ताजा अपडेट

३ हजार विन्दुबाट ओरालो लाग्यो सेयर बजार

३ हजार विन्दुबाट ओरालो लाग्यो सेयर बजार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो । दिनभर बजारमा तीव्र उतारचढाव देखियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो । ४७ कम्पनीको मूल्य बढ्दा १९७ को घट्यो । बैंकिङ ०.८४ तथा निर्जीवन बीमा ०.४६ प्रतिशत बढे । विकास बैंक २.२५, फाइनान्स २.७९, होटेल तथा पर्यटन ४.४९, हाइड्रोपावर ३.७४, उत्पादन २.५८, माइक्रोफाइनान्स ०.३१, अन्य ३ र व्यापार समूह १.३२ प्रतिशत घटे । बजार घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, मल्टिपर्पस फाइनान्स, सम्पदा लघुवित्त र लिबर्टी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रि...
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

ताजा अपडेट, राजनीति, समाचार
हेटौँडा ।बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्। नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसारपच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन्। उनी नेपाल बार एशोसिएसनको सदस्य समेत हुन्।उनले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समिति रहेर काम गरेका छन्।...
राष्ट्रिय नाचघरमा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुँदै

राष्ट्रिय नाचघरमा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुँदै

कला, ताजा अपडेट, पर्यटन, ब्यानर-२, मनोरन्जन, समाचार
सीता पौडेल(अर्चना) २ भदौ,काठमाडौं।काठमाडौंको जमल स्थित सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)मा श्री रिद्धिसिद्धि गाईजात्रा महोत्सव–२०८१ हुने भएको छ। संस्कृति सम्बन्धी नेपाल सरकारको आधिकारिक निकायका रुपमा रहेको सो संस्थानको आयोजनामा संस्थानको मेघा प्रेक्षालयमा भोलि भदौ ३ गते सोमबार जनैपूर्णिमाको दिनदेखि गाईजात्रा महोत्सव हुन लागेको हो।भोली ३ गतेदेखि शुरु हुने उक्त महोत्सव भदौ १० गतेसम्म सञ्चालन हुने संस्थानले जनाएको छ। संस्थानले मंगलबार ४ गते भने दुईवटा चरणमा कार्यक्रम गर्न लागेको छ।पहिलो चरणमा १ः३० बजेदेखि ५ बजेसम्म र दोस्रो चराणमा ५ बजेदेखि कार्यक्रम गर्ने जनाएको छ। ‘सांस्कृतिक पर्व संरक्षणका लागि हाम्रो यात्रा ,सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा आयो गाईजात्रा’ भन्ने नाराका साथ आयोजना गरिएको सो गाइजात्रा भोली साँझ ५ बजदेखि शुरु हुँदै छ।गाईजात्रा महोत्सवमा सिताराम कट्टेल(ध...
गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय ग्रिडको बिजुली पुग्यो

गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय ग्रिडको बिजुली पुग्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईंकुण्डमा शुक्रबार ग्रिडको विद्युत् पुर्‍याएको छ । बत्ती पुगेसँगै गोसाईंकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाईंकुण्डमा जनै पूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको हो । अहिलेसम्म गोसाईंकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाईंकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएको बताए । कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणम...
भोली साढे १ बजेपछि मात्रै रक्षा बन्धनको कार्य गर्न पञ्चांग निर्णायक समितिको आग्रह (विशेष सूचनासहित)

भोली साढे १ बजेपछि मात्रै रक्षा बन्धनको कार्य गर्न पञ्चांग निर्णायक समितिको आग्रह (विशेष सूचनासहित)

