ताजा अपडेट

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

नवनियुक्त प्रदेश प्रमुखको शपथ आज

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
१७ साउन,काठमाडौं ।नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्।शीतल निवासमा अपराह्न ५ बजे उनीहरूको शपथ ग्रहण कार्यक्रम तय भएको छ। बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन्।मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार प्रदेशको प्रमुख नियुक्त गरेका थिए। बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा,लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन्।...
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, वातावरण, समाचार
१७ साउन,काठमाडौं ।देशका केही भागमा बिहानैदेखि वर्षा भइरहेको छ।मधेश,बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी,बागमती,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। उता राति पनि कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी,मधेश,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ।...
नेकपा एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दै

ताजा अपडेट, राजनीति, समाचार
१७ साउन,काठमाडौं ।नेकपा एमालेको सचिवालयको बैठक बस्दै छ । बैठक आज बिहिबार बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्ने बताइएको छ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सो बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नेछ । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे बमोजिम बैठकले यस सम्बन्धि मापदण्ड बनाएर केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमको भनाई छ ।...
कुन विदेशी मुद्राको मूल्य कति आज ?

कुन विदेशी मुद्राको मूल्य कति आज ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.०९ रुपैयाँ रहेको छ भने बिक्री दर २९.२२ रुपैयाँ रहेको छ । यस्तै बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७० रुपैयाँ रहेको छ भने बिक्री दर १७२.४७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९५ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३४ रुपैयाँ रहेको छ ।...
एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर

एक वर्षमा ६ लाखले लिए व्यक्तिगत प्यान नम्बर

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, समाचार
१७ साउन,काठमाडौं ।पछिल्लो एक वर्षमा व्यक्ति स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ६ लाखभन्दा माथि रहेको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव)२०८०÷८१ मा ६ लाख १७ हजार ७८१ जनाले व्यक्तिगत प्यान लिएका छन्।योसँगै प्यान नम्बर लिने कुल करदाता संख्या ४२ लाख ६७ हजार ३ सय ९५ पुगेको छ। पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या उल्लेख्य बढेको हो । आर्थिक वर्ष २०७९र८० मा ३६ लाख ४९ हजार ६१४ जनाले प्यान नम्बर लिएका थिए ।यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिनेको १९ लाख ९२ हजार ५ सय ४४ पुगेको अर्थ मन्त्रालयले जनाएको छ । त्यस्तै मूल्य अभिवृद्धि कर (मूअक) तर्फ दर्ता हुने करदाताको संख्या ३ लाख ३४ हजार ९ सय ८३ पुगेको छ ।अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या भने १ लाख २५ हजार ८१ पुगेको छ ।यस आवमा करदाता अन्तःशुल्कमा दर्ता हुनेको संख्य...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर मुल्यमा २ रुपैयाँ घटाइएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावतै कायम छ । नयाँ मूल्यसूची अनुसार काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोल लिटरको १७० रुपैयाँ पर्नेछ । झापा, विराटनगर जनकपुर, नेपालजञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा तथा सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ पर्नेछ ।भने,डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ पर्नेछ ।...
सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेसका सांसदको असन्तुष्टि

सीआइबी प्रमुख श्याम ज्ञवालीमाथि छानबिन थालेकोमा कांग्रेसका सांसदको असन्तुष्टि

अपराध, जीवनशैली, ताजा अपडेट, ब्यानर-१, समाचार
काठमाडौं।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबी प्रमुख श्यामलाल ज्ञवालीमाथि छानबिन थालिएको छ ।तर,सो छानविन थालेकोमा नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ। बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै कांग्रेसका एक साँसद हृदयराम थानीले सरकार फेरिने बित्तिकै ज्ञवालीमाथि छानबिन थाल्दा भोलि आईजीपी कुँवरमाथि छानबिन नहोला भन्न नसकिने बताएका छन् । सीआइबी प्रमुख ज्ञवालीमाथि छानविन थालिएपछि उनले आईजीपी कुँवरलाई हिजो आफू मातहत रहेको र सँगै काम गरेको प्रहरी अधिकारीलाई आज किन छानबिन गर्नुपर्‍यो भन्दै प्रश्न गरेका छन् । उनले भने– सीआइबी प्रमुखमाथि छानबिन गर्न टेकबहादुर राईको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बन्यो रे। आईजीपी साप भोलि तपाईंमाथि पनि छानबिन होला ।तपाईँ हिजो त्यही एआईजीको हाकिम होइन?’उनले प्रश्न गरेका छन्। प्रहरी प्रधान कार्यालय स्रोतका अनुस...
गायिका शान्तिश्री परियारले मागिन् माफी

गायिका शान्तिश्री परियारले मागिन् माफी

ताजा अपडेट, ब्यानर-१, मनोरन्जन, समाचार
काठमाडौं ।तीजको सन्दर्भमा निकालिएको आफ्नो स्वरको गीतको चर्को आलोचना भएपछि गायिका शान्तिश्री परियारले माफी मागेकी छिन्। उनले आज बुधबार एक विज्ञप्ति जारी गर्दै गल्ती भएको र अब विचार गरेर मात्रै गीतमा आवाज दिने प्रतिबद्धता जनाएकी छिन्। उनले आवाज दिएको ‘बिस्ताराले पोल्यो’भन्ने गीत विवादमा परेको हो। ‘कहिलेकाहिँ सधैँ हिडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ। त्यहीँबाट लागेको थोरै चोट,जुन चोटले आफूसङ्गै आफ्ना र आफ्ना शुभचिन्तकलाई धेरै दुख्ने रहेछ।त्यसैले अब हिँड्दा अलि ख्याल गरेर हिड्नेछु।’उनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी उनले आफूले गाएको गीतमा दर्शकको मनमा ठेस पुगेको भन्दै गीतको भिडियोको केही दृष्यले दर्शक,स्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्षमा नकारात्मक असर परेको उल्लेख गरेकी छिन्। ‘म लोक तथा दोहोरीगीत प्र...
सिटिजन्स् बैंक र सूर्य हस्पिटलबीच समझदारी

सिटिजन्स् बैंक र सूर्य हस्पिटलबीच समझदारी

अर्थतन्त्र, ताजा अपडेट, समाचार
काठमाडौं ।सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज,पर्सा स्थित सूर्य हस्पिटल प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सूर्य हस्पिटल प्रा.लि मा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । यस बैंकले देशैभरी ६० जिल्लाका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ७४ वटा शाखा सहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू भने,सिटिजन्स् बैंकको वेबसाइट मार्फत जान्न सकिने बताइएको छ ।...
नेप्सेमा नयाँ रेकर्ड,२२ अर्बको सेयर कारोबार

नेप्सेमा नयाँ रेकर्ड,२२ अर्बको सेयर कारोबार

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं ।सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ। बुधबार अहिलेसम्मकै धेरै झण्डै २२ अर्बको सेयर कारोबार भएको छ। आज २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको ५ करोड ९ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बुधबार नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ।यसले एक दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ।साथै सबै समूहका सूचक बढेका छन्। यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएको थियो।...