ताजा अपडेट

सार्कका विविध पक्षबारे छलफल

सार्कका विविध पक्षबारे छलफल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन  (सार्क) का विविध पक्षबारे परराष्ट्र मन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवासँग मंगलबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिएको सार्क सचिवालयले जनाएको छ । सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्र मन्त्रीका रूपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हालेकोमा मन्त्री राणाप्रति बधाई ज्ञापन गरे । भेटका अवसरमा उनीहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।...
पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव

पोखरामा स्कुल बस बिहान साढे ८ बजेबाट मात्रै सञ्चालन गर्न सुझाव

ताजा अपडेट, बिशेष, वातावरण, समाचार, स्थानीय
पोखरा । स्कुल बस सञ्चालनलाई सुरक्षित बनाउन सुझाव दिने गरी गठित अध्ययन समितिले विद्यालय सञ्चालनको डेढ घण्टा अघि मात्रै विद्यार्थी ओसार्न सुझाव दिएको छ ।  विद्यालयले आवश्यकताका आधारमा मात्रै बस सञ्चालन गर्नुपर्ने र बिहान साढे ८ बजेबाट विद्यार्थी लिन बस निस्किनुपर्ने समितिले सुझाव दिएको हो । यस्तै,ट्राफिक नियम तथा सडक सुरक्षा प्रति सजग हुन,बस चलाइरहेको बेला चालकले मोबाइलमा कुरा नगर्न, विद्यार्थी चढ्दा र झर्दाको समयमा अत्यन्तै सावधानी अपनाउन सुझाइएको छ।साउन १४ गते पोखरा २१ मा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन गठन भएको समितिले यस्ता सुझाव दिएको हो। उक्त बस ब्रेक फेल भएर दुर्घटना भएको प्रतिवेदन दिइएको छ।बिरौटा स्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटनामा आमा छोराको मृत्यु भएको थियो। भने २८ जना घाइते भएका थिए।दुर्घटना लगत्तै महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोज...
वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुंगे पुल सञ्चालनमा

वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुंगे पुल सञ्चालनमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको दुई वर्षपछि सञ्चालनमा आएको हो । माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रमसम्म जान उक्त पुल निर्माण गरिएको हो । विसं २०७० मा निर्माण सुरु गरिएको पुल विसं २०७९ मा सम्पन्न भएको थियो । चितवन तर्फ राष्ट्रिय निकुञ्ज पर्ने हुँदा उक्त पुल सञ्चालनमा आउन सकेको थिएन । करिब पाँच सय ३५ मिटर लम्बाइको झोलुङ्गे पुल रुबिना – मना जेबी ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको हो । रु छ करोड लागतमा पुल निर्माण गरिएको हो । पुल सोमबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै त्रिवेणीबाट नेपालको भूभाग हुँदै वाल्मीकि आश्रम जान सकिने भएको छ । यसअघि चितवन तर्फ बाटो ...
नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

नाकामा अवरोध हटेपछि पर्यटक आवागमनमा सहज

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । कोभिड(१९ का बेला तेस्रो मुलुकका पर्यटकलाई नेपाली नाका हुँदै भारत जान गरिएको अवरोध गृहमन्त्री रमेश लेखकको पहलपछि हटेको छ । उक्त अवरोध हटेपछि नेपाल(भारत नाकाबाट पर्यटक आवागमनमा सहज भएको छ । यही साउनको पहिलो साता गृहमन्त्री लेखकले गृह मन्त्रालयको पदभार ग्रहण गरेपछि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवसँगको शिष्टाचार भेटमा भारतसित जोडिएका नाकाबाट भारत प्रवेश गर्न तेस्रो मुलुकका नागरिकलाई अध्यागमन सेवामा गरिएको अवरोध हटाउने विषयमा छलफल गरेको थियो । भारतीय पक्षले साउनको दोस्रो सातादेखि अध्यागमन सेवाको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काएपछि झापादेखि कञ्चनपुरसम्मका नाकाबाट पर्यटक आवागमन सहज भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले इलामको पशुपतिनगर नाकाबाट भारत जान भारततर्फ अध्यागमन कार्यालय नभएको बाहेक भारतसित जोडिएका मुलुकका सबै नाकाबाट पर्यट...
भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
नवलपुर । पूर्व(पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो । नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । अहिले आंशिक रूपमा सतर्कताका साथ सडक सञ्चलन गरिएको बताइएको छ ।...
अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’सार्वजनिक,एक सातामै झन्डै दुईलाखले हेरे

अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’सार्वजनिक,एक सातामै झन्डै दुईलाखले हेरे

