ताजा अपडेट

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक,को–को भए राजदूतमा सिफारिस ?

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक,को–को भए राजदूतमा सिफारिस ?

ताजा अपडेट, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं।सरकारले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेको छ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलन मार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेका हुन्। मन्त्री गुरुङका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता,१८ देशमा राजदूत नियुक्ति सिफारिश र २२ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै बागमती,लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख बर्खास्त गरी नयाँ प्रदेश प्रमुखको सिफारिश गरेको मन्त्री गुरुङले जानकारी दिएका छन् । सरकारले १५ जिल्लाका पौने ३ लाख गरिब घरपरिवारको अन्तिम सूची मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ।यसैगरी सो बैठकले नेपाली सेनाको कामू प्रधानसेनापतिमा रथी अशोकराज सिग्देललाई जिम्मेवारी तोकेको मन्त्री गुरुङले बताएका छन्।      ...
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
तनहुँ । आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९/८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो अवधिमा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।...
काठमाडौँ उपत्यकाका  यी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ उपत्यकाका  यी नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौँ । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा गएरातिदेखि भारी वर्षा भइरहँदा नदीहरूमा जलसतह बढेको छ। राति ११ बजेबाट उपत्यकामा धेरै स्थानमा भारी वर्षा भएको हो । भारी वर्षासँगै वाग्मती, हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खु खोलालगायत नदी तथा खोलामा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । खोलाको बाढी किनारको सडकसम्म आउने र बस्तीमा डुबान समेत हुनसक्ने देखिएकाले सडक किनारबाट यात्रा नगर्न विभागले आग्रह गरेको छ । डुबान हुने स्थानमा रहनेहरू बिहान १० बजेसम्म सुरक्षित स्थानमा रहनुपर्ने विभागले जनाएको छ ।...
३१ वटा युट्युब च्यानल कारबाहीमा

३१ वटा युट्युब च्यानल कारबाहीमा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं। प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचार संहिता विपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक व्यक्ति र कम्पनीलाई कारबाही गरेको छ। काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता र सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो।दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने,चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ। मिडिया अन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न,सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ।हेल्लोटिभी नेपाल फेसबुक पेज,पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा,आतङ्...
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४० रुपैयाँ रहेको छ । यस्तैगरी, साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर २९.०५ रुपैयाँ रहेको छ ।  बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८०रुपैयाँ रहेको छ । ...
यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

यी ६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।  राति देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना र...
श्रावण २१ गतेदेखि स्वयंभुमा ‘गुँला पर्व मेला’ लाग्ने,मेलामा बजाइने ‘धा: बाजा’को अभ्यास

श्रावण २१ गतेदेखि स्वयंभुमा ‘गुँला पर्व मेला’ लाग्ने,मेलामा बजाइने ‘धा: बाजा’को अभ्यास

ताजा अपडेट, पर्यटन, ब्यानर-१, वातावरण, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) काठमाडौं ।यहि श्रावण २१ गतेदेखि भदौं २१ गतेसम्म काठमाडौंको वडा नम्बर–१५ स्थित स्वयंभुमा  नेवारी समुदायमा प्रख्यात र महत्वपूर्ण ‘गुँला पर्व मेला’ लाग्ने भएको छ ।नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने यो पर्वका अवसरमा एक महिनासम्म लाग्ने सो मेलामा बजाइने ‘धा बाजा’को बालाजुको बाइसधारामा अभ्यास भइरहको छ । ‘न्यागः मणि फेदी मानन्धर गुथी’का सह–अध्यक्ष एवं बाजा गुरु पुष्पलाल मानन्धरले खासगरी असार र श्रावण महिनालाई अनिकालको महिनामा रुपमा लिइने र यो समयमा हरेक वर्ष स्वयंभुमा ‘गुँला पर्व मेला’ लाग्ने गरेको बताए। नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म यो पर्व मनाउँछन् ।नेपाल संवत्अनुसार दशौँ महिनालाई गुँला भनिन्छ । गुँको अर्थ गुण गर्ने,राम्रो एवं गुनिलो काम,अरुको उपकार गर्ने कार्यलाई जनाउने सह–अध्यक्ष मानन्धरक...
आगामी तीन दिन राति धेरै भारी वर्षाको सम्भावना

आगामी तीन दिन राति धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिन विषेशगरी रात्रिको समयमा धेरै वर्षा हुने भएकाले बाढीपहिरो जस्ता मनसुनजन्य घटना बढ्नसक्ने तर्फ सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । मौसमविद् सञ्जीव अधिकारीले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जानकारी दिए । “रातिको समयमा वर्षा हुने सम्भावना छ तर लगातारको वर्षाको सम्भावना भने छैन”,उनले भने,“आज राति पनि देशभर साधारणतया बदली रहने छ र सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ”कोशी,बागमती,गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदे...
आम चुनावको २० महिनापछि बल्ल बाँकी रहेको संसदीय समिति गठन हुँदै

आम चुनावको २० महिनापछि बल्ल बाँकी रहेको संसदीय समिति गठन हुँदै

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार, साहित्य
काठमाडौं । आम चुनावको २० महिनापछि बल्ल संघीय संसदको बन्न बाँकी एउटा समिति गठन हुन लागेको छ । संघीय संसदमा हाल १६ वटा विषयगत समिति रहेका छन्।त्यसमध्ये १५ वटा समिति १५ वैशाख २०८० मा गठन भएका थिए।राज्यका सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति भने गठन नै हुन सकेको थिएन। मंगलबार कार्य व्यवस्था परामर्श समितिको सुझाव लिएर सभामुख देवराज घिमिरेले समिति गठन गर्न लागेका हुन् । मंगलबारको प्रतिनिधि सभामा यो समितिमा रहने सदस्यहरूको नाम प्रस्तुत गर्ने कार्यसूची छ ।प्रस्तुत प्रस्तावलाई सभाले स्वीकार गरेपछि समिति गठन हुनेछ ।...
त्रिविले ल्यायो २६ अर्बको बजेट

त्रिविले ल्यायो २६ अर्बको बजेट

ताजा अपडेट, बिशेष, ब्यानर-२, शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सभाले शैक्षिक सत्र २०८१/८२ को लागि २६ अर्बभन्दा बढीको बजेट पास गरेको छ ।मंगलबारको सभामा त्रिवि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाखको बजेट पेस गरेका हुन् । त्रिविले नियमित कार्यक्रमतर्फ चालु र पुँजीगत गरी १३ अर्ब ७१ करोड ९७ लाख ८७ हजार खर्च हुने जनाएको छ ।आन्तरिकतर्फ चालु तथा पुँजीगत गरी ११ अर्ब ३९ करोड ८९ लाख र विकास कार्यक्रममा १ अर्ब खर्च हुने जनाएको छ ।...