटरब्याजपीडितलाई न्याय दिन माग

राष्ट्रिय सभा : मिटरब्याजपीडितलाई न्याय दिन माग

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारसँग माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकमा उनीहरूले यसका लागि कानुन कार्यान्वयनमा जोड दिएका छन् । बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पूजा चौधरीले मिटरब्याजीको कानुन बने पनि न्याय नपाएको भन्दै कानुन कार्यान्वयन हुनुपर्नेमा जोड दिए। पीडितले छिटो न्याय पाउनुपर्ने उनको भनाइ थियो । राष्ट्रिय सभा सदस्य रुक्मणि कोइरालाले तनहुँमा भारतीय बस खसेर भएको दुर्घटना तथा खोटाङबाट काठमाडौँ आउँदै गरेको गाडी दुर्घटनामा परेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणका लागि सरकारले पहल थाल्नुपर्ने सुझाव दिए। सांसद रेणु चन्दले सुदूरपश्चिम क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिइन् । “सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्य बड मालिका र त्रिवेणी क्षेत्रमा राम्रो सञ्चार सुविधा, खानेपानीको पहुँच, अन्य पूर्वाधारको विकास हु...