कला, ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
सीता पौडेल (अर्चना) २९ साउन,काठमाडौं ।कलाकार अशोक अर्यालको तीज गीत ‘अमेरीकामा घर’ सार्वजनिक भएको छ । कलाकार शान्तीश्री परियार र अशोक अर्याल स्वयंंको आवाज रहेको उक्त गीत गत हप्ता सार्वजनिक भएको हो।अशोका इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलबाट गत हप्ता मात्रै सार्वजनिक गरिएको उक्त गीतलाई एक सातामै एक लाख छयानब्बे हजार छ सयभन्दा बढीले हेरीसकेका छन्। यस गीतमा संगीतकार राजु अर्यालले संगीत संयोजन गरेका छन्।भने,राजेश पौडेल र डा.विष्णुमुर्ति भट्टराइको शब्द संयोजन रहेको गायक अशोक अर्यालले जानकारी दिए। उनका अनुसार मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।यस्तैगरि सो गीतमा सागर बाजुरालीको रेकर्ड र खडक बाजुरालीको मिक्सिङ रहेको छ। अमेरीका निवासी अर्यालको उक्त गीतको छयाँकन भने,अमेरीकाको नर्थ क्यारोलाइनामा गरिएको छयाँकनमा सहभागी अमेरीका निवासी कला ...
किरण आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ लोकार्पण

किरण आचार्यको पौराणिक उपन्यास ‘अहिल्या’ लोकार्पण

कला, ताजा अपडेट, समाचार, साहित्य
सीता पौडेल (अर्चना) काठमाडौं।साहित्यकार तथा उपन्यासकार किरण आचार्यको पौराणिक कथामा आधारित उपन्यास ‘अहिल्या’ लोकापर्ण भएको छ । शनिबार साहित्यिक पत्रकार संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच उक्त उपन्यासको लोकार्पण गरिएको हो। उपन्यसको काठमाडौं विश्वविद्यालयका अनुसन्धान विभाग सदस्य प्रा.डा.जयराज अवस्थी र संघका अध्यक्ष राधेश्याम लेकाली लगायत पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ,समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्की,प्रमोद प्रधान र ज्ञानु अधिकारी लगायतले लोकापर्ण गरेका थिए । यस्तै उक्त उपन्यासको स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ (रोदन),पत्रकार राजकुमार बानियाँ र शिखा बुक्स प्रा.लि.का अध्यक्ष पुष्पराज पौडेल,पत्रकारहरु र विभिन्न विधाका साहित्यकार तथा शुभचिन्तकहरुको सहभागितामा सामुहिक रुपमा लेकार्पण गरिएको संघका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । कार्यक्रमम...
मनसुन अवधिभर एक करोड वृक्षारोपण गरौं  : मन्त्री शाही

मनसुन अवधिभर एक करोड वृक्षारोपण गरौं : मन्त्री शाही

ताजा अपडेट, पर्यटन, बिशेष, वातावरण, समाचार
२९ साउन,काठमाडौं।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्नु पर्ने आवश्यक्ता औंल्याएका छन् । मन्त्री शाहीले मनसुन अवधिभर देशभर करिब एक करोड वृक्षारोपण गर्न निर्देशन समेत दिएका छन् ।उनले भनेका छन– मनसुन अवधिमा नेपालभरि बृहत् रूपमा वृक्षारोपण अभियान सञ्चालन गर्न प्रदेशस्तरमा रहेका सबै वन कार्यालय,भू तथा जलाधार संरक्षण कार्यालय,राष्ट्रिय निकुञ्ज तथा आरक्ष कार्यालय र देशभरका सात सय ५३ स्थानीय तहमा करिब एक करोड वृक्षारोपण अभियान सञ्चालन गर्न निर्देशन जारी गरिएको उल्लेख गरेका छन्। उनले वृक्षारोपण कार्यलाई प्रभावकारी बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि मन्त्रालय मातहतका सबै निकायलाई अनुरोध गरेका छन् । “जलवायु परिवर्तनले हिमालयलगायत मानव जीवन,सामाजिक,आर्थिक विकास, जैविक विविधता, पर्यटनलगायत क्षेत्रमा नकारात्मक असर पुर्याउन था...
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनः निर्माण

पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनः निर्माण

ताजा अपडेट, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनः निर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँच मार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण समेत गरिएको थियो । बेनी–जोमसोम–सडक मुनी रहेको मन्दिरलाई सडक माथि सारेर जीर्णोद्वार गरिएको राममन्दिर पुन निर्माण समितिका अध्यक्ष खड्ग गिरीले बताए । उनका अनुसार रु २४ लाख ७० हजार ७५० को लागतमा मन्दिर पुनः निर्माण भएको हो । “मन्दिर पुनर्निर्माण लागि रु।१५ लाख उपलब्ध गराउने सहमति गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले हालसम्म रु। १३ लाख ३२ हजार तीन सय ६१ उपलब्ध गराएको छ,” अध्यक्ष गिरीले भने “रु।चार लाख ७४ हजार ७०७ चन्दा सहयोग, रु। एक लाख ११ हजार सात सय आन्तरिक आम्दानी परिचालन गरेका छौ ।”रु दुई लाख ८० हजार ८५६ ऋण रहेको मन्...
‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

‘हेल्लो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेल्लो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदवारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका काम कारवाहीबारे आम जनताले सहजरुपमा गुनासो र उजुरी दिन व्यवस्था गरिएको उक्त संयन्त्रलाई प्रभावकारी बनाउन जोड दिएका हुन् । प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् । ‘हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामति ऐन चाँडो ल्याउनुपर्ने लगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।...