ताजा अपडेट

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका स्थानमा देख्न सकिन्छ ।...
आजको मौसम: यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम: यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि साधारणतया बदली रही मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। मंगलबार अर्थात भोली देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, म...
आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

आजको विदेशी मुद्राको विनिमय दर कति छ ?

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.६७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.२७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८० रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५=७९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.७० रुपैयाँ रहेको छ भने बिक्री दर २८.८३ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.०९ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.८६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५४ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९३ रुपैयाँ रहेको छ ।...
गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

गण्डकीमा सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकता

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
म्याग्दी । गण्डकी प्रदेश सरकारले पछिल्लो एक वर्षमा दुई सय ३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमगत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ । मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रामकुमार श्रेष्ठले गण्डकी प्रदेशका ११ जिल्लामा गत आवमा सञ्चालन भएका आयोजनामार्फत दुई सय ३३ किलोमिटर सडक कालोपत्र र ९७ किलोमिटर सडक ग्राभेल भएको जानकारी दिए । उनका अनुसार ५५ किलोमिटर कच्ची सडक निर्माण, एक सय ४६ दशमलव ६३ किलोमिटर सडक फराकिलो बनाउने, दुई सय २७ दशमलव १३ किलोमिटर नाली, एक सय ७८ वटा कजवे र कल्भर्ट निर्माण भएका छन् । सडकको सुरक्षाका लागि प्रदेशभर दुई लाख १९ हजार एक सय ४९ दशमलव ५४ घनमिटर टेवा पर्खाल, ४७ किलोमिटर सडकको नियमित मर्मत भएको छ । गत आवमा गण्डकी प्रदेश सरकारले ...
त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

त्रिशूलीमा हराएका बस नभेटिएपछि फर्कियो भारतीय टोली

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
काठमाडौं । सीमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस नभेटिएपछि भारतीय टोली आइतबार फर्किएको छ । असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस खोज्न साउन ४ गते १२ जनाको भारतीय टोली नेपाल आएको थियो । लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ । शुक्रबार बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो । अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय टोलीले खोजी कार्य सुरु गरेको थियो । भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी कार्य जारी राख्ने महाशाखाले जनाएको छ । असार २८ गते चितवन महानगरपालिका(२९, सीमलतालमा गएको पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुवाहक बस बेपत्ता छन् । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश(०३(०...
नेप्से परिसूचक एक सय १३ अंकले बढ्यो

नेप्से परिसूचक एक सय १३ अंकले बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । आज नेप्से परिसूचक एक सय १३ अंकले बढेको छ ।नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक एक सय १३ दशमलव ४२ अंक अर्थात् चार दशमलव ४१ प्रतिशतले बढेर दुई हजार छ सय ८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज तीन सय १८ कम्पनीको चार करोड तीन लाख १४ हजार पाँच सय एक सय ७६ कित्ता शेयर एक लाख ६३ हजार आठ सय १० पटक खरिदबिक्री हुँदा रु। १५ अर्ब ८१ करोड पाँच लाख ९६ हजार दुई सय ३५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकीङ समूह नौ दशमलव ८९ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी समूह पाँच दशमलव ७५ र विकास बैंक समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ । आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैकं छन् । नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, नेपाल एसबिआ...
नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएः एमाले महासचिव पोखरेल

नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएः एमाले महासचिव पोखरेल

ताजा अपडेट, बिशेष, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताएका छन् । संसद्का दुई ठुला पार्टी एमाले र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा नपुगेको उनले बताए । महासचिव पोखरेलले देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ कांग्रेस–एमालेको समझदारी बनेको बताए । एमाले ललितपुर जिल्ला कमिटीद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्याएको बताए । उनले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अफ्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको बताए । महासचिव पोखरेलले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा र जनताको बहुदलीय जनवाद ९जबज० विषयमा प्रशिक्षण दिँदै जबजको औचित्य समाप्त भयो...
रोटर्याक्ट क्लब अफ काठमाडौं नर्थले ग¥यो टोखाको शुभश्री वैकल्पिक महिला विद्यालयलाई सहयोग

रोटर्याक्ट क्लब अफ काठमाडौं नर्थले ग¥यो टोखाको शुभश्री वैकल्पिक महिला विद्यालयलाई सहयोग

अर्थतन्त्र, जीवनशैली, ताजा अपडेट, ब्यानर-२, शिक्षा, समाचार, स्थानीय
सीता पौडेल(अर्चना) रोटर्याक्ट कल्ब अफ काठमाडौं नर्थले टोखा नगरपालिका वडा नम्बर,७ को दाहाल गौंडामा अवस्थित ‘शुभश्री वैकल्पिक महिला विद्यालय’लाई सहयोग गरेको छ । रोटरी क्लब अफ काठमाडौं नर्थको माताहतमा रहेको उक्त क्लबले गत शनिबार सो विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर एक थान ल्यापटप र एक थान प्रोजेक्टर सहयोग गरेको क्लबकी निवर्तमान अध्यक्ष बिस्मिता तामाङले बताइन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवं वडा नम्बर ७ की वडा अध्यक्ष शान्ता खनालको अध्यक्षता र रोटरी क्लब अफ काठमाडौं नर्थका अध्यक्ष पिताम्बर पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विद्यालयलाई ल्यापटप र प्रोजेक्टर सहित एउटा कोठाका लागि आवश्यक पर्ने पर्दा र कार्पेट लगायतका सामाग्री पनि समेत हस्तान्तरण गरेको उनले बताइन्। विद्यालय शिक्षाबाट बन्चित भएका १५० जना भन्दा बढी महिलाहरुले अध्ययन गर्ने सो विद्यालयको शैक्...
रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

रेसुङ्गा विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

ताजा अपडेट, वातावरण, समाचार
गुल्मी । जिल्लाको रेसुङ्गा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुङ्गा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुङ्गा‐काठमाडौँ र काठमाडौँ‐रेसुङ्गाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् । मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताउनुभयो । गुल्मीको रेसुङ्गा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौँबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ । सोही तालिकाअनुसार निगमल...
बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ गते विश्वासको मत लिने

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले १५ साउनमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि पत्राचार गरेपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । मुख्यमन्त्री लामाको अनुरोध बमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मङ्गलवार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।नेपाली काँग्रेसको ३७ र एमालेको २७ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका लामाले शनिवार १४ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।...