ताजा अपडेट

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै,प्रदेश सभाको बैठक तीन बजे

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै,प्रदेश सभाको बैठक तीन बजे

ताजा अपडेट, ब्यानर-२, राजनीति, समाचार
मकवानपुर।बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज  विश्वासको मत लिँदै छन्। नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट लामा ८ साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए।लामाले आज विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालय हेटौंडामा १३ साउनमा दर्ता गराएका थिए। विश्वासको मत लिने प्रयोजनका लागि  प्रदेश सभाको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाइएको छ। मुख्यमन्त्री नियुक्तको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम संसद्बाट विश्वासको मत लिने तयारी गरेका हुन्। मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसदको समर्थन रहेको छ।...
आजको मौसम : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

ताजा अपडेट, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित  छ ।जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली भइरहेको छ । आज बिहनैदेखि बागमती प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहने छ।कोशी,बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उता राति पनि कोशी,मधेस,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी,मधेस, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानहरुमा भारी...
देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

देशभर ९२.४ प्रतिशत रोपाइँ सम्पन्न

कृषि, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं  । साउन १३ गतेसम्म ९२.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष साउन १२ गतेसम्म ७८।१ प्रतिशत रोपाइँ मात्र भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये १२ लाख ९२ हजार २२१ हेक्टर क्षेत्रफलमा रोपाई भइसकेको छ । त्यसमध्ये सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९९.६ प्रतिशत रोपाई सम्पन्न भएको छ । गत वर्ष सुदूरपश्चिममा यतिबेला त्यहाँ ९९.२ प्रतिशत रोपाइँ भएको थियो । सबभन्दा कम रोपाइँ कोशी प्रदेशमा भएको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार त्यहाँ २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ५० हजार ६२४ हेक्टर अर्थात् ९०.७ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यतिबेला त्यहाँ ८३.६ प्रतिशत रोपाइँ भएको थियो । सबभन्दा ढिलो रोपाइँ हुने मधेस प्रदेशमा यसपटक अन्य प्रदेशकै हाराहारीमा रोपाइँ भएको छ । त्यहाँ ३ लाख ८३ हजार १५० हेक्...
गोरखा पहिरो अपडेट : ४ जनाको शव भेटियो

गोरखा पहिरो अपडेट : ४ जनाको शव भेटियो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
गोरखा । गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ । धार्चे ५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् । पहिरोले जीतको घर पुरिँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका थिए ।...
नेप्सेमा आज ३ वर्षयताकै उच्च कारोबार

नेप्सेमा आज ३ वर्षयताकै उच्च कारोबार

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौँ । लगातारको उछालपछि शेयर बजारमा दोहोरो अंकले करेक्सन भएको छ । दुई सातादेखि निरन्तर उछाल भइरहेको शेयर बजारमा सोमबार २०.४६ अंकले घट्दै करेक्सन देखिएको हो । आज नेप्से २६६१.०९ विन्दुमा अडिएको छ । आज ४ करोड ७७ लाख ९० हजार ८३७ कित्ता शेयरको खरिदबिक्रीमा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको कारोबार भयो । जुन करिब ३ वर्षयताकै उच्च कारोबार हो । यसअघि अन्तिम २०७८ भदौ ३ गते २० अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । सोमबार नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, वाराही हाइड्रोपावर, जानकी फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, बोट्ल्स नेपाल बालाजु, सिद्धार्थ इक्वीटी फन्ड र अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।...
पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जना घाइते

पोखरा स्कुल बस दुर्घटना अपडेट : आमा र छोराको मृत्यु, २८ जना घाइते

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा,२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं। को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रशासनलाई जानकारी दिए ।...
सुनको मूल्य वृद्धि, आज कतिमा कारोबार हुँदैछ ?

सुनको मूल्य वृद्धि, आज कतिमा कारोबार हुँदैछ ?

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं  । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको पनि महासंघको भनाइ छ । यस्तै सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।...
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुर्खेत । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको छ । माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।...
गोरखा पहिरो : बेपत्ता पाँचजनाको खोजी जारी

गोरखा पहिरो : बेपत्ता पाँचजनाको खोजी जारी

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उनले भने, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौँ ।” बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको उनले बताए । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँस...
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ पुग्यो

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १२५ पुग्यो

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या एक सय २५ को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ । अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधार ...