ताजा अपडेट

रियलले जित्यो यूईएफए सुपर कप

रियलले जित्यो यूईएफए सुपर कप

अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, ब्यानर-१, समाचार
३१ साउन,काठमाडौं।यूईएफए सुपर कपको उपाधि रियल म्याड्रिडले जितेको छ। उसले गएराति वार्सामा भएको खेलमा म्याड्रिड एटलान्टालाई २–० ले हरायो। यो उसको छैंठौं उपाधि हो। पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै सिजन रियल आएका हुन् र डेब्युमै गोल गर्न पनि सफल रहे। खेलमा युरोपेली च्याम्पियनका लागि फेड भाल्भेरडेले ५९ औं मिनेटमा पहिलो गोल गरेपछि एमबापेले ६८ औं मिनेटमा दोस्रो गोल थपेका थिए। खेलपछि एमबापले आफ्नो सपना पूरा भएकोमा खुसी भएको प्रतिक्रिया दिएका थिए।प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले रियलका लागि १४ औं उपाधि पनि जितेका छन्।...
नाडा अटो शो–२०२४ भदौ ११ गतेदेखि

नाडा अटो शो–२०२४ भदौ ११ गतेदेखि

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-१, समाचार
३० साउन,काठमाडौं ।नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो–२०२४ आयोजना गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म अर्थात् भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने बताइएको हो। यस वर्ष नाडा अटो शोमा टाटा.ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन्।यो कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकले जनाएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्गे ब्रान्डहरू,१९ दुई पाङ्गे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले बताएको छ। जुन लुब्रिकेन्ट, टायर,ब्याट्री,ग्...
चलचित्र विकास बोर्डको अध्यक्षका लागि दिइन करिस्माले निवेदन

चलचित्र विकास बोर्डको अध्यक्षका लागि दिइन करिस्माले निवेदन

कला, ताजा अपडेट, बिशेष, मनोरन्जन, समाचार
३० साउन,काठमाडौं। चलचित्र विकास बोर्डको रित्त अध्यक्ष पदका लागि अभिनेत्री करिस्मा मानन्धरले निवेदन दिएकी छिन् । अभिनेत्री मानन्धरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर आफ्नो निवेदन दर्ता गराएको बताएकी छिन् ।बोर्ड अध्यक्षका लागि अहिलेसम्म  उनको सहित तीन जनाको आवेदन परेको छ ।यस अधि निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरमा पूर्वमहाप्रवन्धक राजेश थापाले निवेदन दर्ता गराएका थिए । आवेदन दिने मिति सकिएपछि मन्त्रालयले कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ता दिनका लागि सूचना जारी गर्नेछ । त्यसपछि,मन्त्रालयले आवेदन दिएका व्यक्तिहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ।मन्त्रीपरिषद्ले ती नामबाट एक जनालाई विकास बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ । भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान भएको थियो ।...
टाटाको विंगर अफर सार्वजनिक

टाटाको विंगर अफर सार्वजनिक

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
३० साउन,काठमाडौं ।नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘टाटा विंगरको धमाकेदार अफर’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत २० प्रतिशत डाउनपेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधिको साथ ७० प्रतिशतसम्म फाइनान्स सुविधामा विंगर खरीद गर्न सकिनेछ।मासिक ६० हजार रुपैयाँको किस्ताबन्दी सुविधा रहेको कम्पनीले जनाएको छ। टाटा मोटर्सले हालै पुनः सार्वजनिक गरेको टाटा विंगरको नयाँ मोडेल छोटो तथा लामो दूरीका लागि किफायती र आरामदायी रहेको सिप्रदीका प्रोडक्ट मेनेजर इन्द्रमणि पोख्रेलले बताए। बीएस-६ प्रविधि भएको यस गाडीमा १०० हर्सपावरका साथै २०० न्यूटन मिटरको टर्क छ।...
भदौ ६ गते प्रतिनिधिसभा,प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

भदौ ६ गते प्रतिनिधिसभा,प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
३० साउन,काठमाडौं। प्रतिनिधिसभाको अर्का बैठक आगामी भदौ ६ गते बस्ने भएको छ।सो बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। प्रतिनिधिसभाको आज बिहिबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तर कार्यक्रमका लागि आगामी भदौ २ गते दिउँसो २ बजेभित्र प्रतिनिधिसभा सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन आग्रह गरेका छन्। बैठक सोही दिन दिउँसो १ बजे बस्ने भनिएको छ।...
संसद्‌बाट बहुमतले पारित भयो टिआरसी विधेयक

