संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ‘फाष्ट ट्रयाक’बाट पारित हुदै
काठमाडौं।लामो रस्साकस्सीपछि संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक आज बुधबार संसदबाट पास हुने तयारीमा छ।सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) ‘फाष्ट ट्रयाक’बाट पारित गर्न लागेको हो।
हिजो पेस भएको विधेयका आज बस्ने प्रतिनिधिसभाको बैठकले पास गर्ने कार्यसूची रहेको छ।दिउँसो १ बजे बस्ने बैठकमा कानुन,न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले “कानुन,न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०७९ माथि छलफल गरियोस्” भनी प्रस्ताव गर्नै संसद् सचिवालयले जनाएको छ।
त्यस्तै सो बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक,२०८१ लाई पारित गरियोस् भनी कानुनमन्त्रीले प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ।
नेपालको संक्रमणकालीन न्यायला...