ताजा अपडेट, बिशेष, समाचार
मनिषा गुरुङ २ भदौ,काठमाडौं।पञ्चांग निर्णायक समितिले भोली भदौ ३ गते परेको जनैपूर्णिमाको दिन दिउँसो साढे १ बजेपछि मात्रै जनैपूर्णिमा मनाउन र रक्षाबन्धन बाँध्न आग्रह गरेको छ।तर यो आग्रह भने राष्ट्र प्रमुखका लागि भएको समितिद्धारा विज्ञप्तिमा उल्लेख छ। समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी,कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल तथा धर्मशास्त्र प्रमुख प्रा.डा.देवमणि भट्टराईले विज्ञप्ति जारी गर्दै आम नागरिकमा उक्त दिन के गर्ने भनेर द्विधा रहेको भन्दै शास्त्रमा उल्लेख भएअनुसार जानकारी दिएको उल्लेख गरेका छन्। भदौ ३ गते दिउँसो साढे १ बजेअघि भद्रा परेको र उक्त दिन अन्य कर्म गर्न मिल्ने शास्त्रमा उल्लेख भएपनि रक्षाबन्धन लगायत जनै पूर्णिमा सम्बन्धी कर्म गर्दा हानी हुने बताइएको छ। हेर्नुहोृस् सूचनाः ‘...
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवा आइतबार पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा निस्किएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने छिन् । दुई देशबिचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।...
पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने तयारीमा छौँ :‘प्रचण्ड

पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने तयारीमा छौँ :‘प्रचण्ड

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य भइरहेको बताएका छन् । वि.सं. २०५१ सालमा शहीद भएका तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले भने, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौँ । पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ । केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौँ ।’अध्यक्ष ‘प्रचण्ड’ले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए ।नयाँ गठबन्धनका कारण जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको बताउँदै उनले जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प नभएको बताए । उनले जनयुद्धको आधार तयार पार्न मधेशम...
मध्यपहाडी लोकमार्गको बागलुङ– पूर्वीरुकुम सडकखण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्गको बागलुङ– पूर्वीरुकुम सडकखण्ड अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
बागलुङ।निसीखोला गाउँपालिका– ६ सिपमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ– पूर्वीरुकुम सडकखण्ड अवरुद्ध भएको छ । लोकमार्ग अवरुद्ध हुँदा पूर्वीरुकुम,जाजरकोटलगायत जिल्लामा सञ्चालन हुने साना तथा ठूला सवारीसाधन ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिए।अवरुद्ध सडक खोल्ने प्रयास जारी छ ।...
तनहुँका अधिकांश भागमा स्वच्छ पेयजलको सुविधा

तनहुँका अधिकांश भागमा स्वच्छ पेयजलको सुविधा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । तनहुँ जिल्लाका ९२ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा खानेपानीको पहुँच पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अनुसार दुई लाख ९८ हजार १६ जनामा खानेपानी सुविधा पुगेको हो । उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा चार हजार सात सय ८० जनामा खानेपानी सुविधा विस्तार गरेको इन्जिनियर विनु लोहनीले जानकारी दिए । सोही अवधिमा दुई हजार घरमा निजी धारा जडान गरिएको छ । हालसम्म जिल्लाका १५ हजार नौ सय ९४ घरमा निजी धारा जडान भएका छन् । उनले सशर्त, प्रादेशिक र विशेष खानेपानी योजनाबाट चार हजार सात सय ८० जना लाभान्वित भएका जानकारी दिए । उक्त आर्थिक वर्षमा सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाका लागि रु दुई करोड ७५ लाख, प्रादेशिक खानेपानी आयोजनाका लागि रु २१ करोड ९१ लाख, विशेष अनुदान खानेपानी आयोजनाका लागि रु एक करोड ४० लाख र खानेपानी सेवा विस्तार तथा पुनः स्थापनाका लागि रु दुई करोड ६६ लाख ८० हजार...
सुनको मूल्यमा नयाँ रेकर्ड

सुनको मूल्यमा नयाँ रेकर्ड

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुन तोलामा ३ हजारले बढेर एक लाख ५२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस अघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ६ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला ५० रुपियाँले बढेर १८१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...