ताजा अपडेट

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव अघि बढाऔँ :गृहमन्त्री लेखक

निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव अघि बढाऔँ :गृहमन्त्री लेखक

ताजा अपडेट, ब्यानर-१, समाचार
२३ साउन,काठमाडौंं ।गृहमन्त्री रमेश लेखकले निर्वाचन सम्बन्धी ऐन संशोधन प्रस्ताव अघि बढाउनुपर्ने बताएका छन्। मंगलबार निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहितका पदाधिकारीसँगको छलफलमा उनले निर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव चाँडै संसदमा लैजानुपर्ने आवश्यक्ता औंल्याए।उनले भने, ‘ ‘निर्वाचन कानुनलाई एकीकृत गर्ने कुरा छ। निर्वाचन आयोग ऐनका केही दफा र सात वटा ऐनलाई एकीकृत गरिराखेका छौँ। यसबाट ८ वटा ऐन यसबाट प्रभावित भइराखेका छन्। अब यसलाई अगाडि बढाऔँ।यसलाई चाँडोभन्दा चाँडो संसदमा लैजाऔँ।’ संसदमा आफूलेनिर्वाचनसम्बन्धी ऐन संशोधनको प्रस्ताव लैजाने पनि उनले प्रतिबद्धता व्यक्त गरे।आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने गरी प्रस्ताव तयार पार्न गृहमन्त्री लेखकको आग्रह गरे। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप सुढृढ गर्नेगरी अगाडि...
ग्लोबल आइएमई बैंक,आइएमई र जाल्टानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

ग्लोबल आइएमई बैंक,आइएमई र जाल्टानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं ।ग्लोबल आइएमई बैंकले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीलाई सहजरुपमा शैक्षिक कर्जा दिने भएको छ। बैंक,आइएमई लिमिटेड र जापनिज भाषा शिक्षक संघ नेपाल (जाल्टान)बीच यस सम्बन्धमा त्रिपक्षीय सम्झौता भएपछि जापानका लागि विद्यार्थीहरुले सहजरुपमा शैक्षिक कर्जा पाउने भएका हुन्। समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल,आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशील थापा र जाल्टानका अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गरेका छन्। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकलेसमझदारीअनुसार जाल्टानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयमा उच्च शिक्षाका निमित्त आवश्यक पर्ने शैक्षिक कर्जा प्रवाह गर्ने जानकारी गराएको हो। त्यस्तै सम्झौताअनुसार जापान जाने विद्यार्थीले आइएमईबाट सजिलैसँग नेपालमा पैसा पठाउन सक्नेछन्।  ...
भोलि पनि अति भारी वर्षाको सम्भावना,३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध

भोलि पनि अति भारी वर्षाको सम्भावना,३४ जिल्लामा रात्रि बस नचलाउन अनुरोध

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
२२ साउन,काठमाडौं।जल तथा मौसम विज्ञान विभागले भोलि पनि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा हुनसक्ने जनाएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एक सुचना जारी गरेर भोलि पनि अति भारी वर्षाका कारण विपद्का घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।प्राधिकरणले रातको समयमा बाढी पहिरोको आकलन गर्न कठिन हुने भएकाले जोखिममा रहेको जिल्लामा रात्रिकालीन बस नचलाउन अनुरोध गरेको छ । भारी वर्षाको समयमा जरुरी काम बाहेक यात्रा नगर्न, नदी किनाराका बासिन्दा चनाखो रहन र समस्या परे सुरक्षा निकायमा तुरुन्त खबर गर्न प्राधिकरणले अनुरोध गरेको छ।अति भारी वर्षाबाट ३४ जिल्ला उच्च जोखिममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले ताप्लेजुङ,पाँचथर,संखुवासभा,तेह्रथुम,रसुवा,सिन्धुपाल्चोक,चितवन,दोलखा,धादिङ,नुवाकोटलाई उच्च जोखमको सूचीमा राखेको छ।त्यस्तै कपिलवुस्त,रुप...
देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो,उपत्यकामा मात्रै २० जना

देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो,उपत्यकामा मात्रै २० जना

ताजा अपडेट, बिशेष, ब्यानर-२, समाचार, स्वास्थ्य
२२ साउन,काठमाडौं।गत साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको हो। सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौंमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ।यसैगरी कैलालीमा ८ जना र प्युठानमा २ जनामा हैजा संक्रमण पुष्टि भएको छ।हैजा संक्रमण हुनेमा सबैभन्दा बढी ५ देखि १४ वर्ष उमेर समुहका बालबालिका छन्।त्यसपछि १५ देखि २४ वर्षका,३५ देखि ४४ वर्षका,४५ देखि ५४ वर्षका ,५५ देखि ६४ वर्ष र १४ वर्षमुनिकामा हैजा देखिएको छ। सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन हैजाको प्रकोप नै देखिन सक्ने जोखिम देख्छन्।हालसम्म पुष्टि भएको संख्या भन्दा समुदायस्तरमा हैजाका बिरामी बढी हुनसक्ने उनको अनुमान छ।कित्सकहरुका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण फैलाउन प्रमुख भूमिका खेल्छ । बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर...
मिडिया काउन्सिल विधेयकको नाम आम सञ्चार परिषद् विधेयक राखिने

मिडिया काउन्सिल विधेयकको नाम आम सञ्चार परिषद् विधेयक राखिने

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
२२ साउन,काठमाडौंं। मिडिया काउन्सिल विधेयक २०८० को नाम ‘आम सञ्चार परिषद् विधेयक’ राखिने संसदीय समितिमा सहमति जुटेको छ । मंगलबार राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयक,२०८० माथि दफावार छलफल भएको थियो।बैठकमा मिडिया काउन्सिल विधेयकको नाम उल्लेखित नाम राख्ने सहमति जुटेको हो। बैठकमा‘ मिडिया काउन्सिल’ नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर समिति सदस्यहरूले संशोधन प्रस्ताव गर्दै सो नामलाई नेपालीकरण गर्नुपर्नेमा जोड दिइएको थियो।सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताएका थिए । सँगै मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमति जुटेको समिति सभापति जयन्तीदेवी राईले घोषणा गरेकी छिन् ।परिवर्तित नाम अनुरूप बाँकी प्रक्रिया अगाडी बढाउने ...
उद्योगपति अग्रवालको निधन

उद्योगपति अग्रवालको निधन

ताजा अपडेट, समाचार, स्वास्थ्य
२२ साउन,काठमाडौं ।वरिष्ठ उद्योगपति तथा संविधानसभा सदस्य श्रवणकुमार अग्रवालको निधन भएको छ।मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत रहेका अग्रवालको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो। स्वर्गीय अग्रवाल आरएमसी सिमेन्ट,पाल्पा सिमेन्ट,आरएमसी फुड्स उद्योगलगायतका विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए। उनका श्रीमती,दुई छोरा र एक छोरी छन्।उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवार स्रोतले बताएको छ।...
नेप्से परिसूचक ५ अंकले बढ्यो

नेप्से परिसूचक ५ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । प्री(ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज प्री ओपन सेसनमा नेप्से परिसूचक ५।६५ अंकले बढेर २८०२।०४ विन्दुमा कायम भएको हो। यो समयमा ९७ वटा स्क्रिप्सको २९ हजार ९३१ कित्ता सेयर १ करोड ४९ लाख ८२ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएका ५२ स्टक्सको मूल्य बढ्दा २१ वटा घटेको छ । बाँकी २१ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।...
ढलमा छिरेर बेपत्ता महिला मृत फेला

ढलमा छिरेर बेपत्ता महिला मृत फेला

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काभ्रे । काभ्रेको धुलिखेलमा ढलमा परेर बेपत्ता भएकी एक महिला मृत फेला परेकी छिन् । मंगलबार धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरमा रहेको ढलमा परेर बेपत्ता भएकी भगवती भागदास मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार बिहान १०ः४५ बजेको समयमा श्रीखण्डपुरमा रहेको ढलको मकलमा परेर रामेछाप खाडादेवी गाउँपालिका–३ घर भई हाल पनौती नगरपालिका– ५ नैकिनटार बस्ने वर्ष ५० की भागदास बेपत्ता भएकी थिइन् । ढलमा परेर बेपत्ता भएकी भागदासको खोजतलास गर्ने क्रममा बिहान ११ः३५ बजे करिव ३०० मिटर तल शवफेला परेको प्रहरीले बताएको छ ।...
बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागले मोबाइलमा सन्देश पठाएर काठमाडौँ उपत्यकास्थित बागमती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो । नदीको पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र रहनुहुनेले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।...
पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

पहिरोमा चार घर पुरिए, एक जनाको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
बागलुङ । बडिगाड गाउँपालिका(९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एक जनाको मृत्यु भएको छ । भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो । उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ । बडिगाड गाउँपालिका(१० दर्लिङमा तीन वटा घर पुरिएका छन् । विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ । ती घरमा मानिस भएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए ।...