ताजा अपडेट

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

पहिरोका कारण कान्ति लोकपथ अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । पहिरोका कारण काठमाडौंबाट मकवानपुरको हेटौंडा राजे सडक कान्ति लोकपथ अवरुद्ध भएको छ । शनिबार राति परेका पानीका कारण आएको पहिरोले सडक अवरुद्ध बनाएको हो । मकवानपुरको महादेवटारमा पहिरोले सडकको ट्रयाक नै बनाएको छ । जसकरण सडक खुल्न निकै समय लाग्ने बताइएको छ । कार्कीबास भन्ने ठाउँमा पनि पहिरोले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए । उनका अनुसार करिब ५ ठाउँमा पहिरोले सडक अवरुद्ध बनाएको छ । बाटो खुलाउने प्रयास गरिए पनि धेरै ठाउँ बिगारेकाले समय लाग्ने उनले बताए ।...
गोरखामा पहिरोमा पुरिएका दुईको हेलिकोप्टरबाट उद्धार

गोरखामा पहिरोमा पुरिएका दुईको हेलिकोप्टरबाट उद्धार

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा गएको परिरोमा परी गम्भिर घाइते भएका २ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोमा परी एकै घरका ३ जना सहित थप १ जनाको खोजी कार्य भइरहेको छ भने २ जना घाइतेलाई स्थानीयले उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौंको टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइतबार बिहान १० ३० बजे कैलाश एयरको हेलिकप्टरमार्फत धार्चे गाउँपालिका–५ का कृषि फर्मका कामदार ३५ वर्षीय दिलिप गुरुङ र सोहि ठाउँका २७ वर्षीय खमबहादुर गुरुङलाई उपचारको लागि काठमाडौं पठाइएको उनले बताए।...
ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

ताप्लेजुङ पाथीभराको विकल्प बन्दै भेडेटारको पाथीभरा

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
सुनसरी । सिराहाबाट आएका रामबाबु यादव शनिबार भेडेटारको पाथीभरा मन्दिरमा भेटिए । यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले बताए । दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताए । विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना मन्दिर आएको बताए । उनले भने, “ताप्लेजुङको पााथिभर पुग्न हामीलाई केही दिन लाग्छ, ठूलो पाथिभराको झै महत्व भएकाले यहीँ पूजा गरेको उनले बताए ।उक्त मन्दिरमा पूजार्चजना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उनले सुनाए । देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले बताए । दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेका उनले बताए । यहाँ बिहानद...
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, वातावरण, समाचार
काठमाडौं । नेपाल  सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै शुक्रबारको तुलनामा १ हजार रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो । महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार रुपैयाँ थियो । आज आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ छ । आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य १७ सय ३० रुपैयाँ कायम थियो ।...
भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ताजा अपडेट, बिशेष, वातावरण, समाचार
काठमाडौं । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ थिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट घाइते भएका सुवास तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर टेकेन्द्र पौडेलले बताए । आइतबार बिहान १ बजेर २० मिनेटमा काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा.४ ख २९०१ नम्बरको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको हो । मृतक काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ का स्थानीय हुन् । भक्तपुर तर्फ जाँदै गरेको टिप्परले ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा मृत्यु भएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।...
गोरखाको धार्चेमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

गोरखाको धार्चेमा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता

ताजा अपडेट, बिशेष, ब्यानर-१, वातावरण, समाचार
पोखरा । गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् । धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ३ जना अझै पहिरोमै छन् । ‘एउटा गोठ हो । अर्को घर कि पसल भन्ने खुलेको छैन,’ उनले भने, ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार भएको भनिएको छ ।’ उद्धारका लागि गोरखा लाप्राक र माछाखोलाबाट प्रहरी टोली खटिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।...
ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच सम्झौता

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच सम्झौता

अर्थतन्त्र, ताजा अपडेट, ब्यानर-२, समाचार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बैंकले शशिला मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्दा आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात् नियमानुसार ३ दिन भित्र कर्जा प्रवाह गर्नेछ । ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ ब्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । बैंकले व्यक्तिगत प्रयोगकर्तालाई ‘अटो लोन’ तथा भाडाको प्रयोजनका लागि ‘हायर पर्चेज’ कर्जा प्रवाह गर्ने गरेको प्रमुख सिलवालले जानकारी दिएका छन् । उनका ...
आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आज उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

ताजा अपडेट, बिशेष, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं।आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं,ललितपुर र भक्तपुर भित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। विसं २०२१ असार २० गते जन्मिएका समाजसेवी नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।...
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ताजा अपडेट, बिशेष, ब्यानर-१, राजनीति, समाचार
काठमाडौं। आइतबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सांसदहरूको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । यस्तै आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जनाएका छन् ।...

डुम्रे –बेँसीसहर–चामे सडक अवरुद्ध

ताजा अपडेट, बिशेष, ब्यानर-२, वातावरण, समाचार
लमजुङ ।पहिरोले डुम्रे –बेँसीसहर–चामे अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका(१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठुला ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन । सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौँ, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।...