ताजा अपडेट

मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । मधेसी आयोगको छैटौँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरिएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहबिच आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आर्थिक वर्ष २०८०/८१ मा आयोग द्वारा सम्पादित कार्य र सिफारिस सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेका हुन् । सो प्रतिवदन मार्फत आयोगले हाल रहेको आरक्षणको नीतिलाई परिमार्जन गर्न सिफारिस गरेको छ । आयोगले राज्यको मूल प्रवाहमा ल्याउन मधेसी समुदायका पछाडि परेका जातजाति र वर्गको घरदैलो सर्वेक्षण गराई जातजातिको लागि ६० प्रतिशत र वर्गको लागि ४० प्रतिशत वर्गीकरण गरी आरक्षणको नीति परिमार्जन गर्नको लागि राज्यलाई आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गरेको हो । आयोगले सप्तरीमा रहेको सखडेश्वरी भगवती लाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न समेत सिफारिस गरेको छ । आयोगले आफ्नो प्रतिवेदन मार्फत ०६३/६४ पछि भएका धार्मिक द्वन्द्व...
हेटौंडा उपमहानगरमा व्यवसायीको धर्ना

हेटौंडा उपमहानगरमा व्यवसायीको धर्ना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित भएका छन् । हेटौंडा बजारमा विरोध र्‍याली निकाल्दै व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ताको मागसहित हेटौंडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका हुन् । धर्नासहितका आन्दोलनमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका व्यवसायिक संस्थाले एक्यवद्धता जनाएका छन् । गत आइतबार कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको थियो । व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ता लिनुपर्ने एक सुत्रीय माग अघि सारेका छन् ।कोण सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण गुप्ताले आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई ढाड सेक्ने गरी गरिएको कर वृद्धि स्वीकार नहुने बताए । विज्ञापान करसहितका अन्य करको दरमा १५० प्रतिशतसम्म बढाएको भन्दै उनले न...
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
मुगु । पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् । जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिए । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशि...
कालीगण्डकी करिडोर अवरुद्ध

कालीगण्डकी करिडोर अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । पहिरोकै कारण मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मंगलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिए । पहिरोले करिडोरको केही भाग भासिएपछि भारी सवारीसाधन महिना दिनअघिदेखि नै बन्द भएका थिए ।...
तनहुँमा सिँचाइ सुविधा विस्तार

तनहुँमा सिँचाइ सुविधा विस्तार

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गत आर्थिक वर्षमा ५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गरेको छ । यो सँगै जिल्लामा छ हजार सात सय ३४ हेक्टरमा सिँचाइ सुविधा उपलब्ध भएको छ । उक्त कार्यालयका प्रमुख प्रकाश लम्सालका अनुसार बन्दीपुर गाउँपालिका–४ स्थित देवीखोला खहरे सिँचाइ योजनाबाट ३० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । उक्त अवधिमा सिँचाइ कार्यक्रमतर्फ ५० हेक्टर र नदी नियन्त्रणतर्फ ३५ हेक्टर भूमि संरक्षण भएको छ । आव २०८०–८१ का लागि कार्यालयलाई रु पुँजीगततर्फ रु २५ करोड विनियोजन गरिएकामा रु २१ करोड खर्च भएको छ । बजेट अभावमा हिमा नदी नियन्त्रण कुच्चे कुनाबाट मडापोल्ला हुँदै लाटादहसम्म, फाउदीखोला लिफ्ट सिँचाइ योजना भानु–८, खहरे लिफ्ट सिँचाइ योजना देवघाट, बन्दीछाप लिफ्टिङ सिँचाइ योजना भिमाद–२, शुक्लागण्डकी–७ र म्याग्दे–५ को सुन्तले मल्याङ मोटरेबल पुल दायाँबायाँ ग्यावि...
अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

अरुण नदीमा जलसतह बढेपछि सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सङ्खुवासभा । रातभरिको वर्षाले अरुण जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ । साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
दाङमा सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङमा सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

ताजा अपडेट, वातावरण, समाचार
दाङ । दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ । गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए। सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए। गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।...
विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजे सिंहदरवारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको ‘सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति’ जारी गर्ने सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।...
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार र मौवाखोलामा खसेको पहिरो हटाएसँगै बाटो खुलेको हो । मौवाखोलामा एकतर्फी र चुम्लिङटारमा दुईतर्फी सडक अवरुद्ध भएको थियो भने कुरिनटारमा विशाल ढुङ्गा खसेको थियो ।...
आयोगले थाल्यो उपनिर्वाचनको तयारी

आयोगले थाल्यो उपनिर्वाचनको तयारी

ताजा अपडेट, ब्यानर-२, समाचार
 ३० साउन,काठमाडौं।निर्वाचन आयोगले स्थानीय तहमा रिक्त रहेका पदाधिकारी चयनका लागि उपनिर्वाचन प्रक्रिया अघि बढाएको छ। विभिन्न कारणले रिक्त रहेका मेयर,उपमेयर,पालिका अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्ष छान्न उपनिर्वाचन गर्न लागेको हो। हाल २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचितमध्ये ३४ पद रिक्त छन्। आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावली दर्ता गर्न आह्वान गरेको हो। निर्वाचन घोषणाअघि नै नामावलीमा नाम दर्ता र अद्यावधिक गर्नुपर्ने कानूनी व्यवस्था छ। आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार जारी विज्ञप्तिमा भनेका छन्, ‘गाउँपालिका तथा नगरपालिकाका पदहरू रिक्त हुँदा आमनागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचन मार्फत पदपूर्तिका लागि आयोगले आन्तरिक तयारी गरिरहेको छ।’ जनप्रतिनिधि रिक्त रहेका पालिका र वडाहरू ः...