ताजा अपडेट

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
भदौ११,काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेका कारण हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ।कोशी,बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।कोशी,बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाई छ। उता राति पनि देशभर आंशिकदेखि साधरणतया बदली रहेने छ।भने,कोशी,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम...
काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेधको प्रावधानप्रति एमाले काठमाडौंको आपत्ति,न्यायिक पुनरावलोकन गर्न सरकारसँग माग

काठमाडौंका नदी किनारमा गरिएको निर्माण निषेधको प्रावधानप्रति एमाले काठमाडौंको आपत्ति,न्यायिक पुनरावलोकन गर्न सरकारसँग माग

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
सीता पौडेल(अर्चना) १० भदौ,काठमाडौं।काठमाडौं उपत्यकाका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौं महानगरको निर्णयप्रति नेकपा एमाले काठमाडौंले आपत्ति जनाएको छ। एमाले काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर नदीका दायाँबायाँ छोड्न निर्धारण गरिए भन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएकोप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको हो। पत्रकार सम्मेलनमा एमाले काठमाडौं जिल्ला कमिटिका अध्यक्ष दिपक निरौलाले महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पूर्वाग्रह राखेर कानुनी उपचारको उपाय अबलम्बन तथा सम्बन्धीत सरोकारवालाहरुसँग छलफल नै नगरि सामाजिक विद्रोह फैल्याउने हिसाबले गलत निर्णय गरेको भन्दै यसको खारेजीको माग समेत गरे।साथै उनले यस प्रकारको निर्णय कार्यान्वयन गर्दा त्यस क्षेत्रका मानिसको मानव अधिकार तथा सम्पत्तिको हकसम्बन्धी अधिकार कुण्ठित हुने देखिएको पनि बताए। यस प्रकारको गलत ...
राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना

राष्ट्रपतिद्वारा पाटन कृष्ण मन्दिरमा पूजाअर्चना

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वको उपलक्ष्यमा सोमबार ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर पुगेर भगवान श्रीकृष्णको पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले पुजारीबाट भगवान् श्रीकृष्णको टीका र प्रसाद ग्रहण गरेका छन् । श्रीकृष्ण जन्माष्टमीमा आज देशभर भगवान श्रीकृष्णको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् ।...
चितवनमा पाँच सय बढीमा डेंगी सङ्क्रमण

चितवनमा पाँच सय बढीमा डेंगी सङ्क्रमण

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्वास्थ्य
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छन भने एक सय ७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, “सूर्य उदाएको दुई घण्टा अघि र अस्ताउने समयमा दुई घण्टा अघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई सङ्क्रमणको जोखिम रहन्छ ।” साउन यता जिल्लाका सात पालिकामध्ये इच्छाकामना गाउँपालिकामा दुई सय ३६ जनामा डेंगी सङ्क्रमण देखिएको छ । यस्तै, भरतपुर महानगरपालिकामा एक सय सात, खैरहनीमा ११, रत्ननगरमा ४९, माडीमा तीन, राप्तीमा तीन र...

बागमती नदीले सतर्कता तह पार गर्‍यो

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ ।  पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको छ । पछिल्लो तीन घण्टामा सिन्धुपाल्चोकको ढुङ्ग्रे, गोब्रे र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ ।...
राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदको हैसियत स्वतन्त्र बनाइनुपर्छ : शंकर पोखरेल

राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदको हैसियत स्वतन्त्र बनाइनुपर्छ : शंकर पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए । ‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उनले भने । कानूनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने भन्दै उनले नेपालको कानूनले नै पार्टीहरूलाई बलियो हुन रोकको टिप्पणी गरे । कानूनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलियो हुनबाट रोकेको पोखरेलको तर्क छ । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानूनी व्यवस्था भएको भए देशमा पार्टीको संख्या स्वतः कम हुने स्थिति बन्ने उनको भनाइ छ ।...
सरकार भन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : ‘प्रचण्ड’

सरकार भन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : ‘प्रचण्ड’

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमा भन्दा पनि पार्टी संघठन निर्माण र विचारको विकास भएको बताएका छन्। कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकको आज समापनमा अध्यक्ष दाहालले जनतामा जान र नयाँ विचारको विकासमा लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। “हामी सरकारको जोड घटाउमा लाग्ने होइन, अरूले हामीलाई खोज्दै आउने स्थिति हुनसक्छ । अवको कार्यभार पार्टी र विचारको विकास गर्ने गरी लाग्ने हो”, उनले भने। अध्यक्ष दाहालले माओवादी केन्द्र अहिले पनि देशको महत्त्वपूर्ण शक्ति रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र अहिलेका उपलब्धीको रक्षा अन्यबाट सम्भव नरहेको बताए । उनले भने, “परिवर्तनका उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको छ । त्यसमा हा...
पृथ्वी राजमार्ग ८ घण्टापछि खुल्यो

पृथ्वी राजमार्ग ८ घण्टापछि खुल्यो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी(मुग्लिन सडक(खण्ड ८ घण्टापछि खुलेको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न बन्द गरिएको सडक आठ घण्टापछि सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले आज बिहानदेखि क्रेनको सहायतामा दुर्घटनाग्रस्त बस निकाल्न सडक बन्द गरेको थियो । क्रेनको हुक भाँचिएपछि सडक ढिला सञ्चालनमा आएको प्रहरीले जनाएको छ । तनहुँको आबुखैरेनी(२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस मर्स्याङ्दी नदीबाट निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले उक्त मार्ग भई चल्ने सवारी साधना पूर्णरुपमा बन्द गरिएको हो ।...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

ताजा अपडेट, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज १ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।...
गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कञ्चनपुर । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् ।...