ताजा अपडेट

घरायसी विवादमा श्रीमतीको हत्या

घरायसी विवादमा श्रीमतीको हत्या

अपराध, ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
झापा । झापाको शिवसताक्षी नगरपालिका–८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । सामान्य घरायसी विवादमा आज साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए । घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा निजकी श्रीमतीको घटनास्थलमै मृत्यु भएको उनले बताए। अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.३८ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.८५ रुपैयाँ रहेको छ ।यस्तैगरी साउदी रियाल एकको खरिद दर ३५.६५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८१ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७० रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.८५ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.६३ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.०५ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.४५ रुपैयाँ रहेको छ ।  ...
मेयरको नक्कली हस्ताक्षर गरेर चुनढुंगा उत्खनन् गर्ने पक्राउ,वडा अध्यक्षसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार

मेयरको नक्कली हस्ताक्षर गरेर चुनढुंगा उत्खनन् गर्ने पक्राउ,वडा अध्यक्षसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार

अपराध, ताजा अपडेट, राजनीति, वातावरण, समाचार, स्थानीय
५ भदौ,अर्घाखाँची  जिल्लाको भूमिकास्थान नगरपालिकामा मेयरको हस्ताक्षरसहित संचालनको नक्कली कागजपत्र बनाउने एक व्यवसायी पक्राउ परेका छन् । मेयर झविलाल थापाले दिएको उजुरीका आधारमा पक्राउ परेका ती व्यवसायीले वडाध्यक्षसहित ३ जनाको मिलेमतो रहेको बयान दिएको बताइएको छ।बयानपश्चात उनीहरु तीनै जना फरार भएका छन्। भूमिकास्थान नगरपालिका–९,पातले खोलामा रहेको चुनढुंगा उत्खनन्को अनुमति पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले नै प्रहरीमा उजुरी दिएपछि छानबिन गर्न प्रहरीले कम्पनीका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरेको हो। थापा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन्।तर उनको निवेदनका आधारमा पक्राउ परेका अलीले जनमोर्चाबाटै निर्वाचित वडाध्यक्ष र अन्य २ जना जनमोर्चाकै नेतालाई औंल्याएको बताइएको छ । यो प्रकरणमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी,भूमिकास्थान नगरपालिका– ४ का वडाध...
प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय

प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
५ भदौ,काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छन् । सो सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताइन् ।जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरू सम्मानका हकदार भएको उनको भनाइ थियो ।  “महिला प्रहरीहरूलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ”, प्रथम महिला शाक्यले भनिन्।   ...
आजको मौसम : यी स्थानमा दिनभर भारी वर्षाको संभावना

आजको मौसम : यी स्थानमा दिनभर भारी वर्षाको संभावना

ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
मनिषा गुरुङ ५ भदौ ।काठमाडौं ।हाल देशका केही भू–भागमा बिहानैदेखि भारी वर्षा भइरेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। आज दिउँसो कोशी,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।कोशी, गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उता राति पनि कोशी,बागमती,लुम्बिनी,गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा कर्णाली,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। ...
योगी पाइलट बाबाको निधन

योगी पाइलट बाबाको निधन

ताजा अपडेट, बिशेष, समाचार
५ भदौ ,काठमाडौं । भारतीय सन्त ‘पाइलट बाबा’को ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा मंगलबार दिउँसो निधन भएको छ । नेपाली गुरुसँग शिक्षा लिनुअघि उनी भारतीय वायुयान सेवामा पाइलट रहेकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध थिए । पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उनी बेला बेलामा आएर बस्ने गरेका थिए । उनले मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नामका नेपाली सन्तसँग सन् १९७४ मा दीक्षा लिएका थिए भनेर संहिताशास्त्रीहरुले बताउँदै आएका छन्। नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन्।भारतमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेका थिए। पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए ।ह...
लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाउन सकिने व्यवस्था गर्न समझदारी

लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाउन सकिने व्यवस्था गर्न समझदारी

