ताजा अपडेट

रास्वपा संसदीय दलको बैठक आज बस्दै

रास्वपा संसदीय दलको बैठक आज बस्दै

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । सो बैठकअघि बिहान १०ः३० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभामा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
 २९ साउन,काठमाडौं ।सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् । भने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन,२०८०’ पेस गर्ने,शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन,२०८१’ पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।...
आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं ।आज बिहानैदेखि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने,कोशी,बागमती,गण्डकी,कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। उता आज रातिपनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी,बागमती,गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाई छ। कोशी,बागमती,गण्डकी,कर्णाली...
परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छ :उद्योगमन्त्री भण्डारी

परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्छ :उद्योगमन्त्री भण्डारी

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२८,साउन काठमाडौं ।उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भरपर्दो र विश्वासिलो संस्थाका रूपमा विकास गरिनुपर्ने बताएको छ। कम्पनीको पाँचौँ वार्षिकोत्सव समारोहमा मन्त्री भण्डारीले खाद्य व्यापार कम्पनीलाई जनउत्तरदायी संस्था बनाउन सबैको ध्यान जानुपर्ने बताए।सरकार र मातहतका निकायमाथि उठेका प्रश्नको जवाफ सकारात्मक नतिजाबाट दिनुपर्नेमा जोड दिँदै उनले परिणाम दिन नसक्नेले जिम्मेवारी छाड्नुपर्ने बताए। “खाद्य वस्तु उपलब्धताको अभाव भएका स्थानमा कम्पनीले प्राथमिकताका साथ सेवा दिनुपर्छ” मन्त्री भण्डारीले भने।मन्त्री भण्डारीले प्रश्न गरे,“कम्पनीले बजारमा सकारात्मक हस्तक्षेप गर्न किन सकिरहेको छैन?किन कार्य क्षेत्र विस्तार गर्न सकिएन” ? उनले परम्परागत रूपबाट कम्पनी चल्न नसक्ने भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई...
रास्वपा संसदीय दलको बैठक मंगलबार बस्ने

रास्वपा संसदीय दलको बैठक मंगलबार बस्ने

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
२८ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ ।मंगलबार विहान १०:३० बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा छलफलका लागि पाँच एजेण्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक,राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । बैठकमा छलफलका थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको विधेयकहरू सम्बन्धी कानुन,न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालिन न्याय सम्बन्धी विधेयक र विविध विषय रहेको जनाइएको छ।...
नेप्से ७०.८१ अंकले वृद्धि

नेप्से ७०.८१ अंकले वृद्धि

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, साउन काठमाडौं । सेयर बजारमा उच्च परिमाणको कारोबारको रेकर्ड ब्रेक भएको छ । आइतबार ४० अंकले सूचक बढेको बजारमा २५ अर्ब ९३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । उक्त रेकर्ड २४ घण्टा नबित्दै ब्रेक हुन पुगेको हो । सोमबार हालसम्मकै उच्च २७ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबरको ६ करोड ४८ लाख ७६ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । उच्च कारोबार हुने गरी सेयर बजारमा आएको उल्लासमय दिनमा नेप्से सूचक समेत ७०.८१ अंकले बढ्दै २९ सय ३१।६५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यो कोभिड–१९ पछिकै उच्च विन्दु हो ।...
सिमलतालमा दुर्घटना परेको एञ्जल यातायातका यात्रुको नाममा बनाइयो स्मृति स्तम्भ

