ताजा अपडेट

तनहुँको घाँसीकुवामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँको घाँसीकुवामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
मनिषा गुरुङ ६ भदौ, तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा गएको ठूलो पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँ प्रहरीका अनुसार बुधबार साँझ पहिरो जाँदा सो राजमार्गमा यातायात अवरुद्ध भएको हो।पहिरोले निर्माणाधीन अस्थायी होटलहरुको संरचनामासमेत क्षति पु¥याएको छ। मानवीय क्षति भए नभएकोबारे भने विवरण खोज भइरहेको तनहुँ प्रहरीले बताएको छ ।...
वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको छ : पूर्वमन्त्री साह

वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको छ : पूर्वमन्त्री साह

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
६ भदौ,रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारका ठगहरूलाई सरकारले संरक्षण गरेको आरोप लगाएका छन् । रौतहटको छतौना र विश्रामपुरमा बुधबार आजपा नगर कमिटीद्वारा आयोजित “वैदेशिक रोजगारका ठगलाई सरकारले कारबाही गर्छ कि संरक्षण ?” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारका ठगहरूलाई कारबाही नगरी सरकारले संरक्षण गरेको बताएका हुन् । अध्यक्ष साहले भने, ’गाउँका गरिब युवाहरू रोजगारका लागि बिदेश जान बाध्य भएका छन् । मुलुकमै रोजगार दिन नसकेको सरकारले वैदेशिक रोजगारको नाममा भइरहेको लुट धन्दालाई संरक्षण दिएको छ’ । ‘नेपालमा स्वास्थ्य परीक्षण गरी वैदेशिक रोजगारमा जाने युवाको विदेशमा मृत्यु हुन्छ ।उनीहरूको लास नेपाल आउँछ । यहाँ बलियो, स्वास्थ्य रहेका युवाको विदेशमा मृत्यु कसरी हुन्छ ? यहाँ एउटा काम भन्ने त्यहाँ अर्को काममा लगाउने ’ फ्री...
आईएमई लाइफ इन्स्योरेन्स डेपुटी सीईओमा खिलेन्द्र पौडेल

आईएमई लाइफ इन्स्योरेन्स डेपुटी सीईओमा खिलेन्द्र पौडेल

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
 मनिषा गुरुङ ६ भदौ, काठमाडौं।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा खिलेन्द्र पौडेल नियुक्त भएका छन्। आईएमई लिमिटेड र जीएमई मर्जरपछि पौडेलले आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद छाडेर आईएमई लाइफमा प्रवेश गरेका हुन्।आईएमई लिमिटेडको स्थापनादेखि नै विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र रेमिट्यान्स,भुक्तानी प्रणाली,फिनटेक तथा डिजिटल वालेट र अन्तरदेशीय कारोबारमा दख्खल राख्छन्। त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदावाद स्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापन विषयमा एक्जुकेटिभ कोर्स गरेका छन् । साथै उनले अमेरिकास्थित हार्भड केनेडि स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवा सम्बन्धी व्यावसायिक क...
गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
रसुवा । गोसाईंकुण्ड गएका दुई तीर्थयात्री लडेर घाइते भएका छन् । रसुवा जिल्ला अस्पताल धुञ्चेका डा. अमितकुमार शाहका अनुसार घाइते हुनेमा हेटौँडा निवासी ३२ बर्षीय विपिन बर्तो वाल र पोखरा निवासी ६२ वर्षीय हरिबहादुर तिवारी रहेका छन् । उनीहरूलाई रसुवा प्रहरीको सहयोगमा घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याएको छ । गोसाइँकुण्डबाट फर्कँदै गर्दा मंगलबार दिउँसो ओरालो बाटोमा लडेर उनीहरू घाइते भएका थिए । जनैपुर्णिमा मेलामा गोसाईंकुण्ड पुगेका करिब आठ हजार चार सय तीर्थयात्रीमध्ये तीन हजार छ सय ९७ जनालाई लेक लागेको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको छ : प्रधानमन्त्री ओली

स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको छ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकूल वातावरण बनेको बताएका छन् । बुधबार काठमाडौँमा स्टार्टअप नेसन, २०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकूल वातावरण रहेको बताएका हुन् । उनले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताए । उनले देहबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे ।उनले सीप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने पनि जानकारी गराए ।...
नारायणगढ(मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

