ताजा अपडेट

आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
२३ साउन,काठमाडौं । संघीय संसद्का चार संसदीय समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो । कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता छलफल गर्ने कार्यसूची छ । यस्तै केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ग्रामीण क्षेत्रमा बाघ, भालु, हात्तीलगायत जनावरको आक्रमणबाट जनधनमा पुगेको क्षतिका विषयमा छलफल हुनेछ । बैठकमा बाँदर, बँदेल, दुम्सी, नीलगाईलगायत वन्यजन्तुबाट कृषि बालीमा भइरहेको क्षतिका बारेमा समेत छलफल हुनेछ । छलफलका लागि व...
प्रधानमन्त्री ओलीद्धारा अभिनीत चलचित्र ‘नमेटिने घाउ’को फस्टलुक सार्वजनिक

प्रधानमन्त्री ओलीद्धारा अभिनीत चलचित्र ‘नमेटिने घाउ’को फस्टलुक सार्वजनिक

कला, ताजा अपडेट, मनोरन्जन, समाचार
२३साउन,काठमाडौं।चलचित्र ‘नमेटिने घाउ’को फस्टलुक सार्वजनिक भएको छ। सोमबार सार्वजनिक भएको पोष्टरमा प्रधानमन्त्री केपी शर्मा ओली मुख्य रूपमा देखिएका छन्। आउँदो अर्का महिनाको ७ गते अर्थातभदौ ७ गते प्रदर्शनमा आउने उक्त चलचित्र(चलचित्र)को पोष्टरमा प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा र कुमुद ढुंगेल,प्रहरी निरीक्षक जेआर शर्मा लगायत मुख्य कलाकारको रूपमा देखिएका छन्। नायक रमित ढुंगानाको निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म नेपालभित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितको वास्तविक घटनामा आधारित छ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पनि यो फिल्ममा अभिनय छ‚ पोष्टरमा भने उनलाई देखाइएको छैन। निर्देशक ढुंगानाका अनुसार यस चलचित्रमा सांसदद्वय देवेन्द्र पौडेल, ज्ञानेन्द्र शाही, नेपाल प्रहरीहरू लगायत एसिड आक्रमणमा परेकाहरूको समेत अभिनय रहेको छ। एसिड आक्रमणमा परेका व्यक्तिले समाजमा भोग्नुपरेको ...
इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्दै

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
धरान । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ ।नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।” उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु छ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताए । उनले भने, “बसमा जीपीएस जडान, सीसी क्यामेरा, एसीलगायतका अन्य सुविधाको व्यवस्थापन गरी सूचना प्रविधिमैत्री बनाइएका छन् ।” नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकले वडा नं ६ का अध्यक्ष दिवस पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ...
आजदेखि एसइईको ग्रेडवृद्धि परीक्षा

आजदेखि एसइईको ग्रेडवृद्धि परीक्षा

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, शिक्षा, समाचार
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको ग्रेडवृद्धि परीक्षा आजदेखि शुरु हुँदैछ। यो वर्ष एसइईमा उत्तीर्ण हुन नसकेकालाई राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो । पहिलो दिन आज अनिवार्य अंग्रेजी, वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषाको परीक्षा हुनेछ। परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा बोर्डका अनुसार परीक्षामा दुई लाख १० हजार सहभागी हुँदैछन् । एक महिना अघि प्रकाशित माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका विद्यार्थीले पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ। परीक्षामा अनुत्तीर्णको संख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजार मात्रै सहभागी हुन लागेको बोर्डले जनाएको छ। यसका लागि मुलुक...
काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु

काँग्रेस केन्द्रीय समिति बैठक आजदेखि सुरु

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने छ । बैठकमा महासमितिले परिमार्जनसहित केन्द्रीय समितिले गर्ने भनिएका निर्णयमाथि छलफल हुने बताइएको छ ।
आजको मौसम : यी भूभागमा अति भारी वर्षाको सम्भावना

आजको मौसम : यी भूभागमा अति भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, साहित्य
२३साउन,काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। हाल कोशी,मधेस,बागमती,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेस प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,बागमती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशक...
शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
२३ साउन,काठमाडौं।इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन्। यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घ संस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो।सरकारको निर्देशनअनुसार समय–समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ। सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी भक्तपुरको बालकोटकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त गरेको भन्दै खुशी व्यक्त गरेकि छिन्। यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट राहत मिलेको भन्दै उनले नेपाल सरकारप्रति आभारी भएको जनाएकी छिन्। ।...
जिउधनको सुरक्षाको माग गर्दै अनिश्चितकालीन हड्तालमा उत्रिए बंगलादेशी प्रहरी

जिउधनको सुरक्षाको माग गर्दै अनिश्चितकालीन हड्तालमा उत्रिए बंगलादेशी प्रहरी

अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाचार
२३ साउन,काठमाडौं ।बंगलादेशमा प्रहरीहरुले अनिश्चितकालीन हड्ताल गरेका छन्। हिजो मंगलबारबाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन्।आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ। उक्त अखबारमा उल्लेख भए अनुसार शेख हसिनाले देश छोडेपछि बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको हो।देशभरका ४५० प्रहरी पोस्ट जलाइएको,धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीमाथि प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ । प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालनामात्रै गरेको संगठनले बताएको छ।सो अखवारमा जनाइए अनुसार एक प्रहरीले भनेका छन्, ‘केही प्रहरी अधिकृतहरुले जनतामाथि घात गरेका छन्,यो सत्य हो।यो संगठनका सबै सदस्यहरुमा लागू हुँदैन।’...
भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्यका कपडा बरामद

भन्सार छलेर ल्याइएका १२ लाख ५० हजार मूल्यका कपडा बरामद

अपराध, ताजा अपडेट, ब्यानर-२, समाचार
बनियानी।भन्सार छलेर ल्याइएका रु १२ लाख ५० हजार मूल्य बराबरका कपडा बरामद गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले बुद्ध शान्ति गाउँपालिका–७ सुनमाई चियाबगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट ती कपडा बरामद गरेको हो। बुद्ध शान्ति–७ सुनमाई चियाबगानबाट परिचालन भएको सशस्त्रको टोलीले रु १० लाख बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं २ गणका सूचना अधिकारी सुमन पोखरेलले जानकारी दिएका छन्। यसैगरी मेचीनगर–६ बसपार्क इलाकाबाट भन्सार छलेर ल्याइएको रु दुई लाख ५० हजार बराबरको कपडा बरामद गरेको सूचना अधिकारी पोखरेलले बताए।...
वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सत्कार सहकारीका तीनजना पक्राउ

वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सत्कार सहकारीका तीनजना पक्राउ

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
२३साउन, काठमाडौं ।रकम हिनामिना गरेको आरोपमा सत्कार बचत तथा ऋण सहकारी संस्थाका तीनजना पक्राउ परेका छन्। सामाखुशीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीनजना पक्राउ परेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ। पक्राउन पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी,रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की छन्। पुरी उक्त सहकारीका सचिव,श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक भएको प्रहरीले बताएको छ।    आर्कषक ब्याजदर दिने प्रलोभनमा पारेर रकम वचत गर्न लगाएका उनीहरुले बचतकर्ताले जम्मा गरेको रकमको साँवा,ब्याज फिर्ता माग गर्दा नदिएपछि पीडित ब्यूरोमा पुगेका थिए। ब्यूरोका प्रवक्ता प्रहर...