ताजा अपडेट, ब्यानर-२, समाचार
 ५ भदौ,काठमाडौं।सरकारका दुई विभागहरुबीच राष्ट्रिय परिचयपत्रलाई सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को रूपमा प्रयोग गर्ने व्यवस्था गर्न १६ बुँदे समझदारी भएको छ। गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र भौतिक पूर्वाधार तथा यातायात मनत्रालय अन्तरगतको यातायात व्यवस्था विभागबीच यसबारेको समझदारीपत्रमा हस्ताक्षर भएको हो। यसका लागि ३० साउनमा दुवै पक्षबीच पारस्परिक सहकार्यमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बरको प्रयोग गरी सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रूजु गर्ने प्रणालीको विकास,परीक्षण तथा सञ्चालन गर्ने सहमति भएको छ। चालकले चालक अनुमतिपत्रको सट्टा राष्ट्रिय परिचयपत्र देखाएमा वा पञ्जीकरण विभागले प्रणालीबाट उपलब्ध गराएको क्यूआर कोड देखाएमा चेकजाँच गर्ने अधिकारी (ट्राफिक)ले सवारी चालक अनुमतिपत्रको विवरण हेर्न तथा रूजु गर्ने प्रणालीबाट चेकजाँच ग...
२ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

२ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
५ भदौ,काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र निवेदन पेश नगरेपछि ति संस्थाको इजाजतपत्र स्वतः रद्ध भएको प्राधिकरणले जनाएको छ।वीरगञ्ज महानगरपालिका–८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र हात्तीसार काठमाडौंको इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको हो। प्राधिकरणले अडिटेड वित्तीय विवरणअनुसार तिर्नरबुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम छिटो बुझाएर प्राधिकरणमा सम्पर्क गर्न आग्रह समेत गरेको छ।यसअघि ३२ जेठमा पनि ७ वटा इन्टरनेट कम्पनीको इजाजतपत्र खारेज भएको थियो । मोरङका वशिष्ठ केबल नेट प्रालि,इन्फोनेट टेक्नोलोजी प्रालिसहित जुम्लाको सिम्पल इन्टेलिजेन्ट सिष्टम एण्ड टेक्नोलोजी प्रालि,झापाको एसिया नेट कम्युनिकेशन प्रालि,गुल्मीको फास्ट स्पिड लिंक नेटवर...
मेची भन्सारले उठायो १ अर्ब बढी राजस्व

मेची भन्सारले उठायो १ अर्ब बढी राजस्व

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक अर्ब २९ करोड पाँच लाख ३९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८०र८१ को सोही अवधिको तुलनामा यो १५ दशमलव ९३ प्रतिशतले बढी हो । मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार गत आवको साउनमा एक अर्ब ११ करोड ३२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । ‘मेची भन्सारबाट आयात १४ दशमलव ५४ प्रतिशतले बढ्दा निर्यात भने ३३ दशमलव ९८ प्रतिशतले घटेको छ,’ उनले भने, ‘चालु आवको साउनमा तीन अर्ब ८९ करोड १० लाख ५८ हजार रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा एक अर्ब ८० करोड ८२ लाख ९९ हजारको निर्यात भएको छ ।’ मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चिया, प्लाइड, भेनियर सिट, मोलासिसको निर्यात क्रमश। ३८ दशमलव ०८, ४३ दशमलव ४९, पाँच सय तीन दशमलव ९७ र सत प्रतिशतले बढ्दा अलैँची ८३ दशमलव २८, अदुवा आठ दशमलव ८६, अम्...
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
नवलपरासी । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा लेदोसहितको पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो । पहिरोका कारण आज बिहान साढे ७ बजेदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । यस खण्डमा अहिले लगातार वर्षा भएकाले वर्षा रोकिएपछि मात्र सडक खुलाउने कार्य हुने बताइएको छ । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्रका साथै पाल्पा र स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् । साथै गएरातिदेखिको वर्षाले नवलपरासी९बर्दघाट सुस्तापूर्व०का विभिन्न ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको समथर भूभागमा डुबान र सडक कटानले यातायात क्षेत्र प्रभावित भएको छ भने पहाडी क्षे...