नारायणगढ(मुग्लिन सडकमा गुडिरहेको माइक्रोमा ढुंगा खस्यो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । चितवनको नारायणगढ(मुग्लिन सडकखण्डमा गुडिरहेको गाडीमा ढुंगा खसेको छ । भरतपुर महानगरपालिका(२९ स्थित १७ किलो भन्ने ठाउँमा काठमाडौंबाट नारायणगढतर्फ आइरहेको बा प्र ०१(००६ ख ६४१४ नम्बरको माइक्रोबसमा ढुङ्गा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश्वर रिमालले जानकारी दिए । दुर्घटनामा गाडीमा सवार देबचुली नगरपालिका–१३ का ३० वर्षीया कल्पना परियार र उनकी आठ वर्षीया छोरी कन्चन परियार सामान्य घाइते भकाए छन् । उनीहरूलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरपुर लगिएको छ ।...
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ११ अंकले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को बिन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको चार करोड १४ करोड ५४ हजार छ सय ११ कित्ता शेयर दुई लाख १४ हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रु। १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार नौ सय ९२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य दशमलव ५९, विकास बैंक शून्य दशमलव ७२, वित्त चार दशमलव ९९, लगानी शून्य दशमलव १२ र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ७५, जीवन बीमा शून्य दशमलव १९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४१ र लघुवित्त शून्य दशमलव ५४ प्रतिशतले घटेको छ । त्यसैगरी, म्युचुअल फन्ड शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ६८ र व्यापार सम...
कथा वाचकका लागि १३ बुँदे आचारसंहिता प्रस्तावः वस्त्र र केस मर्यादित हुनुपर्ने

कथा वाचकका लागि १३ बुँदे आचारसंहिता प्रस्तावः वस्त्र र केस मर्यादित हुनुपर्ने

ताजा अपडेट, बिशेष, ब्यानर-१, शिक्षा, समाचार
५ भदौं,काठमाडौं।धार्मिक कथा वाचनमा विकृति विसंगति बढ्न थालेपछि यसलाई मर्यादित बनाउन १३ बुँदे आचारसंहिता बनाएर लागू गर्ने तयारी गरिएको छ । हिन्दू धर्मशास्त्रका गुरुहरुको साझा संस्था राष्ट्रिय कथाव्यास समाजले यो आचारसंहिता प्रस्ताव गरेको हो।नेपाल धार्मिक कथा वाचकको योग्यता र मापदण्डका विषयमा कुनै त्यस्तो नीतिनियम छैन।कथा वाचकको न्यूनतम औपचारिक अध्ययन कति हुनुपर्ने भन्ने पनि स्पष्ट व्यवस्था छैन।कथा वाचन गर्न औपचारिक अध्ययन दुई खाले छन्। पहिलो संस्कृतमा आचार्य (एमए)गरेकाले कथा वाचन गर्न सक्छन्। अर्को छोटो बाटो भनेको ३ देखि ६ महिनाको प्रशिक्षण लिएर पनि कथा भन्न सकिन्छ,तर यसरी सर्टकट तरिकाले कथा वाचक बनेकाहरुलाई धार्मिक क्षेत्रमा त्यति महत्व दिइँदै। पछिल्लो समय पर्याप्त शास्त्रीय अध्ययन र योग्यताविना जो पनि कथा वाचक बन्ने र कथा वाचनका क्रममा मनगढन्ते गफ दिने प्रवृत्ति बढेपछि समाजले तदार...
चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना

चिकित्सक दम्पतीद्वारा फाउन्डेसन स्थापना

ताजा अपडेट, ब्यानर-१, समाचार
५ भदौ,चितवन।सामाजिक क्षेत्रमा क्रियाशीलता देखाउँदै आएका यहाँका एक चिकित्सक दम्पतीले फाउन्डेसन स्थापना गरेका छन् । दन्तरोग विशेषज्ञद्वय डा अजय न्यौपाने र डा.सरु थापाले ‘डा.अजय एण्ड डा.सरु फाउण्डेसन’ स्थापना गरेका हुन्।फाउन्डेसन स्थापनाबारे बोल्दै डा.न्यौपानेले स्वास्थ्य,शिक्षा,विपत्,कला संस्कृति,खेलकुदलगायत क्षेत्रमा काम गर्ने बताए।हप्ताको सातै दिन दम्पतीले नै काम गरेर त्यहाँबाट भएको आफ्नै आम्दानीले फाउन्डेसन मार्फत सामाजिक काम गर्ने उनले बताएका छन्। वार्षिक रु १० लाख कोषमा राख्दै जाने र चालु पुँजीका रुपमा यस आर्थिक वर्षमा रु १० लाख छुट्याएको उनले बताए।उनका अनुसार आउँदो वर्षबाट कोषको ब्याजमा अरु रकम थपगरी त्यही पैसाबाट फाउन्डेसनले काम गर्नेछ ।दश वर्षमा रु एक करोड को अक्षयकोष पु¥याउने लक्ष्य भएको पनि उनिहरुले बताएका छन्।व्याजले अपुग हुँदा आफूहरुले रकम राखेर सामाजिक काम गर्ने दम्पतीको य...
त्रिविको सुरक्षा प्रबन्ध मिलाउन शिक्षामन्त्रीको माग

त्रिविको सुरक्षा प्रबन्ध मिलाउन शिक्षामन्त्रीको माग

ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार
५ भदै,काठमाडौं ।शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन्। केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षाको माग गरेकी हुन्।त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको मन्त्री भट्टराईले बताएकी छिन्। उनले लेखेकी छन्– ‘त्रिभुवन विश्वविद्यालयमा केहि दिन देखि पदाधिकारीहरु माथि हमला गर्न खोज्नु र प्राध्यापकहरुलाइ फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ।त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि ब्यबस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’ यता आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको छ।आलोचना भएपछि फेरी उनले...