ताजा अपडेट

पाठेघरको बायोप्सी निकाल्ने क्रममा भरतपुर अस्पतालमा एक महिलाको मृत्यु

पाठेघरको बायोप्सी निकाल्ने क्रममा भरतपुर अस्पतालमा एक महिलाको मृत्यु

ताजा अपडेट, ब्यानर-१, समाचार, स्वास्थ्य
५ भदौ,चितवन।चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा(बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ। मंगलबार अस्पतालमा बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने)सूइ दिंदा उनको मृत्यु भएको हो। मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं.५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन्।पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको थियो।उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको भएपनि बचाउन नसकिएको बताए। एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको पनि उनले बताए।तर मृतकका आफन्तहरूले भने अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन्। मृतक महिलाको एक छोरी र एक छोरा छन्।...
साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न प्रधानमन्त्रीको आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । ‘स्टार्ट अप नेशन(२०३०’ कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सिर्जनशील सोचका साथ युवा र महिलाले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताए । आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न युवा उद्यमशीलतालाई व्यापक बनाउन जोड दिए । यस्ता उद्यमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै प्रधानमन्त्री ओलीले केही ठग तत्त्वहरू छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे पनि सरकारले सहकारीलाई राम्रोसँग अगाडि बढाउने स्पष्ट गरे ।  ...
प्रि–ओपन सेसनमा १४ अंकले बढ्यो नेप्से

प्रि–ओपन सेसनमा १४ अंकले बढ्यो नेप्से

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ६९ अङ्ले बढ्दै दुई हजार ९८१ दशमलव ०३ विन्दुमा पुगेको छ । यो सेसनमा कुल १०२ वटा कम्पनीको ५० हजार ८७ कित्ता शेयर ३५१ पटक खरिदबिक्री हुँदा दुई करोड २६ लाख ११ हजार रुपैयाँको बारोबार भएको छ ।
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना : पाँच जना गम्भीर घाइते

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना : पाँच जना गम्भीर घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
हुम्ला । जिल्लाको दक्षिण भेगको चङ्खेली गाउँपालिकामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दका अनुसार कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली–२ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरी सल्लामा दुर्घटना भएको हो । चालकसहित सात जना सवार जिपमा पाँच जना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएकामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका–१३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्ल सख्त घाइते छन् । बाजुरा बुढीनन्दा नगरपालिका–४ का सावरी चालक महेन्द्रविक्रम शाह र चङ्खेली–२ का मायादेवी शाही सामान्य घाइते भएका छन् । दुर्घटना हुनासाथ मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण ...
सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदौ छ ?

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदौ छ ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ८ सय रुपैयाँले बढेर तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको हो । मङ्गलवार सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलवार तोलामा १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
अविरल वर्षासँगै आएको पहिरोले  कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत – जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरलले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । सो ठाउँमा आएको बाढी पहिराले बन्द भएका सडक खुलाउने काम भइरहेको छ । छिटोभन्दा छिटो सडक सञ्चालनमा आउने गरी काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी जिटीको भनाइ छ। विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।  यी जोखिम ठाउँहरूमा सडकको स्तरउन्नती सम्बन्धी निकायको ध्यान जान नसक्दा वर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेका छन् ...
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजदेखि सुरु हुँदै छ । साउन ३१ गते सम्पन्न स्थायी समिति बैठकले केन्द्रीय समितिको पूर्ण बैठकको तयारीको सन्दर्भमा केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीका बिचमा व्यापक छलफलका लागि परामर्श बैठक बस्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बुधवार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता एवं बागमती प्रदेशका इन्चार्ज अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिवहरू र प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन् ।...
आज ६ वटा संसदीय समितिको बैठक बस्दै

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । सङ्घीय सांसद अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार बुधबार कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।...
कोशी प्रदेशसभाको बैठक १४ भदौमा बोलाइयो

कोशी प्रदेशसभाको बैठक १४ भदौमा बोलाइयो

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
विराटनगर । कोशी प्रदेशसभाको बैठक १४ भदौमा बस्ने भएको छ । मंगलबार प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक १८ भदौमा बोलाएको सूचना जारी गरेको थियो । लगत्तै अर्को सूचना जारी गर्दै प्रदेशसभा बैठक १४ भदौमा बोलाएको जानकारी दिएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले मिति परिवर्तन भएको अर्को सूचना जारी गरेका छन्, जसमा बैठक १४ भदौ १ बजे बोलाएको उल्लेख छ । सरकारको चाहना अनुसार सभामुख अम्बरबहादुर विष्टले संसद बैठक नबोलाएको भन्दै विरोध भएपछि सभामुखले बैठकको मिति १० दिन पछाडिका लागि तोकेका हुन् । ८ असारमा बजेट पास भएपछि स्थगित भएको प्रदेशसभा दुई महिनासम्म बस्न सकेको छैन ।  ...
वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

वीरगञ्ज भन्सारको राजस्व सङ्कलनको लक्ष्य २७ अर्बले घटाइयो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई राजस्व सङ्कलनको महत्वाकाङ्क्षी लक्ष्य दिएपनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन् । विभागले आर्थिक वर्ष २०८०–८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१–८२ मा राजस्व सङ्कलन गर्ने लक्ष्य रु २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो ।विभागले वीरगञ्ज भन्सार कार्यालयलाई आव २०८०–८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार राजस्व सङ्कलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र सङ्कलनबीच ठूलो अन्तर देखिएसँगै चालु आवमा राजस्व सङ्कलनको लक्ष्य घटाइएको हो ।...