सिमलतालमा दुर्घटना परेको एञ्जल यातायातका यात्रुको नाममा बनाइयो स्मृति स्तम्भ

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
२८, साउन काठमाडौं । दुई वटा बसलाई लेदोसहितको पहिरोले बगाएको सिमलतालमा हराइरहेका यात्रुहरूको स्मृतिमा स्तम्भ बनाइएको छ । एञ्जल बसका चालक तथा यात्रुहरूको नामसहित दुर्घटनास्थल सिमलतालमा स्मृति स्तम्भ बनाइएको हो ।जसमा वीरगञ्जबाट काठमाडौँ जान आएका एञ्जल डिलक्स बसमा यात्रा गरेका २६ जनाको नाम उल्लेख गरिएको छ ।असार २८ गते लेदोसहित आएको पहिरोले भरतपुर २९,सिमलतामा सडकबाट दुई वटा बस एञ्जल डिलक्स र गणपति यातायातको बसलाई एकै पटक त्रिशूलीमा खसाएको थियो । तर, स्तम्भमा भने एञ्जल डिलक्समा रहेका यात्रुहरूको मात्रै नाम उल्लेख गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कसले स्मृति स्तम्भ बनाएको भन्ने जानकारी नभएको बताए । दुवै बसमा गरी ६५ जना यात्रु रहेका थिए ।तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए ।बाँकी ६२ जना बससँगै हराएका थिए । उनीहरूमध्ये अहिलेसम्म १९ जनाको मात्रै शव पहिचान भएको छ।...
एक लाख बढीले पशुपतिनाथको दर्शन गरे

एक लाख बढीले पशुपतिनाथको दर्शन गरे

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, साउन काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथमा बिहान ४ बजेदेखि आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केका एक लाख १५ हजार भक्तजनले दिउँसो १२ बजेभित्र दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । अन्य दिनको तुलनामा आज दर्शनार्थीको घुइँचो बढेपछि सुरक्षाकर्मी एवं स्वयंसेवक खटाइएको विकास कोषले जनाएको छ । भक्तजनको सहजताका लागि बिहानैदेखि मन्दिरका चारै ढोका खुला गरिएको छ । दर्शनार्थीका सुरक्षाका लागि स्वयंसेवक परिचालन, दर्शन सहजीकरण, स्वास्थ्य शिविर, खाने पानीलगायत व्यवस्थापन गरिएको प्रवक्ता अधिकारीले बताए । भगवान् शिवजीको महिना र बार भएकाले पनि साउनको सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो लाग्ने गरेको विकास कोषका सदस्य सचिव डा।मिलनकुमार थापाले बताए । थापाका अनुसार आज साउनको अन्त...
मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको मृत्यु, आमा घाइते

मोटरसाइकल र स्कुटर ठोक्किँदा छोराको मृत्यु, आमा घाइते

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
२८, साउन बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना घाइते भएका छन्। सोमबार लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा ठोक्किँदा बुटवल उपमहानगरपालिका वार्ड नम्बर १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटर चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो। उनकी आमा ४३ वर्षीय गौमुखी पाठक गम्भीर घाइते भएकी छन्। घटनामा मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु पनि घाइते भएका छन् । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।...
भारतीय विदेश सचिव मिश्री र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

भारतीय विदेश सचिव मिश्री र उपप्रधानमन्त्री सिंहबीच भेटवार्ता

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
२८, साउन काठमाडौं । नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता भएको छ । सोमबार बिहान शहरी विकास मन्त्रालयमा भएको भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई बधाई र कार्यकाल सफलताको शुभकामना दिएका छन् । भेटमा शहरी विकास, फोहोरमैला व्यवस्थापन, बागमती, विष्णुमती लगायतका नदीको स्वच्छताका विषयमा नेपाल(भारतबीच हुनसक्ने सहकार्यका विषयमा छलफल भएको छ । उपप्रधानमन्त्री सिंहले स्वच्छ भारत अभियान र गंगा नदी सफाइको अनुभव र प्रविधि नेपालका लागि उपयोगी हुनसक्ने भन्दै सहकार्यका लागि आग्रह गरे ।त्यस्तै, मन्त्री सिंहले नेपाली नागरिकले आवतजावतमा समस्या भोगिरहेको भन्दै महाकाली नदीमा झोलुंगे पुल निर्माणमा भारतको सहजीकरण आवश्यक रहेको बताए ।...