चार संसदीय समितिको बैठक बस्दै आज
काठमाडौं । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक आज बस्दै छ ।
संसद सचिवालयका अनुसार कानून,न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने भएको हो ।
कानून समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
यस्तै बिहान ११ बजे नै बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ । त्यस्तै पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ ।...