संसद्‌बाट बहुमतले पारित भयो टिआरसी विधेयक

अपराध, ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
३० साउन,काठमाडौं ।लामो समयसम्म गिजोलिएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) अन्ततः संसदबाट पारित भएको छ। तत्कालीन सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको करिब दुई दशकपछि संक्रमणकालीन न्याय निष्कर्षमा पुग्नेगरी टिआरसी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको हो। शान्ति सम्झौताको ८ वर्षपछि वि.सं. २०७१ मा जारी भएको संक्रमणकालीन न्यायसम्बन्धी ऐनमा गम्भीर मानवअधिकार उल्लंघनका दोषीलाई आममाफी दिने प्रावधान राखिएपछि यो विषय विवादमा तानिएको थियो। त्यसपछि ऐनको उक्त व्यवस्थालाई बदर गर्दै सर्वोच्च अदालतले त्यसमा संशोधन गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि टिआरसी ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक लामो समय गिजोलिएको थियो ।विधेयकमा मानव अधिकारको गम्भीर उल्लंघनको परिभाषामा स्वेच्छाचारी रुपमा क्रूरतापूर्वक गरिएको हत्या (आर्बिटरी किलिङ) राखिएको छ। यसैगरी,घटी सजायको सन्दर्...
अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु

अहिलेसम्म विपद्‌बाट दुई सय ११ को मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। नेपालमा मनसुन पछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्‌बाट दुई सय ११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता रहेका छन् भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपद्‌बाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा।डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य विपद्मा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ । बागमती र गण्डकी प्रदेश दुवैमा ५८र५८ जनाको मृत्यु भएको छ । यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्र...
नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३४ दशमलव २९ अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव १७ प्रतिशतले बढेर दुई हजार नौ सय ५७ दशमलव ७५ को बिन्दुमा कायम भएको हो। आज तीन सय ३२ कम्पनीको पाँच करोड १२ लाख ३० हजार तीन सय ४० कित्ता शेयर दुई लाख ४४ हजार १९ पटक खरिदबिक्री हुँदा २३ अर्ब ४३ करोड पाँच लाख ८१ हजार एक सय ५० बराबरको कारोबार भएको छ। जीवन बीमा समूह शून्य दशमलव ०८, लघुवित्त शून्य दशमलव ७० र म्युचुअल फन्ड शून्य दशमलव ९० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। आज वित्त समूहको उपसूचक सबैभन्दा बढी सात दशमलव ६७ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ७२, विकास बैंक तीन दशमलव ०७, होटल तथा पर्यटन दुई दशमलव ३७, जलविद्युत् एक दशमलव ९१, लगानी दुई दशमलव ४९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६४, निर्जीवन बीमा शून्य दशमलव ७४, व्यापार शून्य दशमलव ३९ र अन्य समूह ...
रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने

रास्वपाले असोज १ र २ गते राष्ट्रिय भेला गर्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८१ असोज १ र २ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय भेला भन्दा अगाडि सो पार्टीले सातै प्रदेशमा भेलाहरू गर्ने भएको छ । बुधवार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी० मा छलफल हुनेछ ।...
संविधान संशोधनमा दुई तिहाइको बल प्रयोग गर्दैनौँ : प्रधानमन्त्री ओली

संविधान संशोधनमा दुई तिहाइको बल प्रयोग गर्दैनौँ : प्रधानमन्त्री ओली

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् । प्रतिनिधि सभामा उनले संविधान आफूहरूले बनाएको भन्दै संशोधन गर्दा प्रतिगमन नहुने तर्क गरे । ‘हामीले कठिन स्थितिमा संविधान निर्माण गरेका हौँ । त्यसैगरी संविधान संशोधन गर्छौँ । संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदै छैन भन्ने होइन । हामीले मिलेर संविधान बनाएका हौँ । मिलेर कार्यान्वयन गर्छौँ’, प्रधानमन्त्रीले भने ।उनले संविधान संशोधन सहमतिको साथ गर्ने बताए । ओलीले भने भने, ‘दुई तिहाइ त यसै पनि चाहिन्छ । तर, जसोतसो दुई तिहाइ पुर्‍याऔँ भन्ने होइन । संविधानको स्वस्वीकार्यतालाई ध्यानमा राखेर अघि बढ्छौँ । आवश्यकताअनुसार परिमार्जन गर्नुपर्छ ।’...