ताजा अपडेट

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहिरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ । उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिए । भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उनले जनाए । कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा र...
निर्माणाधीन संसद भवनको काम ९ महिनाभित्र सक्न मन्त्री सिंहको निर्देशन

निर्माणाधीन संसद भवनको काम ९ महिनाभित्र सक्न मन्त्री सिंहको निर्देशन

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं ।उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद भवनको अवलोकन गरेका छन् । आज बिहान स्थलगत अवलोकन गरेपछि मन्त्री सिंहले निर्माण कार्यलाई तीव्रता दिन र छिटो सम्पन्न गर्न निर्देशन दिए । २०७६ साल असोज १६ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको नयाँ संसद भवनको निर्माण कार्य २०८० वैशाख १४ गते सम्पन्न गर्ने समयसीमा तोकिए पनि समयमै सम्पन्न हुन सकेको छैन । भ्याटबाहेक ६ अर्ब ९२ करोड रुपैयाँमा भवन निर्माण गर्ने ठेक्का टुण्डी शेक जेभीले पाएको छ । सुरुका वर्ष कोभिडका कारण काममा ढिलाइ भएको भनिए पनि कोभिड महामारी सकिसक्दा पनि कामले गति लिन सकेको छैन । अनुगमनपछि उपप्रधानमन्त्री सिंहले संसदको आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न चाहेको भन्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिए । निर्माण सम्झौता अनुसार आगामी नौ महिनामा काम सम्पन्न गर्नुपर्न...
पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
कास्की । पोखरा महानगरपालिका–७ माछापुच्छ्रे टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख थिइन्। त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भनिन्, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि रु” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बु...
सुनको मूल्य १ लाख ४६ हजार कायम

सुनको मूल्य १ लाख ४६ हजार कायम

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो । यस्तै, तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तैगरी चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा आज १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो : महासचिव पोखरेल

लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेसको सत्ता सहकार्य भयो : महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको स्थायीत्वका लागि एमाले र काँग्रेस बीच सत्ता सहकार्य भएको बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्र माथि नै प्रश्न उठ्न थालेको भन्दै लोकतन्त्रलाई बलियो बनाउन एमाले र काँग्रेस मिल्नुपरेको दाबी गरे । झराजनीतिक अस्थिरताले अहिलेको शासकीय व्यवस्थामाथि नै अविश्वास पैदा हुदैँ गयो ।ञ महासचिव पोखरेलले भने झत्यसको अन्त्य गर्न चुनावी संबिधान संशोधन गर्न आवश्यक छ । एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको हो ।महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संबैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संबिधान संशोधन गरिने बताए । सरकार बनाउँदा साना दलले गर्ने बार्गेनिङका कारण सरकार अस्थिर हुने बताउँद...
कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

कञ्चनजङ्घा क्षेत्रमा हिउँचितुवाको आक्रमण बढ्दो

ताजा अपडेट, वातावरण, समाचार
फुङ्लिङ । ताप्लेजुङ जिल्लामा हिउँचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्नेक्रम बढ्दै गएको छ । गत वर्ष आर्थिक वर्ष २०८०–८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका–७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो । उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याक पालन नै रहेको छ । कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्रविधिक अध्ययनपछि किसालाई रु ४० हजारदेखि रु एक लाख २० हजार क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताए । उनका अनुसार आव २०...
नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् । उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् । नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताए । “तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उनले भने, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ ।” अध्यक्ष जुग्जालीका अ...
आजको विदेशी मुद्राको मूल्य कति ?

आजको विदेशी मुद्राको मूल्य कति ?

अर्थतन्त्र, ताजा अपडेट, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४।२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.८१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९४ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९२ रुपैयाँ रहेको छ ।...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-२, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ । बैठकमा सभामुखले संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २८ को उपनियम ९२० बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।...
आज साउन १५, खिर खाएर मनाइँदै

आज साउन १५, खिर खाएर मनाइँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
 काठमाडौं ।  साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा...